मेरो माइक्रोफाइनान्सको बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा

साउन १, काठमाडौं । मेरो माइक्रोफाइनान्सको १६ दशमलव ९४ प्रतिशत बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ ।  कम्पनीले धितोपत्र दोस्रो बजारमा सूचीकृत गराई सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा शेयर जम्मा गरिदिएको हो । कम्पनीले असार ३० गते उक्त बोनस बापतको १४ लाख ४८ हजार ६०० कित्ता शेयर सूचीकृत गराएको हो ।  बिहीवारदेखि कारोबार योग्य हुने यो शेयर सम्बन्धीत शेयरधनीहरुले आफ्नो हितग्राही खातामा जम्मा भएपछि कारोबार गर्न सक्नेछन् ।  कम्पनीले गत पुस २८ गते सम्पन्न आठौं वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको थियो ।  बोनस शेयर कर प्रयोजनका लागि शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश प्रस्ताव समेत कम्पनीले सोही सभाबाट पारित गरेकाले शेयरधनीहरुले बोनस बापतको कर तिर्नुपर्ने छैन । कम्पनीको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

सम्बन्धित सामग्री

नेशनल माइक्रोफाइनान्सको १५ प्रतिशत बोनस शेयर वितरण

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले वैशाख १५ गते सम्पन्न नवौं वार्षिक साधारण सभाबाट पारित उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृतपश्चात् सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको हो ।  कम्पनीले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी रू. ५८ करोड ६६ लाख ७४ हजारको आधारमा १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । साधारण सभा प्रयोजनका लागि वैशाख ४ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको आधारमा वैशाख ३ गतेसम्म कायम शेयरधनीहरूले मात्र बोनस शेयर प्राप्त गरेका छन् । साविक महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी २०७८ असार ३० देखि एकीकृत कारोबार गरेकाले सोपश्चात् शेयर कायम गर्ने सदस्यहरूले बोनस शेयरबापतको कर जम्मा गरेपछि मात्र बोनस शेयर प्राप्त गर्ने कम्पनीको भनाइ छ । एकीकृत कारोबारको मितिभन्दा अघिसम्म कायम शेयरधनीहरूलाई भने बोनस शेयरमा लाग्ने कर छूट हुनेछ । वैशाख ३ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरूको हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाकै नाममा रोक्का जनाई हितग्राही खातामा बोनस शेयर जम्मा गरिएको छ । कर्जा फुकुवा भइसकेको भए आफ्नो बोनस शेयरसमेत फुकुवा गर्न कम्पनीले भनेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा एनआइबिएल एस क्यापिटल लिमिटेड छ । यो कम्पनी हाल समीट लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्जर प्रक्रियामा छ । नेशनल माइक्रोफाइनानसको १ कित्ता शेयर बराबर समीट लघुवित्तको शून्य दशमलव ७३ कित्ता शेयर आदानप्रदान हुने गरी दुई कम्पनीबीच मर्जर सहमति भएको हो ।  यस वर्षको बोनस शेयरपछि कायम हुने समीट लघुवित्तको शेयर पूँजीको संस्थापक र सर्वसाधारणको शेयर पूँजीको अनुपात मिलान गर्दा अपुग हुने सर्वसाधारणतर्फको ८ लाख ५३ हजार ६६५ कित्ता एफपीओ निष्कासन गर्ने प्रस्तावसमेत असार ३ गते सम्पन्न विशेष साधारण सभामार्फत पारित भइसकेको छ ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

नेशनल माइक्रोफाइनान्सको बोनस शेयर सूचीकृत

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ८ लाख ८० हजार १२ दशमलव ४६ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यो बोनस शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न पाउनेछन् । कम्पनीले बैंशाख १५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

मेरो माइक्रोफाइनान्सको १० प्रतिशत बोनस शेयर वितरण

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १० प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले माघ ६ गते सम्पन्न दशौं वार्षिक साधारण सभामार्फत १० प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि समेत १० प्रतिशत नगद लाभांशसम्बन्धी प्रस्ताव पारित गरेको थियो ।  फागुन १५ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत गराई सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा कम्पनीले बोनस शेयर जम्मा गरिदिएको हो । साधारण सभा प्रयोजनका लागि पुस २२ गते एक दिन बुक क्लोज गरेको थियो । यसको आधारमा पुुस २१ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश पाएका छन् ।

चार कम्पनीको बोनस शेयर सूचीकृत, कुन-कुन कम्पनीको भयो ?

काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेञ्ज  (नेप्से) मा चार कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । प्रिमियर इन्स्योरेन्स,नेपाल इन्स्योरेन्स,मेरो माइक्रोफाइनान्स लघुवित्त र सोल्टी होटलको बोनस शेयर सूचीकृत भएको हो ।  प्रिमियर इन्स्योरेन्स कम्पनीको १७ लाख ४९ हजार ४५१ कित्ता बोनस शेयर,नेपाल इन्स्योरेन्सको ११ लाख ५७ हजार ६९६ कित्ता, मेरो माइक्रोफाइनान्सको १२ लाख कित्ता र सोल्टी होटलको ४२ लाख १३ हजार ५३३ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यी चार ओटै कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।  प्रिमियर इन्स्योरेन्सले पुस २९ गते समपन्न वार्षिक साधारण सभाबाट पारित १४ दशमलव २५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यस्तै दोस्रोमा नेपाल इन्स्योरेन्सले पुस २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ८ प्रतिशत बोनस शेयर, मेरो माइक्रोफाइनान्सले माघ ६ गते समपन्न १० प्रतिशत बोनस शेयर र सोल्टी होटलले पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

नेशनल माइक्रोफाइनान्सको बोनस शेयर सूचीकृत

चैत १६, काठमाडौं ।  नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस शेयर बुधवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको १६ लाख ७६ हजार २१४ दशलमव २१ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।  अव यो बोनस शेयर शेयरधनीको हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सकिने छ कम्पनीले माघ ६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४० प्रतिशत बोनस सूचीकृत गराएको हो ।

नेप्सेमा २ वाणिज्य बैंकसहित ४ कम्पनीको बोनस शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज मंगलबार २ वाणिज्य बैंकसहित ४ कम्पनीको बोनस शेयर सुचिकृत भएको छ । आज नेप्सेमा ४ कम्पनीको गरि कुल ३ करोड ९० लाख ७५ हजार ४ सय ४६ दशमलव ७९ कित्ता बोनस शेयर सुचिकृत भएको हो । आज प्रभु बैंकको १२ प्रतिशतले हुन आउने १ करोड ३६ लाख १६ हजार ४ सय ६८ दशमलव ७६ कित्ता बोनस शेयर , ग्लोबल आईएमई बैंकको १० प्रतिशतले हुन आउने २ करोड १६ लाख ३२ हजार ५ सय ३ दशमलव ०३ प्रतिशत बोनस शेयर , बुटवल पावरको १० प्रतिशतले हुन आउने २९ लाख ४९ हजार ६ सय ६३ कित्ता बोनस शेयर र फर्स्ट माइक्रोफाइनान्सको १० प्रतिशतले हुन आउने ८ लाख ७६ हजार ८ सय १२ कित्ता बोनस शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन्   ।

नेप्सेमा ८५ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज बुधबार ८५ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । आज स्ट्यान्डर्ड चार्टर्ड बैंकको १० प्रतिशतले हुन आउने ८५ लाख ७२ हजार २ सय ३० दशमलव ८१ कित्ता बोनस शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन् । यस अघि हिजो मंगलबार ४ कम्पनीको गरि कुल २ करोड ३४ लाख ३७ हजार १ सय ४८ दशमलव ८५१ कित्ता बोनस शेयर सुचिकृत भएको थियो । हिजोआज नेपाल इन्भेष्टमेन्ट बैंकको १२.६११ प्रतिशतले हुन आउने २ करोड ५ लाख २ हजार १ सय १८ दशमलव २३ कित्ता बोनस शेयर , मेरो माइक्रोफाइनान्सको २० प्रतिशतले हुन आउने २० लाख कित्ता बोनस शेयर , महिला लघुवित्तको ४७.५ प्रतिशतले हुन आउने ४ लाख ७५ हजार कित्ता बोनस शेयर र सिभिल लघुवित्तको १९ प्रतिशतले हुन आउने ४ लाख ६० हजार ३० दशमलव ६२१ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

नेप्सेमा ४ कम्पनीको बोनस शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज ४ वटा कम्पनीको बोनस शेयर सुचिकृत भएको छ । आज ४ कम्पनीको गरि कुल २ करोड ३४ लाख ३७ हजार १ सय ४८ दशमलव ८५१ कित्ता बोनस शेयर सुचिकृत भएको हो । आज नेपाल इन्भेष्टमेन्ट बैंकको १२.६११ प्रतिशतले हुन आउने २ करोड ५ लाख २ हजार १ सय १८ दशमलव २३ कित्ता बोनस शेयर , मेरो माइक्रोफाइनान्सको २० प्रतिशतले हुन आउने २० लाख कित्ता बोनस शेयर , महिला लघुवित्तको ४७.५ प्रतिशतले हुन आउने ४ लाख ७५ हजार कित्ता बोनस शेयर र सिभिल लघुवित्तको १९ प्रतिशतले हुन आउने ४ लाख ६० हजार ३० दशमलव ६२१ कित्ता बोनस शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन् ।

नेपाल इन्भेष्टमेण्ट बैंकसहित ४ ओटा कम्पनीको बोनस शेयर सूचीकृत

फागुन ३, काठमाडौं  । नेपाल स्टक एक्सचेञ्ज( नेप्से) मा मंगलवार चार ओटा अलग - अलग कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।  नेपाल इन्भेष्टमेण्ट बैंक,मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था,महिला लघुवित्त वित्तीय संस्था र सिभिल लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो ।  नेपाल इन्भेष्टमेण्ट बैंकको २ करोड ५ लाख २ हजार ११८ दशमलव २३ कित्ता,मेरो माइक्रोफाइनान्सको २० लाख कित्ता,महिला लघुवित्तको ४ लाख ७५ हजार कित्ता र सिभिल लघुवित्त वित्तीय संस्थाको ४ लाख ६० हजार ३० दशमलव ६२१ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।  अव यो बोनस शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । नेपाल इन्भेष्टमेण्ट बैंकले मंसिर १७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १२ दशमलव ६११ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।  त्यसैगरी मेरो माइक्रोफाइनान्सले मंसिर २४ गते सम्पन्न साधारण सभाबाट पारित २० प्रतिशत बोनस शेयर, महिला लघुवित्त वित्तीय संस्थाले मंसिर २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४७ दशमलव ५ प्रतिशत बोनस शेयर र सिभिल लघुवित्त वित्तीय संस्थाले कात्तिक १८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १९ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

महिला सहयात्रा लघुवित्त र नेशनल माइक्रोफाइनान्सको बोनस शेयर सूचीकृत

असार २३, काठमाडौं । दुई  ओटा अलग - अलग कम्पनीको बोनस शेयर बुधवार नेपाल स्टक एक्सचेञ्ज( नेप्से) मा सूचीकृत भएको छ ।  महिला सहयात्रा लघुवित्त वित्तीय संस्था र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो । महिला सहयात्राको १ लाख ३३ हजार १ सय कित्ता र नेशनल माइक्रोफाइनान्सको ५ लाख ५४ हजार ४९५ दशमलव शून्य २ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।अव यो शेयर लगानीकर्ताले डिम्याट खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन् ।