काठमाडौं : रौतहटको राजदेवी नगरपालिकामा मेयर धीरेन्द्र कुमार सिंह र उपमेयर अंशु सिंहबीच बजेट भागबण्डाको विवाद समाधान नहुँदा नगरको विकास निर्माण कार्य ठप्प भएको छ। निर्वाचन सम्पन्न भएको ४ वर्ष बितिसक्दा समेत राजदेवी नगरपालिकाका नागरिक केही परिवर्तन अनुभव गर्न पाएको गुनासो गर्न थालेका छन्। आपसी तालमेलमा एकअर्कालाई सहयोग गरी निर्वाचन जितेको टिप्पणी हुने मेयर र उपमेयरले वार्षिक बजेटमा आआफ्नो हिस्साको विषयमा सहमति नजुटाउँदा नगरसभासमेत प्रभावित हुँदै आएको छ। जसको कारण कर्मचारीहरुले समेत आर्थि