सेतो मच्छेन्द्रनाथको रथयात्रा सम्पन्न, मूर्ति आज मन्दिरमा राखिने

वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सम्पन्न गरिएको छ ।   प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा शुरु हुन्छ । पहिलो दिन रथलाई असन र दोस्रो दिन हनुमानढोका लगी राखिएको थियो । जात्राको तेस्रो दिन हनुमानढोकाबाट रथ तानी लगनटोल पु¥याइन्छ । जात्राको तेस्रो दिन बिहीबार लगनमा सेतो मच्छेन्द्रनाथको आमाको मन्दिरमा रथ तीनपटक घुमाइएको थियो । चौथो दिन शुक्रबार भव्य जात्रासहित सेतो मच्छेन्द्रनाथलाई जनबहालमा फर्काइएको छ ।   ...

सम्बन्धित सामग्री

‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ को मूर्ति भित्र्याइयो पुजारी घरमा

काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायणको जात्राका तीनवटै मूर्तिलाई कोटालटोलस्थित पुजारी घरमा भित्र्याएसँगै यस वर्षको जात्रा सम्पन्न भएको छ ।  कार्तिक कृष्ण तृतीयाका दिन रथयात्रा गरिने तीनवटै मूर्तिलाई पुजारी घरमा भित्र्याइएको पूर्व वडाध्यक्ष रमेश डङ्गोलले जानकारी दिए । ।मूर्ति भित्र्याएसँगै यो वर्षको जात्रा सबै काम सकिएको छ । प्रत्येक वर्ष कोजाग्रत पूर्णिमापछि गरिने यो जात्रा यस क्षेत्रको प्राचीन मौलिक संस्कृतिका रुपमा मानिँदै आएको छ । जात्राका

इन्द्रजात्रामा आज 'क्व:नेया' : तल्लो टोलमा कुमारी, गणेश र भैरवको रथयात्रा

काठमाडौं : आज यँया: (इन्द्रजात्रा) को तेस्रो दिन। बुधवार हनुमानढोकास्थित कालभैरवको मूर्ति अगाडि य:सिं ठड्याएसँगै विधिवत् रुपमा (इन्द्रजात्रा) सुरु भएको थियो। आज भने जीवित देवी कुमारीसहित जीवित देव गणेश र भैरवको रथयात्रा हुन्छ। आज काठमाडौं उपत्यकामा सार्वजनिक विदा पनि दिइएको छ।   आज 'क्व:नेया' (तल्लो टोलमा) जीवित देवी कुमार र जीवित देवहरु गणेश…

तस्वीर : सेतो मच्छिन्द्रनाथको रथयात्रा (फोटो फिचर)

चैत २७, काठमाडौं । वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा शुरु भएको छ  । मच्छिन्द्र बहालबाट बाजागाजासहित सेतो मच्छिन्द्रनाथको खटलाई जमलस्थित तीनधारा पाठशाला लगेर शुभ साइतमा रथारोहण गरेपछि रथयात्रा शुरु हुन्छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीदेखि सेतो मच्छिन्द्रनाथको रथ यात्रा शुरु गरिन्छ । राजा शिवसिंह मल्लद्वारा नेपााल संवत ७०८ देखि श्री करुणामय सेतो मच्छिन्द्रनाथको मूर्ति भेटिएको स्थान जमलबाट चैत्र शुक्ल अष्टमीका दिन नौतले शिखर शैलीको रथमा मच्छिन्द्रनाथको मूर्ति राखेर रथयात्रा गरिंदै आएको बुढापाकाहरु बताउँछन्। यो रथलाई नागराजको प्रतीक पनि मानिन्छ । यात्राको पहिलो दिन रथलाई असनमा लगेर राखिन्छ । त्यसको भोलिपल्ट असनबाट हनुमान ढोकाअगाडिसम्म रथ तानेर राखिन्छ । त्यसको  एक दिनपछि मच्छिन्द्रनाथको रथ तानेर हनुमान ढोकाबाट लगनसम्म रथ तानेर रथयात्रा मनाइन्छ । रथ लगनमा पुगेपछि  मच्छिन्द्रनाथकी आमाको मन्दिर र माँ सीमा नामक रुखलाई तीन पटक परिक्रमा गराई जात्राको समापन गरिन्छ । मच्छिन्द्रनाथको रथ यात्राको अन्तिम दिन लगन टोलमा रथ पुर्‍याउने बित्तिकै जीवित देवी कुमारीलाई पनि जात्रा देखाउने चलन छ । रथ रोकिएको हरेक स्थानमा भक्तजनहरुको उल्लेख्य उपस्थिति रहन्छ । प्रत्येक वर्ष यो जात्रा गरेपछि वर्षा र सह हुने धार्मिक विश्वास रही  आएको छ ।    तस्वीरहरु :  सुनिल शर्मा / आर्थिक अभियान

सेतो मच्छिन्द्रनाथको रथलाई आज असनबाट तानेर वसन्तपुर पुर्याइँदै

काठमाण्डाै - वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रामा सयौँको सहभागिता जुटेको छ । सेतो मच्छिन्द्रनाथको रथयात्रा हरेक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गको तीनधारा पाठशालाबाट सुरु हुन्छ । रथयात्रा अगाडि काठमाण्डौ इन्द्रचोकमा रहेको केलटोलको मन्दिरबाट देवताको मूर्ति खटमा राखेर हिजो दरबारमार्गमा पुर्याइएको थियो । यसरी लगिएको मूर्तिलाई खटमा राखेर रथयात्रा सुरु हुँदै आएको छ । रथलाई सहरको भित्री भागमा तीन दिनसम्म घुमाउने गरिन्छ । सेतो मच्छिन्द्रनाथको रथलाई असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः मच्छिन्...

तस्बिरमा सेतो मच्छिन्द्रनाथको रथयात्रा

वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्राको सुरु भएको छ। सेतो मच्छिन्द्रनाथको रथयात्रा प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गको तीनधारा पाठशालाबाट सुरु हुन्छ। रथयात्रा अगाडि काठमाडौं इन्द्रचोकमा रहेको केलटोलको मन्दिरबाट देवताको मूर्ति खटमा राखेर दरबारमार्गमा पुर्याइएको थियो। यसरी लगिएको मूर्तिलाई खटमा राखेर रथयात्रा सुरु हुँदै आएको छ।

वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्राको तयारी सुरु

काठमाण्डाै - वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्राको तयारी सुरु भएको छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गमा रहेको तीनधारा पाठशालाबाट रथयात्रा सुरु हुन्छ । रथयात्राका लागि आज दिउँसो चार बजे काठमाण्डौको इन्द्रचोक नजिकै रहेको केलटोलको मन्दिरबाट देवताको मूर्ति खटमा राखेर दरबारमार्गमा रहेको तीनधारा पाठशाला अगाडि लगिनेछ र त्यसपछि मूर्तिलाई खटबाट निकालेर रथमा राखेर रथयात्रा सुरु हुनेछ । आज सेतो मच्छिन्द्रनाथको रथलाई तीनधारा पाठशालाबाट तानेर असनमा पुर्याइनेछ । असनमा आज राति राष्ट्रपति विद्यादेव...

राधाकृष्णको रथयात्रा यस वर्ष खटयात्रामा सीमित

कोरोना महामारीका कारण यस वर्षको राधाकृष्ण रथयात्रा खटयात्रामा सीमित भएको छ । सीमित व्यक्तिको उपस्थितिमा यस वर्ष विराटनगरमा राधाकृष्णको खटयात्रा गरिएको हो ।  राधाकृष्णको मूर्ति राखिएको खटलाई गाडीमा राखेर राधाकृष्ण मन्दिरबाट शुरू भएको खटयात्रा तीनपैनी, ट्राफिक, रोडशेष, बरगाछी, राजवंशी चोकबाट पुष्पलाल चोक हुँदै मन्दिर परिसरमा आएर सम्पन्न भएको छ ।  मन्दिरका पुजारी, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीलगायतका केही व्यक्तिहरूले औपचारिक रुपमा पूजाआजा गरेर खटयात्रा गरेका थिए ।  हजारौं भक्तजनले रथक...

अयोध्यापुरीमा राम-सीताको मूर्ति

अहिले राखिएका मूर्तिलाई पछि मूल मन्दिर बनाएरराखिने अयोध्यापुरी व्यवस्थापन समितिका अध्यक्ष तीर्थ भुसालले बताए।‘ काठमाडौंबाट बाजागाजासहित रथयात्रा गरेर मूर्तिलाई अयोध्यापुरी ल्याइएको हो,’ अध्यक्ष भुसालले भने, ‘हजारौंको सहभागितामा रामनवमीको अवसर पारी मन्दिरम...

अयोध्यापुरीमा सीतारामको मूर्ति

काठमाडौं, ८ बैशाख । श्रीरामनवमीका अवसरमा चितवनको माडीस्थित अयोध्यापुरीमा सीतारामको मूर्ति प्रतिस्थापन गरिने भएको छ । प्रतिस्थापनका लागि राम–सीताको मूर्ति रथयात्रासहित मंगलबार त्यसतर्फ लगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा राखिएका ती मूर्तिको रथयात्रा टोलीलाई मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाइ गरेका थिए । बिदाइपछि पशुपतिनाथ मन्दिरमा स्वस्तिवाचन र मन्त्रोच्चारणसहित पृथ्वी राजमार्ग हुँदै देवघाटतर्फ पठाइएको […]

राम–सीताको मूर्ति सहितको रथयात्रा अयोध्यातर्फ

चितवनको माडीस्थित अयोध्यापुरीमा प्रतिस्थापन गर्न राम–सीताको मूर्ति मंगलबार रथयात्रासहित त्यसतर्फ लगिँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा राखिएका ती मूर्तिको रथयात्रा टोलीलाई मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाइ गरेका थिए । त्यसपछि पशुपतिनाथ मन्दिरमा स्वस्तिवाचन र मन्त्रोच्चारणसहित पृथ्वी राजमार्ग हुँदै त्यसतर्फ पठाइएको हो ।