काठमाडौं । नेप्सेमा तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । आँधिखोला लघुवित्त वित्तीय संस्था, फर्ष्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र आइसीएफसी फाइनान्सको बोनस शेयर सूचीकृत भएको हो ।
फर्ष्ट माइक्रोफाइनान्सको १८ लाख ३२ हजार ५३५ दशमलव ५६ कित्ता,आँधिखोला लघुवित्तको ३ लाख ५७ हजार कित्ता र आईसीएफसी फाइनान्सको ५ लाख ६३ हजार ५५८ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
यी तीन ओटै कम्पनीको बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सकिनेछ । आइसिएफसी फाइनान्सले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
त्यस्तै फर्ष्ट माइक्रोफाइनान्स लघुवित्तले पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १९ प्रतिशत बोनस शेयर र आँधिखोला लघुवित्तले माघ १३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।