मेरो माइक्रोफाइनान्सको १० प्रतिशत बोनस शेयर वितरण

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १० प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले माघ ६ गते सम्पन्न दशौं वार्षिक साधारण सभामार्फत १० प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि समेत १० प्रतिशत नगद लाभांशसम्बन्धी प्रस्ताव पारित गरेको थियो ।  फागुन १५ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत गराई सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा कम्पनीले बोनस शेयर जम्मा गरिदिएको हो । साधारण सभा प्रयोजनका लागि पुस २२ गते एक दिन बुक क्लोज गरेको थियो । यसको आधारमा पुुस २१ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश पाएका छन् ।

सम्बन्धित सामग्री

चार कम्पनीको बोनस शेयर सूचीकृत, कुन-कुन कम्पनीको भयो ?

काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेञ्ज  (नेप्से) मा चार कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । प्रिमियर इन्स्योरेन्स,नेपाल इन्स्योरेन्स,मेरो माइक्रोफाइनान्स लघुवित्त र सोल्टी होटलको बोनस शेयर सूचीकृत भएको हो ।  प्रिमियर इन्स्योरेन्स कम्पनीको १७ लाख ४९ हजार ४५१ कित्ता बोनस शेयर,नेपाल इन्स्योरेन्सको ११ लाख ५७ हजार ६९६ कित्ता, मेरो माइक्रोफाइनान्सको १२ लाख कित्ता र सोल्टी होटलको ४२ लाख १३ हजार ५३३ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यी चार ओटै कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।  प्रिमियर इन्स्योरेन्सले पुस २९ गते समपन्न वार्षिक साधारण सभाबाट पारित १४ दशमलव २५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यस्तै दोस्रोमा नेपाल इन्स्योरेन्सले पुस २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ८ प्रतिशत बोनस शेयर, मेरो माइक्रोफाइनान्सले माघ ६ गते समपन्न १० प्रतिशत बोनस शेयर र सोल्टी होटलले पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

मेरो माइक्रोफाइनान्सको साधारण सभा आज , यी प्रस्ताव पारित हुने

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आज अर्थात माघ ६ गते दशौं वार्षिक साधारण सभा आयोजना गरेका छ । सभा क्राउन होटल हारती, नुवाकोटमा उक्त दिन बिहान ११ः३० बजे शुरु हुने कम्पनीले जानकारी दिएको हो ।  सभाले गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित कुल २० प्रतिशत लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ । कम्पनीले गत वर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । अन्य लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले पारित गर्नेछ ।  साधारण सभा प्रयोजनका लागि पुस २२ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुुस २१ गतेसम्म कायम शेयरधनीहरूमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य छन् ।

मेरो माइक्रोफाइनान्सको नाफा यस वर्ष १५.२०% बढ्यो

वैशाख १५, काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ३४ करोड १५ लाखभन्दा बढी खुद नाफा गरेको छ । यस वर्ष कम्पनीको खुद नाफा गत वर्षभन्दा १५ दशमलव २० प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. २९ करोड ६५ लाखभन्दा बढी खुद नाफा गरेको थियो । कम्पनीको सञ्चालन नाफा भने यस वर्ष करिब १६ प्रतिशत वृद्धि भएको छ । सम्भावित जोखिम शीर्षकमा गत वर्षभन्दा ५७ दशमलव ९४ प्रतिशत कम रकम छुट्याएकाले कम्पनीको सञ्चालन नाफा बढ्न गई खुद नाफामा पनि सकारात्मक प्रभाव परेको हो । २० प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बढाएर रू. १ अर्ब २० करोड पुर्‍याएको कम्पनीको जगेडा कोष रकम पनि ५० दशमलव ९७ प्रतिशत बढेर रू. ७२ करोड ४९ लाखभन्दा बढी कायम भएको छ । कम्पनीले यस वर्ष १० प्रतिशत बढी रू. १० अर्ब ९९ करोड ७६ लाख कर्जा सापटी लिएको छ । गत वर्षभन्दा ३२ दशमलव ३२ प्रतिशत बढी रू. ३ अर्ब १७ करोड ४३ लाख निक्षेप संकलन गरेको कम्पनीले २५ प्रतिशत बढी रू. १६ अर्ब २४ करोड २३ लाख कर्जा प्रवाह गरेको छ । गत वर्ष १ दशमलव ७० प्रतिशत रहेको निष्क्रिय कर्जा यस वष बढेर ३ दशमलव ८८ प्रतिशत कायम भएको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ३७ दशमलव ९५ र प्रतिशेयर नेटवर्थ रू. १६० दशमलव ४१ रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको तरलता अनुपात १ दशमलव २२ रहेको छ ।

समायोजनपछि पनि २.३७ % घट्यो फर्स्ट माइक्रोफाइनान्सको शेयरमूल्य

मंसिर ५, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार समायोजनपछि पनि फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य घटेको छ ।  कम्पनीको प्रस्तावित १० प्रतिशत बोनस शेयर प्रयोजनका लागि नेप्सेले मूल्य समायोजन गरेको थियो । कम्पनीको बिहीवार कायम अन्तिम शेयरमूल्य १ हजार १४ को आधारमा नेप्सेले बोनसपछिको मूल्य रू. ९२१ दशमलव ८२ तोकेको थियो ।  समायोजन पछि रू. ९४० मा खुला भएको कम्पनीको शेयरमूल्य न्यूनतम रू. ८८५ देखि अधिकतम रू. ९४० सम्म पुगेर अन्तिम मूल्य रू. ९०० मा झरेको हो । यस दिन समायोजनपछि पनि कम्पनीको शेयरमूल्य २ दशमलव ३७ प्रतिशत अर्थात् प्रतिकित्ता रू. २१ दशमलव ८२ ले घटेको हो । यस दिन कम्पनीको रू. १ करोड १८ लाख २७ हजार बराबरको १३ हजार १६२ कित्ता शेयर कारोबार भएको छ ।  कम्पनीले यस वर्ष बोनस शेयरसँगै कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांशसमेत वितरणको प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले मंसिर १६ गते वार्षिक साधारण सभा बोलाएको छ । सो सभा प्रयोजनका लागि कम्पनीले मंसिर ५ गते बुक क्लोज गरेसँगै नेप्सेले बुक क्लोजपछिको मूल्य तोकिदिएको हो ।  आइतवार समायोजन पछिको मूल्यको आधारमा कम्पनीको शेयर कारोबार खुला हुनेछ । आइतवारदेखि कारोबारमा सहभागी लगानीकर्ताहरुले भने कम्पनीको प्रस्तावित लाभांश पाउनेछैनन् ।

फर्स्ट माइक्रोफाइनान्सको शेयरमूल्य समायोजन

मंसिर ५, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतवार फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले १० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ९२१ दशमलव ८२ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात बिहीवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार १४ को आधारमा शेयरमूल्य समायोजन भएको हो । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ आइतवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले आगामी मंसिर १६ गते साधारण सभा बोलाएको छ । सभा अम्रपाली ब्यांक्वेट, भाटभटेनीमा साधारण सभा आयोजना गरेको छ ।

फर्स्ट माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

मंसिर २, काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज (बिहीवार) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि मंसिर ५ गते बुक क्लोज गर्ने भएसँगै बिहीवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले आगामी मंसिर १६ गते साधारण सभा बोलाएको छ । सभा अम्रपाली ब्याङ्क्वेट, भाटभटेनीमा साधारण सभा आयोजना गरेको छ ।

फर्स्ट माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवार

मंसिर १, काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवार (कात्तिक २ गते) सम्म रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि मंसिर ५ गते बुक क्लोज गर्ने भएसँगै मंसिर २ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले आगामी मंसिर १६ गते साधारण सभा बोलाएको छ । सभा अम्रपाली ब्याङ्क्वेट, भाटभटेनीमा साधारण सभा आयोजना गरेको छ ।