महिला सहयात्रा लघुवित्त र नेशनल माइक्रोफाइनान्सको बोनस शेयर सूचीकृत

असार २३, काठमाडौं । दुई  ओटा अलग - अलग कम्पनीको बोनस शेयर बुधवार नेपाल स्टक एक्सचेञ्ज( नेप्से) मा सूचीकृत भएको छ ।  महिला सहयात्रा लघुवित्त वित्तीय संस्था र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो । महिला सहयात्राको १ लाख ३३ हजार १ सय कित्ता र नेशनल माइक्रोफाइनान्सको ५ लाख ५४ हजार ४९५ दशमलव शून्य २ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।अव यो शेयर लगानीकर्ताले डिम्याट खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन् ।  

सम्बन्धित सामग्री

नेशनल माइक्रोफाइनान्सको १५ प्रतिशत बोनस शेयर वितरण

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले वैशाख १५ गते सम्पन्न नवौं वार्षिक साधारण सभाबाट पारित उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृतपश्चात् सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको हो ।  कम्पनीले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी रू. ५८ करोड ६६ लाख ७४ हजारको आधारमा १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । साधारण सभा प्रयोजनका लागि वैशाख ४ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको आधारमा वैशाख ३ गतेसम्म कायम शेयरधनीहरूले मात्र बोनस शेयर प्राप्त गरेका छन् । साविक महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी २०७८ असार ३० देखि एकीकृत कारोबार गरेकाले सोपश्चात् शेयर कायम गर्ने सदस्यहरूले बोनस शेयरबापतको कर जम्मा गरेपछि मात्र बोनस शेयर प्राप्त गर्ने कम्पनीको भनाइ छ । एकीकृत कारोबारको मितिभन्दा अघिसम्म कायम शेयरधनीहरूलाई भने बोनस शेयरमा लाग्ने कर छूट हुनेछ । वैशाख ३ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरूको हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाकै नाममा रोक्का जनाई हितग्राही खातामा बोनस शेयर जम्मा गरिएको छ । कर्जा फुकुवा भइसकेको भए आफ्नो बोनस शेयरसमेत फुकुवा गर्न कम्पनीले भनेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा एनआइबिएल एस क्यापिटल लिमिटेड छ । यो कम्पनी हाल समीट लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्जर प्रक्रियामा छ । नेशनल माइक्रोफाइनानसको १ कित्ता शेयर बराबर समीट लघुवित्तको शून्य दशमलव ७३ कित्ता शेयर आदानप्रदान हुने गरी दुई कम्पनीबीच मर्जर सहमति भएको हो ।  यस वर्षको बोनस शेयरपछि कायम हुने समीट लघुवित्तको शेयर पूँजीको संस्थापक र सर्वसाधारणको शेयर पूँजीको अनुपात मिलान गर्दा अपुग हुने सर्वसाधारणतर्फको ८ लाख ५३ हजार ६६५ कित्ता एफपीओ निष्कासन गर्ने प्रस्तावसमेत असार ३ गते सम्पन्न विशेष साधारण सभामार्फत पारित भइसकेको छ ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोला