वीरेन्द्रनगर- नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले सङ्घ सरकारमा कर्णाली अट्न नसकेकोमा टिप्पणी गरेका छन्। कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको पाँचौँ बैठकमा बोल्दै नेता शाहीले कर्णालीप्रति केन्द्रले हेर्ने दृष्टिकोण आज पनि सकारात्मक नभएको जिकिर गरे। ‘कर्णालीबाट अनुभव बटुलेका नेताले जितेर गएका छन्’, उनले भने, ‘तथापि मङ्गलबार विस्तार भएको सङ्घ सरकारको मन्त्रिपरिषदमा कर्णाली […]