२६ कात्तिक, काठमाडौं । हैदरावादस्थित भारत बायोटेक कम्पनीले उत्पादन गरेको कोरोना विरुद्धको खोप ७७.८ प्रतिशत प्रभावकारी देखिएको छ । शुक्रबार भारत बायोटेकले आफूले उत्पादन गरेको कोभिड खोप ‘कोभ्याक्सिन’ भाइरसविरुद्ध प्रभावकारी देखिएको जानकारी गराएको हो । लान्सेटद्वारा गरिएको ‘पियर रिभ्यू’ले लक्षणयुक्त कोभिड-१९विरुद्ध कोभ्याक्सिन ७७.८ प्रतिशत प्रभावकारी देखिएको पुष्टि भएको कम्पनीको भनाइ छ । ‘प्रभावकारितासम्बन्धी विश्लेषणले २५ […]