इन्द्रजात्रा समापन हुँदै

काठमाडौं, असोज । काठमाडौं उपत्यकाको ऐतिहासिक कुमारी रथ तथा इन्द्रजात्रा विधिवत् सम्पन्न हुँदैछ । भाद्र द्वादशीका दिन हनुमान ढोकामा इन्द्रध्वजारोहण गरेर शुरु भएको इन्द्रजात्रा शुक्रबार सम्पन्न हुन लागेको हो । नानीचाया भनिने जात्राको अन्तिम दिन शुक्रबार जीवित देवी कुमारी, देव गणेश र भैरवको रथ कुमारी घरबाट महिलाले तानेर प्याफल, यट्खा, नरदेवी, किलागल, इन्द्रचोक, मख्खन, हनुमानढोका […]

सम्बन्धित सामग्री

इन्द्रजात्रा आज समापन हुँदै

काठमाण्डौ - काठमाण्डौको हनुमानढोकामा इन्द्रध्वजा ठड्याएर सुरु भएको येँया भनिने इन्द्रजात्रा आज इन्द्रध्वजा ढालेर सकिँदै छ ।  आज बेलुका १० बजेर ३६ मिनेटको साइतमा मानन्धर समुदायको नेतृत्वमा लिङ्गो ढालिने केन्द्रीय मानन्धर सङ्घले जनाएको छ ।  ढालेपछि इन्द्रध्वजालाई टेकुमा सेलाइने परम्परा छ । तर इन्द्रध्वजासँगै काठमाण्डौको सुरक्षाको लागि भन्दै आठ कुनामा ठड्याएको लाकासी भनिने अष्टमात्रिकाको प्रतीकलाई भने अर्को सालको जात्राको लागि राखिनेछ ।  गएको २ गते इन्द्रध्वजा ठड्याएर इन्द्रजात्रा सुरु भएको थियो । यसैबीच इन्द्...