१ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्री तथा कर्मचारीलाई परिणाम आउने गरी काम गर्न निर्देशन दिएका छन् ।
मंगलवार मुख्यमन्त्री कार्यालयमा भएको अर्धवार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री राईले भने, ‘बिरालो कालो होस् कि सेता होस् तर मुसा मार्नुपर्यो ।’
सरकारको योजना र उद्देश्यसँग तालमेल मिलाउने गरी कर्मचारीलाई काम गर्न पनि उनले निर्देशन दिए । कर्मचारीहरूलाई अनावश्यक र अनुचित काम गर्न दबाब नदिन पनि उनले मन्त्रीहरूलाई निर्देशन दिए ।
मुख्यमन्त्री राईले योजना कार्यान्वयनका क्रममा मन्त्रीहरूलाई असह...