दूध पुग्नेगरी नआएपछि स्तनपान र फर्मुला दूध मिलाएर खुवाएका थियौं। अनि म र मेरो बच्चा 'फेड इज बेस्ट (पेटभरि खुवाउनु सर्वोत्तम हो)' का समर्थक भयौँ। मेरो अनुभवले सिकायो- सक्नेले पूर्ण स्तनपान गराउँदछन्, विभिन्न कारणले दूध नपुग्नेले फर्मुला पनि खुवाउँछन् अनि दूध नै नआउनेले पूर्ण फर्मुला खुवाउँछन्। यसमा धेरै टिप्पणी गर्नु आवश्यक छ र?