नेशनल माइक्रोफाइनान्सको बोनस शेयर सूचीकृत

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ८ लाख ८० हजार १२ दशमलव ४६ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यो बोनस शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न पाउनेछन् । कम्पनीले बैंशाख १५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।   

सम्बन्धित सामग्री

आँधिखोला लघुवित्तसहित तीन कम्पनीको बोनस शेयर सूचीकृत, कुन-कुन कम्पनीको भयो ?

काठमाडौं । नेप्सेमा तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । आँधिखोला लघुवित्त वित्तीय संस्था, फर्ष्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र आइसीएफसी फाइनान्सको बोनस शेयर सूचीकृत भएको हो । फर्ष्ट माइक्रोफाइनान्सको १८ लाख ३२ हजार ५३५ दशमलव ५६ कित्ता,आँधिखोला लघुवित्तको ३ लाख ५७ हजार कित्ता र आईसीएफसी फाइनान्सको ५ लाख ६३ हजार ५५८ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यी तीन ओटै कम्पनीको बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सकिनेछ । आइसिएफसी फाइनान्सले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यस्तै फर्ष्ट माइक्रोफाइनान्स लघुवित्तले पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १९ प्रतिशत बोनस शेयर र आँधिखोला लघुवित्तले माघ १३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

मेरो माइक्रोफाइनान्सको १० प्रतिशत बोनस शेयर वितरण

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १० प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले माघ ६ गते सम्पन्न दशौं वार्षिक साधारण सभामार्फत १० प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि समेत १० प्रतिशत नगद लाभांशसम्बन्धी प्रस्ताव पारित गरेको थियो ।  फागुन १५ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत गराई सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा कम्पनीले बोनस शेयर जम्मा गरिदिएको हो । साधारण सभा प्रयोजनका लागि पुस २२ गते एक दिन बुक क्लोज गरेको थियो । यसको आधारमा पुुस २१ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश पाएका छन् ।

चार कम्पनीको बोनस शेयर सूचीकृत, कुन-कुन कम्पनीको भयो ?

काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेञ्ज  (नेप्से) मा चार कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । प्रिमियर इन्स्योरेन्स,नेपाल इन्स्योरेन्स,मेरो माइक्रोफाइनान्स लघुवित्त र सोल्टी होटलको बोनस शेयर सूचीकृत भएको हो ।  प्रिमियर इन्स्योरेन्स कम्पनीको १७ लाख ४९ हजार ४५१ कित्ता बोनस शेयर,नेपाल इन्स्योरेन्सको ११ लाख ५७ हजार ६९६ कित्ता, मेरो माइक्रोफाइनान्सको १२ लाख कित्ता र सोल्टी होटलको ४२ लाख १३ हजार ५३३ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यी चार ओटै कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।  प्रिमियर इन्स्योरेन्सले पुस २९ गते समपन्न वार्षिक साधारण सभाबाट पारित १४ दशमलव २५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यस्तै दोस्रोमा नेपाल इन्स्योरेन्सले पुस २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ८ प्रतिशत बोनस शेयर, मेरो माइक्रोफाइनान्सले माघ ६ गते समपन्न १० प्रतिशत बोनस शेयर र सोल्टी होटलले पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

दर्जनभन्दा बढी लघुवित्तको शेयरमूल्य रू.१ हजारभन्दा कम : लगानीको अवसर

वैशाख २१, काठमाडौं । पछिल्लो समय धितोपत्र दोस्रो बजारका परिसूचक निरन्तर ओरालो लागेसँगै सूचीकृत कम्पनीहरूको शेयरमूल्य पनि घटिरहेको छ । दोस्रो बजारमा राम्रो मूल्य कायम हुर्दै आएका लघुवित्त कम्पनीहरूको शेयरमूल्यमा पनि बजार घटेसँगै कमी आएको हो । पछिल्लो तथ्यांक अनुसार नेप्सेमा सूचीकृत ४८ ओटा लघुवित्त कम्पनीमध्ये १३ कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजारभन्दा कम कायम भएको छ । दोस्रो बजारले ऐतिहासिक रेकर्ड कायम गर्दाको अवस्थामा यी कम्पनीहरूको शेयरमूल्य ११ सयभन्दा माथि थियो ।अहिले यी लघुवित्त कम्पनीको शेयरमूल्य पछिल्लो समय रू. १ हजारभन्दा कम कायम भएको हो । यतिबेला दीर्घकालीन लगानीको लागि यी लघुवित्तको शेयर खरीद गर्न सकिने जानकारहरू बताउँछन् ।  दोस्रो बजारमा सूचीकृत कम्पनीहरूमध्ये पनि लघुवित्त कम्पनीको शेयरप्रति लगानीकर्ताहरूको आकर्षण बढी देखिन्छ । यो क्षेत्रका कम्पनीहरूको शेयरमूल्य बजार बढ्दा उच्च दरमै बढेको तथ्यांकका आधारमा पनि अहिले कम मूल्यमा खरीद गर्दा भविश्यमा राम्रो नाफा कमाउन सकिने कतिपय लगानीकर्ताको विश्लेषण छ । कुनै पनि कम्पनीमा लगानी गर्दा कम्पनीको जगेडा, लाभांश क्षमता, प्रतिशेयर आम्दानी लगायतका कम्पनीका महत्वपूर्ण आधारभूत पक्ष हेरेर मात्र लगानी गर्नुपर्ने हुन्छ ।  रू. १ हजारभन्दा कम मूल्य कायम भएका १३ लघुवित्तमध्ये सबैभन्दा कम शेयरमूल्य आरएसडिसी लघुवित्त वित्तीय संस्थाको रहेको छ । यो कम्पनीको शेयरमूल्य वैशाख १९ गते सोमवार प्रतिकित्ता रू. ६०४ दशमलव ३ रहेको छ । त्यसैगरी दोस्रोमा फष्र्ट माइक्रोफाइनान्सको शेयर मूल्य प्रतिकित्ता रू. ६९४ रहेको छ । लघुवित्त कम्पनीहरूले अरू कम्पनीले भन्दा बढी लाभांश दिने भएकाले पनि लगानीकर्ताको आकर्षण बढ्ने गरेको छ ।   नेप्सेमा सूचीकृत लघुवित्तमध्ये ४६ ओटाले आव २०७७/ ७८ को मुनाफाबाट  लाभांश घोषणा गरेका छन् । अधिकांशले उच्च दरममै लाभांश दिएका छन् । लाभांश घोषणा गरेका ४६ कम्पनीमध्ये सबैभन्दा बढी जीवन विकास लघुवित्तले ७० प्रतिशत बोनस शेयर र ३ दशमलव ६८ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) गरेर कुल ७३ दशमलव ६८ प्रतिशत लाभांश वितरण गरेको छ । त्यसैगरी महिला लघुवित्तले ४७ दशलमव ५ प्रतिशत बोनस शेयर र २ दशमलव ५ प्रतिशत नगद लाभांश गरी कुल ५० प्रतिशत लाभांश वितरण गरेको छ । यसले गर्दा पनि लघुवित्त कम्पनीको शेयर खरीदमा लगानीकर्ता आकर्षित हुने गरेका छन् ।

नेशनल माइक्रोफाइनान्सको बोनस शेयर सूचीकृत

चैत १६, काठमाडौं ।  नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस शेयर बुधवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको १६ लाख ७६ हजार २१४ दशलमव २१ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।  अव यो बोनस शेयर शेयरधनीको हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सकिने छ कम्पनीले माघ ६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४० प्रतिशत बोनस सूचीकृत गराएको हो ।

ग्लोबल आइएमई बैंकसहित ४ ओटा कम्पनीको बोनस शेयर सूचीकृत

फागुन १०, काठमाडौं । मंगलवार नेप्सेमा चार कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । प्रभु बैंक, ग्लोबल आइएमई बैंक, बुटवल पावर कम्पनी र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो । प्रभु बैंकको १ करोड ३६ लाख १६ हजार ४६८ दशमलव ७६ कित्ता, ग्लोबल आइएमई बैंकको २ करोड १६ लाख ३२ हजार ५०३ दशमलव शून्य ३ कित्ता, बुटवल पावर कम्पनीको २९ लाख ४९ हजार ६६३ कित्ता र फर्स्ट माइक्रोफाइनान्सको ८ लाख ७६ हजार ८१२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो शेयर सम्बन्धित हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।

नेपाल इन्भेष्टमेण्ट बैंकसहित ४ ओटा कम्पनीको बोनस शेयर सूचीकृत

फागुन ३, काठमाडौं  । नेपाल स्टक एक्सचेञ्ज( नेप्से) मा मंगलवार चार ओटा अलग - अलग कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।  नेपाल इन्भेष्टमेण्ट बैंक,मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था,महिला लघुवित्त वित्तीय संस्था र सिभिल लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो ।  नेपाल इन्भेष्टमेण्ट बैंकको २ करोड ५ लाख २ हजार ११८ दशमलव २३ कित्ता,मेरो माइक्रोफाइनान्सको २० लाख कित्ता,महिला लघुवित्तको ४ लाख ७५ हजार कित्ता र सिभिल लघुवित्त वित्तीय संस्थाको ४ लाख ६० हजार ३० दशमलव ६२१ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।  अव यो बोनस शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । नेपाल इन्भेष्टमेण्ट बैंकले मंसिर १७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १२ दशमलव ६११ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।  त्यसैगरी मेरो माइक्रोफाइनान्सले मंसिर २४ गते सम्पन्न साधारण सभाबाट पारित २० प्रतिशत बोनस शेयर, महिला लघुवित्त वित्तीय संस्थाले मंसिर २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४७ दशमलव ५ प्रतिशत बोनस शेयर र सिभिल लघुवित्त वित्तीय संस्थाले कात्तिक १८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १९ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

मेरो माइक्रोफाइनान्सको बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा

साउन १, काठमाडौं । मेरो माइक्रोफाइनान्सको १६ दशमलव ९४ प्रतिशत बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ ।  कम्पनीले धितोपत्र दोस्रो बजारमा सूचीकृत गराई सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा शेयर जम्मा गरिदिएको हो । कम्पनीले असार ३० गते उक्त बोनस बापतको १४ लाख ४८ हजार ६०० कित्ता शेयर सूचीकृत गराएको हो ।  बिहीवारदेखि कारोबार योग्य हुने यो शेयर सम्बन्धीत शेयरधनीहरुले आफ्नो हितग्राही खातामा जम्मा भएपछि कारोबार गर्न सक्नेछन् ।  कम्पनीले गत पुस २८ गते सम्पन्न आठौं वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको थियो ।  बोनस शेयर कर प्रयोजनका लागि शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश प्रस्ताव समेत कम्पनीले सोही सभाबाट पारित गरेकाले शेयरधनीहरुले बोनस बापतको कर तिर्नुपर्ने छैन । कम्पनीको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

मेरो माइक्रोफाइनान्सको बोनस शेयर सूचीकृत

असार ३०, काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा बुधवार सूचीकृत भएको छ । कम्पनीको १४ लाख ४८ हजार ६०० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।अव यो शेयर शेयरधनीले बिहीवारबाट खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले गत पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १६ दशमलव ९४ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

महिला सहयात्रा लघुवित्त र नेशनल माइक्रोफाइनान्सको बोनस शेयर सूचीकृत

असार २३, काठमाडौं । दुई  ओटा अलग - अलग कम्पनीको बोनस शेयर बुधवार नेपाल स्टक एक्सचेञ्ज( नेप्से) मा सूचीकृत भएको छ ।  महिला सहयात्रा लघुवित्त वित्तीय संस्था र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो । महिला सहयात्राको १ लाख ३३ हजार १ सय कित्ता र नेशनल माइक्रोफाइनान्सको ५ लाख ५४ हजार ४९५ दशमलव शून्य २ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।अव यो शेयर लगानीकर्ताले डिम्याट खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन् ।