सेञ्चुरी बैंकलाई प्रभु बैंकले प्राप्ति गर्ने

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्रभु बैंक लिमिटेडले प्राप्ति गर्ने सम्झौता सम्पन्न भएको छ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्रभु बैंक लिमिटेडले प्राप्ति गर्ने गरी सम्झौता भएको हो । दुवै बैंकको संयुक्त मर्जर कमिटिको बैठक बसी उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्बन्धित सामग्री

प्रभु र सेञ्चुरी बैंकको एकीकृत कारोबार पुस २६ देखि

काठमाडौँ,२२ पुष । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकको एकीकृत कारोबार यही पुस २६ देखि हुने भएको छ । नेपाल राष्ट्र बैंकले आज एक सूचनामार्फत् प्रभु बैंक लिमिटेडले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरी एकीकृत कारोबार यही पुस २६ देखि गर्ने गरी तय भएको जनाएको हो । दुई बैंक एकआपसमा गाभिएपछि प्रभु बैंकका नामबाट […]

प्रभुले सेञ्चुरी बैंकलाई प्राप्ति गर्न अन्तिम स्वीकृति पायो

प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति (एक्विजिसन) गर्ने प्रक्रिया पूरा भएको छ । सोमबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले प्रभु बैंक र सेञ्चुरी बैंकबीचको प्राप्ति प्रक्रियालाई अन्तिम स्वीकृति दिने निर्णय गरेको हो ।

प्रभु बैंकले सेञ्चुरीलाई प्राप्ति गर्ने

प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच प्राप्ति (एक्विनिजसन) सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दुई बैंकले पुस मसान्तदेखि संयुक्त कारोबार सुरू गर्ने गरी सम्झौता गरेका हुन् । सम्झौतापत्रमा प्रभु बैंकका संयुक्त प्राप्ति समितिका संयोजक रमेशसिंह खड्का र सेञ्चुरी कमर्सियल बैंक संयुक्त एक्विजिसन समिति सदस्य मनबहादुर राईले हस्ताक्षर गरेका छन् । प्रभु बैंकले सेञ्चुरी कमर्सियल […]

प्रभु बैंकले सेञ्चुरीलाई एक्वायर गर्यो, पुस मसान्तभित्र एकीकृत कारोबारमा जाने

अन्ततः  प्रभु बैंक सेञ्चुरी कमर्सियल बैंकलाई एक्वायर (प्राप्ति) गरेको छ । बुधबार राजधानीमा एक कार्यक्रमबीच दुई बैंकबीच (एक्विजिसन) का लागि अन्तिम सम्झौता भएको हो । सम्झौतापत्रमा प्रभु बैंकका संयुक्त प्राप्ति (एक्विजिसन) समितिका संयोजक रमेशसिंह खड़का र सेञ्चुरी कमर्सियल बैंकका संयुक्त एक्विजिसन समितिका सदस्य मनबहादुर राईले हस्ताक्षर गरेका छन्। योसँगै यी दुई बैक अब एक बन्ने भएका छन् । सम्झौताअनुसार प्रभुले सेञ्चुरीलाई १ः१ रेसियोमा प्राप्ति गर्ने भएको हो ।यी दुवै बैंक एक भएपश्चात पुस मसान

प्रभु र सेन्चुरीबीच मर्जर सम्झौता

प्रभु बैंकले सेन्चुरी कमर्सियल बैंकलाई प्राप्ति गर्ने भएको छ । दुई पक्षबीच मर्जरका लागि आइतबार साँझ प्रारम्भिक सम्झौता भएको छ । मर्जरपछि बन्ने एकीकृत बैंकको नाम ‘प्रभु बैंक’ नै रहने सहमति भएको प्रभु...

प्रभु बैंकले सेञ्चुरीलाई प्राप्ति गर्ने

प्रभु बैंक लिमिटेडले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी सम्झौंता सम्पन्न भएको छ ।दुवै बैंकको संयुक्त मर्जर कमिटिको बैठक बसी आइतबार अबेर उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको प्रभु बैंकले जानकारी दिएको छ ।मौद्रिक नीतिको नयाँ व्यवस्थापछि प्रभु र सेन्चुरी बैंक मर्जमा जाने सम्झौता भएको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए । हाल […]

प्रभु बैंक र सेन्चुरी बैंक मर्ज हुने पक्का, आजै सम्झौतामा हस्ताक्षर

प्रभु बैंक र सेन्चुरी बैंक मर्ज हुने भएका छन् । २ बैंकबीच आज नै मर्जर तथा प्राप्ति सम्झौतामा हस्ताक्षर हुने भएको छ । यो समाचार तयार पार्दासम्म दुवै बैंकका संचालक समितिका सदस्य, मर्जर कमिटीका सदस्य र उच्च ब्यबस्थापकहरु राजधानीको एक होटेलमा जम्मा भएका छन् । सम्झौताको लागि आवश्यक कागजात तयार पार्ने क्रम भईरहेको र आज नै सम्झौतामा हस्ताक्षर गर्ने तयारी रहेको एक संचालकले बिजपाटीलाई बताए । विगत लामो समयदेखि प्रभु बैंक र सेन्चुरी बैंक मर्ज हुने चर्चा बजारमा थियो । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा प्रभु बैंकको अन्तिम शेयर मूल्य प्रति कित्ता २३१ रुपैयाँ रहेको छ भने सेन्चुरीको शेयर मूल्य १९३ रुपैयाँ रहेको छ ।  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरु आगामी पुस मसान्तसम्म मर्जमा गए राष्ट्र बैंकले तोकेको छुट पाउने ब्यबस्था गरेको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ७९/८० कोमौद्रिक नीति सार्वजनिक गर्दै  पुस मसान्तसम्म मर्जमा गए राष्ट्र बैंकले तोकेको छुट पाउने ब्यबस्था गरेको हो।

प्रभु बैंक र साना किसान विकास लघुवित्तको साधारण सभा आज

पुस १८, काठमाडौं । प्रभु बैंक र साना किसान लघुवित्त वित्तीय संस्थाले आज (आइतवार) साधारण सभा आयोजना गरेका छन् ।  प्रभु बैंकले २०औं वार्षिक साधारण सभा बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा बिहान ११ बजे गर्ने जानकारी दिएको छ । सभाले १२ प्रतिशत बोनस शेयर र र शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभाले यस बैंकले अन्य कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धी आवश्यक सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ४ गते (एक दिन) बुक क्लोज गरिसकेको छ । यस आधारमा पुस १ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । त्यसैगरी, साना किसान लघुवित्त वित्तीय संस्थाले २०औं वार्षिक साधारण सभा आइतवार नेपाल प्रशासनिक प्रशिषण प्रतिष्ठान, जावलाखेल ललितपुरमा बिहान ११ बजे शुरु गर्ने जानकारी गराएको हो । सभाले २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३१ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  त्यसैगरी, आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस ५ गतेदेखि १८ गतेसम्म बन्द गर्ने भएको छ । यस आधारमा पुस ४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

प्रभु बैंकले क्यापिटल मर्चेन्ट बैंकिङलाई प्राप्ति गर्ने

भदौ १८, काठमाडौं । प्रभु बैंक लिमिटेडले क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सलाई प्राप्ति गर्ने भएको छ ।  प्रभु बैंकको बिहीवार बसेको २२२औं सञ्चालक समिति बैठकले प्राप्ति समितिको सिफारिस बमोजिम क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सलाई प्राप्ति गरिएको प्रारम्भिक समझदारीपत्र अनुमोदन गर्ने निर्णय गरेको जानकारी दिएको छ ।