ओस्कार २०२१ : उत्कृष्ट फिल्म 'नाेम्याडल्यान्ड', उत्कृष्ट निर्देशक क्लाेई चाओ

काठमाण्डाै – यस वर्षको ओस्कार फिल्म पुरस्कारमा फिल्म नोम्याडल्यान्डले तीन ठूला पुरस्कार जितेको छ । यसले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनेत्रीको पुरस्कार पाएको छ ।   नोम्याडल्यान्डका लागि महिला फिल्म निर्देशक क्लोई चाओले सर्वश्रेष्ठ निर्देशकको पुरस्कार पाएकी छिन् । ओस्कार पुरस्कारको ९३ वर्षको इतिहासमा यो पुरस्कार जित्ने क्लोइ दोस्रो महिला हुन् ।   नोम्याडल्यान्डका लागि अभिनेत्री फ्रान्सिस म्याकडोरमेन्डले उत्कृष्ट अभिनेत्रीको पुरस्कार पाइन् ।  चर्चित अभिनेता एन्थनी हप्किन्सले उत्कृष्ट अभिनेताको प...