भारत सरकारको आकंलनः ६७ प्रतिशतभन्दा धेरै मानिसमा कोरोनाविरुद्धको एन्टिबडी विकास भइसक्यो

एजेन्सी। भारत सरकारले देशभरका ६७.७ प्रतिशत मानिसमा कोरोना भाइरसविरुद्धको एन्टिबडी  विकास भएको बताएको छ। भारत सरकारले गरेको चौथो सीरो सर्वेकाअनुसार भारतभर आधाभन्दा धेरै मानिसमा कोरानाविरुद्ध लड्ने एन्टिबडी को विकास भएको बताइएको छ। साथै ६ देखि ९ उमेर समूहमध्ये ५७.२ प्रतिशतमा र १० देखि १७ वर्ष उमेर समूहमा ६१.६ प्रतिशत मानिसमा एन्टिबडी  विकास भएको भारत सरकारले जनाएको छ।

सम्बन्धित सामग्री

सरकारको लक्ष्यअनुसार कोरोनाविरुद्धको खोप अभियान पूरा हुन सकेन

काठमाडौं :  नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको लगभग एक वर्ष भएको छ।भारत सरकारले अनुदान स्वरूप दिएको १० लाख कोभिसिल्ड खोपबाट नेपालमा गत वर्ष माघ १४ गतेबाट नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको थियो।केही महिना खोप आपूर्तिमा ढिलाइ भए पनि पछिल्लो समय नेपालमा कोरोनाविरुद्धको विभिन्न कम्पनीले उत्पादन गरेको खोप नेपालमा नियमितरूपमा आइरहेको छ।तर सरकारले लक्ष्य गरेअनुसार नेपालमा कोरोनाविरुद्धको खोप अभियानले भने तीव्रता पाउन सकेको छैन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण

नेपाल–भारतबीच कोभिड खोप प्रमाणपत्रको मान्यताका लागि हस्ताक्षर

नेपाल र भारत सरकारबीच कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडाको उपस्थितिमा नेपाल सरकारको तर्फबाट स्वास्थ्य सचिव डा. रोशन पोखरेल र भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले सो समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । यससँगै नेपालमा कोरोनाविरुद्धको खोप लगाएक

कांग्रेस उपसभापति निधीले भाजपा नेता चौथाइवालेलाई सम्झाए नेपाललाई दिने भनेको खोप

भेटमा उपसभापति निधिले भारत सरकारले नेपाल सरकारलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने सम्बन्धमा भएको सहमतिअनुसार अझै खोप नआएको भन्दै तत्काल उपलब्ध गराउन उनीमार्फत भारत सरकारको ध्यानाकर्षण गराएका थिए ।

कांग्रेस उपसभापति निधीले भाजपा नेता चौथाइवालेलाई सम्झाए नेपाललाई दिने भनेको खोप

भेटमा उपसभापति निधिले भारत सरकारले नेपाल सरकारलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने सम्बन्धमा भएको सहमतिअनुसार अझै खोप नआएको भन्दै तत्काल उपलब्ध गराउन उनीमार्फत भारत सरकारको ध्यानाकर्षण गराएका थिए ।

४ लाख २९ हजारले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं । नेपालमा ४ लाख २९ हजारले लगाए कोरोनाविरुद्धको खोप लगाएका छन् । भारत सरकारको अनुदान सहयोगमा नेपालले प्राप्त गरेको कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाउनेको संख्या ४ लाख २९ हजार ७ सय ५ पुगेको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संख्या पहिलो प्राथमिकतामा परेकाहरुले माघ १४ देखि फागुन १० गतेसम्म खोप लगाएकाहरुको हो । पहिलो प्राथमिकतामा रहेका स्वास्थ्यकर्मी, सफाइकर्मी तथा अग्रपंक्तिमा खटिएकाले २४ गतेसम्म खोप लगाएका थिए ।त्यस्तै पहिलो प्राथमिकताको दोस्रो चरणमा पत्रकार, कुटनीतिक नियोग

पहिलो चरणमा एक लाख ८४ हजारले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं । नेपालमा शनिबारसम्म एक लाख ८४ हजार ८५७ जनाले कोभिड–१९ खोप लगाएका छन् । यो सँगै खोप लगाउने पहिलो चरणको अभियान सकिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४ हजार ८५७ जनालाई दिइएको छ । जसअनुसार प्रदेश १ मा २४ हजार २२४, प्रदेश २ मा २५ हजार ६३७, वाग्मती प्रदेशमा ६३ हजार ३०८, गण्डकी प्रदेशमा १८ हजार ४७२, लुम्बिनी प्रदेशमा २८ हजार ९४१, कर्णाली प्रदेशमा नौ हजार ४२० र सुदूरपश्चिम प्रदेशमा १४ हजार ८५५ जनाले खोप लगाएका मन्त्रालयले जनाएको छ । पहिलो चरणका लागि ल्याइएका बाँकी खोप प्राथमिकताका आधारमा अर्को चरणमा लगाउने मन्त्रालयले जनाएको छ । भारत सरकारले अनुदानमा १० लाख मात्रा खोप नेपाललाई उपलब्ध गराएको थियो । यस्तै चीन सरकारले पनि नेपाललाई पाँच लाख मात्रा खोप उपलब्ध गराउने जनाएको छ । सरकारले यही माघ १४ गतेदेखि पहिलो चरणको खोप अभियान सुरु गरेको थियो । कूल जनसङ्ख्याको तीन प्रतिशतलाई खोप लगाउने उद्देश्यअनुसार प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाइएको हो । नेपालमा कूल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप लगाउने सरकारको योजना छ ।

प्रदेश १ मा पाँच दिनमा १३ हजारले लगाए

विराटनगर । प्रदेश १ मा अपेक्षित रुपमा कोरोनाविरुद्धको खोप अभियानले गति लिन नसकेको देखिएको छ । भारत सरकारको

भारतले दियो १० लाख डोज कोरोनाविरुद्धको खोप

काठमाडौं । भारत सरकारले नेपाल सरकारलाई कोरोनाविरुद्धको दश लाख मात्रा खोप अनुदानस्वरुप उपलब्ध गराएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले आज प्रधानमन्त्री निवासमा आयोजित एक सङ्क्षिप्त कार्यक्रममा उक्त खोप हस्तान्तरण गर्नुभएको हो । त्यस अवसरमा प्रधानमन्त्री ओलीले उदारतापूर्वक नेपाललाई अनुदानमा खोप प्रदान गरेकामा आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकार र त्यहाँका जनताप्रति हार्दिक आभार व्यक्त गर्नुभयो । ‘आफ्नै नागरिकलाई खोप लगाउनुपरेको सङ्कटपूर्ण घडीमा दश लाख मात्रा खोप उपलब्ध गराएकामा कृतज्ञता ज्ञापन गर्दछु’, उहाँले भन्नुभयो । निकटको छिमेकीका नाताले आफ्नो मुलुकले सकेको सहयोग गर्न पाएकामा सन्तुष्टि जनाउँदै नेपाललाई स्वास्थ्यलगायत अन्य क्षेत्रमा हरसम्भव सहायता उपलब्ध गराउन भारत सरकार प्रतिबद्ध रहेको राजदूत क्वात्राले बताउनुभयो । हस्तान्तरित ती खोपका मात्रा टेकुस्थित स्वास्थ्य सेवा विभागमा रहेको केन्द्रीय भण्डारणमा राखिने छ । भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको उक्त कोभिशिल्ड नामक खोप माइनस दुई डिग्री सेल्सियसदेखि माइनस आठ डिग्री सेल्सियसमा राख्न सकिने जनाइएको छ । उक्त पहिलो चरणमा आएको खोप स्वास्थ्यकर्मी, अस्पतालका सरसफाइकर्मी, एम्बुलेन्स चालक, शववाहकलाई उपलब्ध गराइने छ । सो भारतीय राजदूत क्वात्राले खोप उपब्धतासँगै नेपालमा अब कोभिड–१९ महामारी नियन्त्रणमा आउने विश्वास व्यक्त गर्नुभयो । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका निर्देशक डा झलक शर्मा गौतमले प्रदेश र जिल्ला अस्पतालमा खोप पठाइने जानकारी दिनुभयो । सरकारको कूल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोभिड–१९ विरुद्ध खोप लगाउने योजना रहेको छ । अहिले पहिलो चरणमा ल्याइन ल्याइएको १० लाख मात्रा खोप दुई मात्रा दिँदा करिब पाँच लाख जनालाई लगाइने छ । सरकारले ‘कोभ्याक्स सुविधा’ नामक संयन्त्रअन्तर्गत निःशुल्क २० प्रतिशत खोप ल्याउने तयारी गरेको छ । कोभ्याक्समार्फत आउने २० प्रतिशत जनसङ्ख्या पुग्नेबाहेक सरकारले बाँकी ५२ प्रतिशत खोप कूटनीतिक नियोगबाट सरकार–सरकार ९जिटुजी०, सार्वजनिक खरिद नियमावलीअनुसार र ठेक्कामार्फत आउने छ ।