काठमाण्डाै – नेपाल नगरपालिका सङ्घले यस वर्षको मूल्याङ्कनमा सफल भएका सात उत्कृष्ट नगरपालिकालाई पुरस्कृत गरेको छ ।सङ्घले आफ्नो २९ औँ साधारण सभाको अवसर पारेर आज आइतवार काठमाण्डौमा एक कार्यक्रमका बीच पाँच विधामा उत्कृष्ट सात नगरपालिकालाई पुरस्कार प्रदान गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले उत्कृष्ट भएका नगरपालिकाका प्रतिनिधिलाई पुरस्कार प्रदान गर्नुभयो । संस्थागत विकास सेवा प्रवाह र वित्तीय सुशासन विधामा स्याङ्जाका वालिङ र पुतलीबजार नगरपालिका उत्कृष्ट हुँदै पुरस्कार पाएका हुन् । यस्तै सहरी योजना पूर्वाधार ...