कात्तिक १७, काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले देउराली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गरी कात्तिक ३० गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएको छ ।
दुवै कम्पनी बिच गत चैत ९ गते अन्तिम सम्झौता भएको थियो । दुवै कम्पनीको चैत ३१ गते बसेको छुट्टाछुट्टै साधारण सभामार्फत प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।
नेपाल राष्ट्र बैंकले कात्तिक १ गते र कम्पनी रजिष्ट्रार कार्यालयले कात्तिक १४ गते प्राप्तिका लागि अन्तिम स्वीकृति पश्चात दुवै कम्पनीले एकीकृत कारोबार गर्न लागेका हुन् ।
दुवै कम्पनी एक भई आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु गर्न लागेका हुन् । प्राप्ति पश्चात कम्पनीको रजिष्टर्ड कार्यालय काभ्रेपलाञ्चोक, वडा नम्बर १०, बनेपामा रहने बताइएको छ ।
आरम्भ चौतारी लघुवित्तले देउराली लघुवित्तलाई शेयर स्वाप रेशियो १ बराबर शून्य दशमलव ८४ को अनुपातमा प्राप्ति गरेको हो ।