काठमाण्डाै - वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथ हनुमानढोका दरबार क्षेत्रमा रहेको कालभैरव अघि पुर्याइएको छ ।
हरेक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गमा रहेको तीन धारा पाठशालाबाट सुरु हुने वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा दोस्रो दिन अर्थात रामनवमीका दिन हनुमानढोका दरबार क्षेत्रमा पुर्याउने गरिन्छ ।
रथयात्राको तेस्रो दिन आज हनुमानढोका दरबार क्षेत्रबाट रथ तानेर लगनसम्म लगिने सेतो मच्छिन्द्रनाथका पुजारी, समितिका संयोजक नीलकाजी शाक्यले जानकारी दिनुभयो । आज चिकमुँगल, जैसीदेवल, ज्याबहा...