नेपालका फुटबल प्रशिक्षक अब्दुल्लाह आल्मुताइरीले भारतविरुद्धको खेल निकै कठिन हुने बताएका छन् । माल्दिभ्सको मालेमा आयोजित पत्रकार सम्मेलनमा आल्मुताइरीले यस्तो धारणा राखेका हुन् । ‘हाम्रा लागि भोलिको खेल निकै कठिन छ । भारत यस क्षेत्रकै उत्कृष्ट टिम हो । र, उनीहरू सात पटकका च्याम्पियन पनि हुन्,’ आल्मुताइरीले भने, ‘ त्यसैले मलाई लाग्छ, ९५ प्रतिशत भारतले जित्ने, ४ प्रतिशत बराबरी हुने र १ प्रतिशत नेपालले जित्ने सम्भावना छ ।’नेपालका कप्तान किरण चेम्जोङले खेलका लागि तयार अवस