ललितपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख चिरीबाबु महर्जनले आफूले विगत ५ वर्षमा गरेका कामहरुबाट महानगरबासी प्रभावित भएर पुनः विजयी गराएको टिप्पणी गर्नुभएको छ । विजयपछि संचारकर्मीहरुसंग संक्षिप्त कुरा गर्दै महर्जनले काठमाडौं महानगरपालिका प्रमुखमा विजयोन्मुख रहनुभएका बालेन्द्र साहसंग सहकार्य हुनसक्ने पनि बताउनुभएको छ । महर्जनले बालेनले मलाई मनपराउने र आफूलाई उहाँ मनपर्ने बताउँदै सम्पदा संरक्षण र विकासका काममा …