यसबर्षको ‘इन्टेग्रिटी आइकन नेपाल–२०२३’ बाट पाँच कर्मचारी सम्मानित भएका छन् । वीरगञ्जको नारायणी अस्पतालकी नर्सिङ इन्चार्ज हेमा थापा, ललितपुर महानगरपालिकामा महिला तथा बालबालिका शाखाकी निर्देशक नीरा अधिकारी, झापा जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत प्रतिक राई, मुस्ताङमा बागवानी विकास अधिकृत पद्मनाथ आत्रेय र तारकेश्वरको मनमैजु स्कुलकी प्रिन्सिपल रविना महर्जन इन्टेग्रिटी आइकन बनेका हुन् ।