सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने अन्तिम सम्झौता, प्राप्ति पछि चुक्ता पुँजी ११ अर्ब माथि

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त बुटवलमा प्रधान कार्यालय रहेको तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने गरी अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । आज पुस २२ गते बैंक संचालक, मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवल जंग पाण्डे र तिनाउ मिसन डेभलपमेन्ट बैंकका संचालक, मर्जर तथा प्राप्ति समितिका संयोजक राजेन्द्र प्रसाद ओझाले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।दुवै बैंकले आ–आफ्नो विशेष/साधारण सभाबाट प्राप्ति

सम्बन्धित सामग्री

सिटिजन्स बैंकको एकीकृत कारोबार सुरु

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत प्राप्त विराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्सलाई प्राप्ति गरी शनिबारदेखि एकीकृत कारोबार सुरु गरेको छ । सिटिजन्स बैंक सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीले संयुक्त कारोबार सुरु गरे । सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गरेपछि निक्षेप करिब १ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ भने ऋण लगानी करिब १ खर्ब २४ अर्ब रुपैयाँ हुनेछ । प्राप्ति सहमतिअनुसार सिर्जना फाइनान्सका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंकको ९५ कित्ता शेयर पाउनेछन् । सिटिजन्स बैंकको हालको चुक्ता पुँजी ११ अर्ब ६६ करोड रहेकामा प्राप्तिपछि यस्तो १२ अर्ब ५७ करोड रुपैयाँ हुनेछ ।   कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष भण्डारीले सिर्जना फाइनान्स प्राप्तिपछि बैंकको वित्तीय सूचकांक मानव स्रोत, प्राविधिक एवं अन्य क्षमता बढ्ने बताए । साविकको सिर्जना फाइनान्सका सञ्चालक समिति अध्यक्ष सुयेश प्याकुरेलले संस्थाका ग्राहक, कर्मचारी र लगानीकर्ताको हित र भविष्य सिटिजन्स बैंकमा अझ बढी सुरक्षित हुने विश्वास व्यक्त गरे । सिटिजन्स बैंकका सञ्चालक एवं मर्जर तथा प्राप्ति समिति संयोजक प्रबलजंग पाण्डेले प्राप्तिपछि बैंकको प्रतिस्पर्धात्मक क्षमता वृद्धि भई ग्राहकलाई गुणस्तरीय तथा भरपर्दो बैंकिङ सुविधा प्रदान गर्न सहज बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले मर्जरपछि कर्मचारीको उचित ब्यवस्थापन र दक्षता अभिवृद्धि गरी व्यवसाय वृद्धिका लागि थप कार्यक्रम ल्याइने जानकारी दिए । प्राप्तिपछि बैंकका शाखा सञ्जाल १८९ पुगेका छन् ।