प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवलाई एकआपसमा समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् । प्रदेश नं १ सरकारअन्तर्गतका मन्त्रालय तथा निकायको हिजो भएको अर्धवार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री राईले कामको सिलसिलामा कसैले कसैको राजनीतिक वाद वा सिद्धान्त नहेर्न पनि आग्रह गरेका छन् ।“हामीलाई चिनियाँ उक्ति जस्तो–बिरालो चाहे कालो होस् वा सेतो मुसा मारे पुग्छ”, उनले भने, “हाम्रो सरकारको योजना र उद्देश्यसँग तालमेल मिलाउनुपर्यो,