काठमाडौं । काठमाडौंको वसन्तपुरमा इन्द्रध्वजा ठड्याएसँगै इन्द्रजात्रा सुरु भएको छ । बिहान ६ बजेर ५१ मिनेटको साइतमा इन्द्रध्वजा ठड्याएसँगै यस वर्षको इन्द्रजात्रा आजदेखि सुरु भएको हो । हनुमानढोका दरबार अगाडि इन्द्रध्वजा ठड्याएपछि औपचारिक रुपमा इन्द्रजात्रा सुरु हुने परम्परा छ । हरेक वर्ष भदौशुक्ल द्वादशीका दिनदेखि एक हप्तासम्म मनाइने येँया भनिने इन्द्रजात्रा आउँदो ८ गतेसम्म मनाइन्छ […]