कर्णाली : नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले संघ सरकारमा कर्णाली अट्न नसकेको टिप्पणी गरेका छन्।कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको पाँचौँ बैठकमा बोल्दै नेता शाहीले कर्णालीप्रति केन्द्रले हेर्ने दृष्टिकोण आज पनि सकारात्मक नभएको जिकिर गरे । 'कर्णालीबाट अनुभव बटुलेका नेताले जितेर गएका छन्। तथापि मङ्गलबार विस्तार भएको संघ सरकारको मन्त्रिपरिषद्मा कर्णाली अट्न सकेन,' उनले भने। कर्णालीको मुख्यमन्त्रीसमेत भइसकेका नेता शाहीले नकारात्मक