आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्ने

३० चैत, काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । २९ चैत बुधबार साँझ आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको हो । १ः१ को सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) मा एक आपसमा गाभ्ने गाभिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । दुई […]

सम्बन्धित सामग्री

असारमा एक दर्जन कम्पनीले गरे एकीकृत कारोबार

काठमाडौं । असारमा १२ ओटा बैंक तथा वित्तीय संस्थाले एकीकृत कारोबार शुरु गरेका छन् । उक्त अवधिमा दुई वाणिज्य बैंक र १० लघुवित्त वित्तीय संस्थाले एकीकृत कारोबार शुरु गरेका हुन् ।  लक्ष्मी बैंक र सनराइज बैंकले असार २९ गतेदेखि लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार शुरु गरेका छन् । यी दुई कम्पनी समान हैसियतमा मर्जरमा गएका हुन् । मर्जरपश्चात बनेको कम्पनीको चुक्ता पूँजी रू. २१ अर्ब ६७ करोडभन्दा बढी पुगेको छ ।  त्यस्तै साना किसान र आरएमडिसी लघुवित्त मर्ज भई असार २४ गतेदेखि एकीकृत कारोबार शुरु गरेका छन् । यी दुई कम्पनी १ः०.८७ अनुपातमा मर्जमा गएका हुन् । मर्जरपश्चात बनेको कम्पनीको चुक्ता पूँजी रू. ३ अर्ब ३३ करोडभन्दा बढी पुगेको छ ।  नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्त वित्तीय संस्थाले नेशनल लघुवित्त वित्तीय संस्थाको नामबाट असार ३० गतेदेखि एकीकृत कारोबार शुरु गरेका छन् । मर्जरपश्चात बनेको कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ८ करोडभन्दा बढी पुगेको छ ।  विजय लघुवित्त र नयाँ सारथि लघुवित्त मर्ज भई विजय लघुवित्त वित्तीय संस्थाको नामबाट असार ३१ गतेदेखि एकीकृत कारोबार शुरु गरेका छन् । यी दुई कम्पनी समान हैसियतमा मर्ज भएका हुन् । मर्जरपश्चात बनेको कम्पनीको चुक्ता पूँजी रू. ७४ करोड ५० लाख पुगेको छ ।  त्यस्तै आशा लघुवित्त वित्तीय संस्थाले राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी असार ३१ गतेदेखि आशा लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरु गरेको छ । राष्ट्र उत्थान लघुवित्तको १०० कित्ता शेयर बराबर आशा लघुवित्तको १०० कित्ता शेयर प्रदान गर्ने गरी प्राप्ति भएको हो । प्राप्तिपश्चात बनेको कम्पनीको चुक्ता पूँजी रू. ६४ करोड १५ लाख पुगेको छ । त्यस्तै धौलागिरी लघुवित्त र खप्तड लघुवित्त मर्ज भई धौलागिरी लघुवित्त वित्तीय संस्थाको नामबाट असार २० गतेदेखि एकीकृत कारोबार शुरु गरेका छन् । यी दुई कम्पनी १ः०.७५ अनुपातमा मर्ज भएका हुन् । मर्जरपश्चात बनेको कम्पनीको चुक्ता पूँजी रू. १३ करोड ३१ लाख पुगेको छ ।   राष्ट्र बैंकले यी कम्पनीहरूलाई नै लक्षित गरी असारभित्र एकीकृत कारोबार गरे नियामकीय छूट दिने व्यवस्था गरेको थियो ।  आशा लघुवित्तबाहेक यी सबै कम्पनीको शेयर कारोबार रोक्का छ । कम्पनीहरूको शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि शेयर कारोबार रोक्का हो । नेपाल धितोपत्र बोर्डले मर्जर र प्राप्ति प्रयोजनका लागि गरेको पछिल्लो व्यवस्थाअनुसार मर्जर प्रयोजनका लागि मर्जरमा जाने सबै कम्पनी र प्राप्ति प्रयोजनका लागि प्राप्ति हुने कम्पनीको मात्र शेयर कारोबार रोक्का हुने व्यवस्था छ । सोही कारण आशा लघुवित्तको शेयर कारोबार भइरहेको छ ।

आशा लघुवित्त र राष्ट्र उत्थान लघुवित्तले असार ३१ गतेदेखि एकीकृत कारोबार थाल्ने

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेड र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राप्ति प्रक्रिया पूरा गरी असार ३१ गतेदेखि एकीकृत कारोबार थाल्ने भएका छन् । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न लागेको हो । यी दुई कम्पनीबीच गत चैत २९ गते प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो ।  गत जेठ २३ गते प्राप्तिका लागि सैद्धान्तिक सहमति प्रदान गरेको नेपाल राष्ट्र बैंकले असार २२ गते यी कम्पनीहरूलाई प्राप्तिका लागि अन्तिम स्वीकृति प्रदान गरेको हो । नेपाल धितोपत्र बोर्डले असार २६ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट असार २७ गते स्वीकृति प्राप्त गरेसँगै यी कम्पनीले एकीकृत कारोबार शुुरू गर्न लागेका हुन् । हाल राष्ट्र उत्थान लघुवित्तको चुक्ता पूँजी रू. २६ करोड छ भने आशा लघुवित्तको रू. ३८ करोड १६ लाख १६ हजार छ । प्राप्तिका लागि राष्ट्र उत्थान लघुवित्तको अन्तिम दिनसम्म कायम रहेको सम्पूर्ण चल अचल सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्वहरू आशा लघुवित्तले सकार्ने गरी प्रक्रिया अघि बढेको हो । दुई कम्पनी एक भई आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु गर्न लागेका हुन् ।  प्राप्तिपछि बन्ने यस कम्पनीको केन्द्रीय कार्यालय हाल राष्ट्र उत्थान लघुवित्तको केन्द्रीय कार्यालय रहेको स्थान बनेपा नगरपालिका–१३, काभ्रेपलाञ्चोकमा रहनेछ । यी दुई कम्पनी समान हैसियतमा एक हुन लागेका हुन् । प्राप्ति प्रक्रियाका लागि तय भएको शेयर स्वाप रेसियोलाई विशेष साधारण सभामार्फत स्वीकृति प्रदान गर्नेछ ।