सेतो मच्छेन्द्रनाथको रथयात्रा सकियो

काठमाडौं। वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सम्पन्न गरिएको छ।पहिलो दिन रथलाई असन र दोस्रो दिन हनुमानढोका लगी राखिएको थियो। जात्राको तेस्रो दिन हनुमानढोकाबाट रथ तानी लगनटोल पुर्‍याएपछि तेस्रो दिन सेतो मच्छेन्द्रनाथको आमाको मन्दिर र चौथो दिन सेतो मच्छेन्द्रनाथलाई जनबहालमा फर्काइएको छ। आज (पाँचौं दिन) मन्दिरमा स्थापना पश्चात जात्रा समापन हुन्छ।

सम्बन्धित सामग्री

सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु (तस्बिरहरु)

काठमाडौँमा मनाइने सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको छ। आज अपराह्न ४ बजेदेखि सुरु भएको रथयात्रा मच्छिन्द्र बहालदेखि तीनधारा पाठशालासम्म भएको थियो।...

विराटनगरमा राधाकृष्ण रथयात्रा (फोटोसहित)

विराटनगर : दुई वर्षपछि विराटनगरमा राधाकृष्ण रथयात्रा भव्यताका साथ आयोजना गरिएको छ।हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट मनाइँदै आएको राधाकृष्ण कोरोना महामारीका कारण रोकिएको थियो। यो वर्ष पनि कोरोना बढ्दै जाँदा रथयात्रा ननिकालिने भन्ने निर्णयमा पुगेको थियो तर सामाजिक दबाब बढेपछि प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर समितिले निर्णय सच्याउँदै ५४ औं संस्करणको रथयात्रा आयोजना गरेको हो।अपराह्न ३ बजे विराटनगर–१ तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट शुरु भएको रथयात्रा विराटनगरको ट्र

विराटनगरमा राधाकृष्ण रथयात्रा (फोटोफिचर)

विराटनगरको तीनपनै चोकबाट राधाकृष्ण रथयात्रा निस्किएको छ । तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट ३:५० बजे रथयात्रा निस्किएको हो । प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीका भोलिपल्ट विराटनगरमा रथयात्रा निकालिने गरिन्छ । यसअघिका दुई वर्ष कोरोना महामारीका कारण खट यात्रा मात्रै निकालिएको थियो ।यो निस्किएको ५४ औँ रथयात्रा हो । तीनपैनीबाट निकालिने रथ यसअघि मेन रोडबाट ट्राफिक चोक, हिमालय रोड हुँदै कोसी लोक मार्ग प्रवेश गराएर बरगाछीबाट मन्दिरतर्फ लैजाने गरिएको थियो । सौन्दर्यीकरणको कामले हिमालय रोडमा अवरोध भएका का

गङ्गामाई रथयात्रा सम्पन्न

काठमाडौँ,२३ असार । आषाढ शुक्ल सप्तमी अर्थात् अचला सप्तमीका दिन पशुपति क्षेत्रमा पानी माग्दै गरिने गङ्गामाई रथयात्रा सम्पन्न भएको छ ।पशुपति क्षेत्रमा जलकी अधिष्ठात्री देवी गङ्गामाईको विशेष पूजा आराधनासहित दिव्य रथयात्रा गर्ने परम्परा छ । पशुपति नाथ मन्दिर तथा पाशुपत क्षेत्रमा जलकी अधिष्ठात्री देवी गङ्गाको दिव्य रथयात्रा तथा विशेष अर्चना उपासना गरेपछि पानी पर्ने एवं […]

सेतो मच्छिन्द्रनाथको रथयात्रा शुरु

सेतो मच्छिन्द्रनाथको रथयात्रा शुरु गरिएको छ । रथयात्रा सुरु गर्नुअगि केलटोलबाट मच्छिन्द्रनाथलाई खटमा राखी ल्याउने चलन छ । यसरी ल्याइएको मच्छिन्द्रनाथलाई दरबारमार्गस्थित तीनधारा पाठशाला अगाडी बनाइएको रथमा रथारोहण गराइन्छ । प्रत्येक वर्ष चैत शुक्ल अष्टमीको दिनबाट रथयात्रा शुरु गरिन्छ । काठमाडौँको पुरानो बस्ति भएको शहरको भित्री भाग हुँदै चल्ने यो रथयात्रा तीन दिनसम्म चलाउने गरिन्छ […]

सेतो मच्छिन्द्रनाथको रथयात्रा शुरु

काठमाडौँ : वर्षा र सहकालका देवता मानिएका सेतो मच्छिन्द्रनाथको रथयात्रा शुरु गरिएको छ।रथयात्रा शुरु गर्नुअघि केलटोलबाट मच्छिन्द्रनाथलाई खटमा राखी ल्याउने चलन छ। यसरी ल्याइएको मच्छिन्द्रनाथलाई दरबारमार्गस्थित तीनधारा पाकशाला अगाडि बनाइएको रथमा रथारोहण गराइन्छ।प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीको दिनबाट रथयात्रा शुरु गरिन्छ। काठमाडौँको पुरानो बस्ती भएको शहरको भित्री भाग हुँदै चल्ने यो रथयात्रा तीन दिनसम्म चलाउने गरिन्छ। असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छिन्द्रबहालमा ल्याएर अन्त्य ग

काठमाडौंमा सेतो मच्छिन्द्रनाथको रथयात्रा (फोटोफिचर)

वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको छ । रथयात्रा सुरु गर्नुअघि केलटोलबाट मच्छिन्द्रनाथलाई  खटमा राखी ल्याउने चलन छ । यसरि ल्याइएको मच्छिन्द्रनाथलाई  दरबारमार्गस्थित तीनधारा पाठशाला अगाडि बनाइएको...

यो वर्ष पनि विराटनगरमा रथयात्रा स्थगित

विराटनगरको राधाकृष्ण रथयात्रा यो वर्ष पनि स्थगित गरिएको छ। गत वर्षझैं यो वर्ष पनि रथयात्रा स्थगित गरी विधिपूर्वक गाडीमा राखेर खटयात्रा निकालिएको हो। वि.सं १९८९ देखि निरन्तर कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिँदै...

ललितपुरको पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथयात्रा

काठमाडौं। कोरोना महामारीकाबीच शनिबार ललितपुरको पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथयात्रा गरिएको छ। यो वर्ष पूरा रथयात्रा नगरी सांकेतिक रुपमा मात्रै रथयात्रा गरिएको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले बताए। करिब १५० जनाले स्वास्थ्य मापदण्ड पूरा गर्दै करिब २५ मिटर रथयात्रा गरेर विसर्जन गर्ने तयारी गरिएको छ।