तीन हप्तायता पहिलो पटक सय डलरभन्दा मुनि आयो तेलको भाउ

लन्डन (बेलायत) । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्ने क्रम जारी छ । आपूर्तिमा अवरोध आउने चिन्ता अलि मत्थर भएको र चीनमा २ वर्षयताकै उच्च कोरोना भाइरसको संक्रमण देखिएको खबरले झन्डै तीन हप्तामा पहिलो पटक मंगलबार कच्चा तेलको भाउ सय डलरभन्दा तल झरेको हाे ।  मंगलबारको कारोबारमा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ९७ डलर ४४ सेन्टसम्म आएको थियो । यो समाचार तयार गर्दा  साँझ साढे बजे अासपास ब्रेन्ट क्रुडकाे मूल्य ५ दशमलव ९ प्रतिशतले को कमी अाइ प्रतिब्यारेल   ९९ डलर ५६ सेन्टमा थियो ।  मंगलबारको कारोबारमा अमेरिकी बेञ्चमार्क प्रतिब्यारेल ९३ डलर ५४ सेन्टसम्म आएको थियो । यो फेब्रुअरी २५ यताकै न्यून हो । यो सामाचार तयार गर्दा डब्ल्यूटीआई प्रतिब्यारेल ६  दशमलव १ प्रतिशतको कमीसहित ९६ डलर ६६ सेन्टमा थियो ।  मस्को सन् २०१५ को इरानी परमाणु सम्झौता सम्भव भएसम्म छिटै पुनः सुचारु गर्न तयार रहेको रुसी विदेशमन्त्री सेर्गी लाभ्रोभले बताएपछि तेलको भाउमा कमी आएको अन्तरराष्ट्रीय सञ्चारमाध्मयले उल्लेख गरेका छन् । यसअघि रुसी मागका कारण सो सम्झौता ब्यूताउने विषयमा वार्ता अड्किएको थियो । अघिल्लो दिन चीनमा कोभिडको दैनिक संक्रमण बढेको खबरका कारण तेलको भाउमा ५ प्रतिशतको कमी आएको थियो । अन्तरराष्ट्रीय सञ्चारमाध्यमका अनुसार रुस र युक्रेनबीच युद्धबिरामसम्बन्धी वार्ताले पनि तेल बजारमा कमी आएको हो । मार्च ७ मा १४ वर्षयताकै उच्च स्तरमा पुगेको ब्रेन्टको भाउ अहिले करीब ४० डलर घटिसकेकाे छ । डब्ल्यूटीआईको भाउ पनि ३० डलरभन्दा धेरैले घटिसकेको छ ।    तर आधारभूत अवस्थामा खासै धेरै परिवर्तन नआएको, युक्रेनी युद्धसम्बन्धी तनाव र अनिश्चय उच्च नै भएको अवस्थामा तेलको भाउमा यति धेरै कमी आउनु आश्चर्यजनक भएको जुलियस बेयरका विश्लेषक नोर्बोर्ट रकर बताउँछन् । एजेन्सी  

सम्बन्धित सामग्री

कच्चा तेलको अन्तर्राष्ट्रिय मूल्य पुनः एक सय डलरभन्दा माथि

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ पुनः बढेर सय डलर प्रतिब्यारेलभन्दा माथि पुगेको छ । बिहीबार साँँझ ६ बजे

कच्चा तेलको भाउ प्रतिब्यारेल १ सय डलरभन्दा तल झर्‍यो

करिब ५ महिनापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ प्रतिब्यारेल १ सय डलरभन्दा तल झरेको छ । फेब्रुअरी अन्तिमदेखि उच्च दरले बढेको कच्चा तेलको भाउ केही दिनयता घट्न थालेको हो । बिहीबार (साढे १ बजे) ब्रेन्ट कच्चा तेलको भाउ प्रतिब्यारेल ९९.३२ डलरमा झरेको छ । त्यस्तै सो समयमा डब्लूटीआई कच्चा तेलको भाउ प्रतिब्यारेल ९५.८७ डलरमा झरेको छ । एक महिनाअघि यी कच्चा तेलकाे भाउ १२० डलरभन्दा माथि थियो ।

तेलको निर्भरता र दूरदृष्टि नभएका नेता

रुस-युक्रेन युद्धले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य अचाक्ली बढेको छ । त्यसै पनि कोभिड–१९ को लहर कम हुँदै जाँदा र आर्थिक गतिविधि बिस्तारै लयमा फर्कंदै गर्दा तेलको भाउ बढ्दै आएको थियो । त्यसमाथि पश्चिमाले रुसलाई विभिन्न प्रतिबन्ध लगाएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ आकासिएको हो । अझ रुसले प्रतिब्यारेल ३ सय अमेरिकी...

तेलको निर्भरता र दूरदृष्टि नभएका नेता

रुस-युक्रेन युद्धले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य अचाक्ली बढेको छ । त्यसै पनि कोभिड–१९ को लहर कम हुँदै जाँदा र आर्थिक गतिविधि बिस्तारै लयमा फर्कंदै गर्दा तेलको भाउ बढ्दै आएको थियो । त्यसमाथि पश्चिमाले रुसलाई विभिन्न प्रतिबन्ध लगाएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ आकासिएको हो । अझ रुसले प्रतिब्यारेल ३ सय अमेरिकी...

ग्यास आपूर्ति बन्द गरिदिने रुसको चेतावनी

काठमाडौं– रुसले पश्चिमा मुलुकहरूले आफ्नो तेलमाथि प्रतिबन्ध लगाए युरोपतर्फ ग्यास निकासी ठप्प पार्ने चेतावनी दिएको छ । रुसी उपप्रधानमन्त्री अलेक्जाण्डर नोभाकले राष्ट्रिय टेलिभिजनमार्फत यस्तो चेतावनी दिएका हुन् । उनका अनुसार रुसी तेलमाथि प्रतिबन्ध लगाएको खण्डमा अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ दोब्बरभन्दा धेरै बढेर ३ सय डलर प्रतिब्यारेलसम्म पुग्नसक्ने उनको चेतावनी छ । युक्रेनमाथि आक्रमण गरेको रुसलाई […]

रूसमाथि अमेरिकी प्रतिबन्धपछि तेलको मूल्य अकासियो, उत्पादन बढाउँदै ओपेक

अमेरिकाले रूसको पेट्रोलियम प्रशोधन केन्द्रमाथि प्रतिबन्ध लगाएपछि तेलको भाउ अकासिएको छ। अन्तरराष्ट्रिय बजारमा तेलको मूल्य बिहीबार एक दशकयताकै उच्च भएको छ। बिहीबार तेलको मूल्य प्रतिब्यारेल १२० अमेरिकी डलर पुगेको छ।ब्रेन्ट क्रुड फ्युचर्स (उत्तरपश्चिमी युरोपेली तेल बजार) मा बिहीबार प्रतिब्यारेल कच्चा तेलको मूल्य १ सय १९ डलर ८४ सेन्ट पुगेको छ। यो अघिल्लो मूल्यभन्दा ६ डलर ८५ सेन्ट बढी हो। यो मूल्य सन् २०१२ मेपछि अहिलेसम्मकै उच्च भएको बेलायती समाचार संस्था रोयटर्सले जनाएको छ।यसबीच ओपेक प्लस (

रुस–युक्रेन युद्धको असर नेपालमा पनि

काठमाण्डाै - रुस–युक्रेन युद्धको सिधा असर नेपालमा पनि देखिन सक्ने भएको छ । दुई देशबीचको युद्धले विश्वको अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने र त्यसको असर नेपालमा पनि देखिने विज्ञले बताएका छन् । रुसले युक्रेनमा आक्रमण सुरु गरेलगत्तै विश्वबजारमा आर्थिक गतिविधि प्रभावित बन्न थालिसकेको छ ।अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ आठ वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । अस्ति बुधवार प्रतिब्यारेल ९४ दशमलव १२ डलर रहेको कच्चा तेलको मूल्य एक्कासी बढेर हिजो प्रतिब्यारेल एक सय ५ डलर पुग्यो । त्यस्तै सुनको भाउ एक वर्षयताकै उच्च बिन्दुमा पुगेको छ ।अमेरिकी ...

कच्चा तेलको भाउ ७ वर्षपछि सय डलर नाघ्यो, सुनको मूल्य पनि २ हजार डलर नजिक

काठमाडौं। अन्तरराष्ट्रिय बजारमा बिहीवार कच्चा तेल र बहुमूल्य धातुहरुको भाउ बढेको छ । रुसी राष्ष्ट्रपति भ्लादिमिर पुटिनले डोनबास क्षेत्रको सुरक्षाका लागि सैन्य कारबाहीको घोषणा गरेको भन्दै तास न्यूज एजेन्सीले बताएपछि तेल र सुनको भाउ उकालो लागेको हो । लन्डानस्थित आईसीईको कोमेक्स डिभिजनमा बुधवार ४ः२८ जीएमटीमा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल १०१ डलर ७४ सेन्टमा पुगेको थियो । यसअघि सन २०१४ को सेप्टेम्बरमा कच्चा तेलको भाउ प्रतिब्यारेल १०० डलर माथि पुगेको थियो भने सन २००८ मा प्रतिब्यारेल १४७ डलर सम्म पुगेको रेकर्ड छ ।  रुसले युक्रेनमाथि सैन्य कारबाही गर्ने घोषणा गरेपछि तेलको भाउ एकै दिन ५ दशमलव शून्य ६ प्रतिशत अर्थात् ४ डलर ९० सेन्ट बढेको हो । बिहिबार प्राकृतिक ग्यासको भाउ पनि ५ दशलमव ८७ प्रतिशत भन्दा धेरैले बढेको छ ।  यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार बिहान १०ः४० बजेतिर ब्रेन्टको भाउ १०१ डलर २६ सेन्टमा आएको थियो । न्युयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा पनि वेष्ट टेक्सस इन्टरमिडियटको भाउ ४ दशमलव ७७ प्रतिशतले बढेर प्रतिब्यारेल ९६ डलर ६३ सेन्टमा उक्लिएको छ ।  सुनको भाउमा पनि उच्च वृद्धि देखिएको छ । बिहिबार स्पट गोल्डको भाउ सन् २०२१ को जनवरीयताकै  उच्च स्तरमा उक्लिएको छ । कोमेक्सको शुरुआती कारोबारदेखि नै उकालो लागेको सुनको भाउ उच्चतम् प्रतिऔंस १ हजार ९४८ डलर ३४ सेन्टको उच्च बिन्दुसम्म पुगेको थियो । यो समाचार तयार पार्दाखेरि स्पट गोल्ड प्रतिऔंसत १ हजार ९३५ डलर ७३ सेन्टम कायम भएको थियो । यो अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा प्रतिऔंसत ७ दशमलव शून्य ७ प्रतिशत धेरै हो । रुस र युक्रेनी तनावले नयाँ युद्ध निम्त्याउने भयबीच पछिल्लो समय बजारमा सेफ हेभन एसेटको भाउ बढेका छन् । उता शेयर बजार भने बिहिबार रक्ताम्मे देखिएका छन् । यो समाचार तयार पार्दाखेरि एशियामा सबै बजार रातोमा छन् । एशिया प्रशान्त क्षेत्रमा जापान बाहिरका शेयर बजारको बृहत परिसूचक एमएससीआई ३ दशमलव २ प्रतिशतले घटेको छ । चीनमा साङ्हाई कम्पोजिट शून्य दशलमव ८९ प्रतिशतले घटेको छ । हङकङमा हाङशेङ ३ दशमलव ११ प्रतिशतले तल आएको छ । जापानमा निक्केई २२५ २ दशमलव १५ प्रतिशतले घटेको छ । त्यस्तै सिंगापुरमा एसजीएक्स निफ्टीमा २ दशमलव ८ प्रतिशतको कमी आएको छ । दक्षिण कोरियामा कोस्पी परिसचूक पनि २ दशमलव ४९ प्रतिशतले घटेको छ । इन्डोनेशिया, भारत, थाइल्यान्ड लगायत यस क्षेत्रका अन्य अधिकांश शेयर बजार पनि रातोमा आएको छ । अष्ट्रेलियामा एएसएक्स २०० २ दशमलव २२ प्रतिशतले घटेको छ । अमेरिकामा पनि शेयर फयूचरहरु तल नै छन् ।  बजारले सधैं रुसी सेनालाई डोनबासमा रोक्न सकिन्छ कि सकिदैंन भनेर हेरिरहेका थिए अहिले सेना किभ तर्फ बढिरहेको स्पष्ट देखिएको पेपर स्टोनमा अनुसन्धान प्रमुख क्रिस वेटन बताउँछन् । अहिले भने अवस्था कतिसम्म खराब बन्न सक्छ भन्नेतिर अड्कल अनुमान बढिरहेको छ । अवस्था खराब भयो भने शेयर बजार बियरिश बन्ने उनी बताउँछन् । लगानीकर्ताहरुले जोखिमयुक्त सम्पत्ति छोडेर सेफ हेभन एसेटमा लगानी गर्न थालेपछि बिहीवार सेफ हेभन एसेटहरुको भाउ बढेका छन् । बिहिबार कमोडिटिज बजारमा चाँदी, पालाडियम, प्लाटिनम लगायत अधिकांश बहुमूल्य धातुको भाउ बढेका छन् । एजेन्सीहरुको सहयोगमा