नेपाल इन्भेष्टमेण्ट बैंकसहित ४ ओटा कम्पनीको बोनस शेयर सूचीकृत

फागुन ३, काठमाडौं  । नेपाल स्टक एक्सचेञ्ज( नेप्से) मा मंगलवार चार ओटा अलग - अलग कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।  नेपाल इन्भेष्टमेण्ट बैंक,मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था,महिला लघुवित्त वित्तीय संस्था र सिभिल लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो ।  नेपाल इन्भेष्टमेण्ट बैंकको २ करोड ५ लाख २ हजार ११८ दशमलव २३ कित्ता,मेरो माइक्रोफाइनान्सको २० लाख कित्ता,महिला लघुवित्तको ४ लाख ७५ हजार कित्ता र सिभिल लघुवित्त वित्तीय संस्थाको ४ लाख ६० हजार ३० दशमलव ६२१ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।  अव यो बोनस शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । नेपाल इन्भेष्टमेण्ट बैंकले मंसिर १७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १२ दशमलव ६११ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।  त्यसैगरी मेरो माइक्रोफाइनान्सले मंसिर २४ गते सम्पन्न साधारण सभाबाट पारित २० प्रतिशत बोनस शेयर, महिला लघुवित्त वित्तीय संस्थाले मंसिर २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४७ दशमलव ५ प्रतिशत बोनस शेयर र सिभिल लघुवित्त वित्तीय संस्थाले कात्तिक १८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १९ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 

सम्बन्धित सामग्री

एकीकृत शेयर कारोबारमा ढिलासुस्ती

काठमाडौं । मर्जर तथा प्राप्ति प्रक्रिया पूरा गरी एकीकृत कारोबार गरेको लामो समय भइसक्दा पनि शेयर कारोबार सुचारु नहुने समस्या देखिएको छ । मर्जर तथा प्राप्तिका कारण लामो समय शेयर कारोबार रोकिने समस्या अन्त्य गर्नकै लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले गत कात्तिक २४ गतेदेखि मर्जर तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ लागू गरेको थियो । उक्त निर्देशिकामा एकीकृत कारोबार गरेको बढीमा १५ कारोबार दिन मात्र दोस्रो बजारमा शेयर किनबेच रोक्का गर्ने व्यवस्था छ । पुसमै एकीकृत कारोबार शुरू गरिसकेका पाँच कम्पनीको शेयर कारोबार अझै खुलेको छैन । सेञ्चुरी कमर्सियल, नेपाल इन्भेष्टमेण्ट मेगा, बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंकको एकीकृत कारोबार भएको लामो समयसम्म पनि दोस्रो बजारमा शेयर कारोबार रोक्का छ । सेञ्चुरी कमर्सियल बैंकलाई प्रभु बैंकले १ बराबर १ शेयर अनुपातमा प्राप्त गरी प्रभु बैंक लिमिटेडको नामबाट गत पुस २६ गतेदेखि एकीकृत कारोबार शुरू गरेको हो । त्यस्तै नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल पनि १०० बराबर ९० शेयरको अनुपातमा मर्जरमा गई पुस २७ गतेदेखि एकीकृत कारोबार शुरू भएको थियो । यी दुई बैंक एक भएपछि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नामबाट कारोबार भइरहेको छ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू लिमिटेड पनि एक बराबर एक शेयर अनुपातमा गाभिएका हुन् । यी दुई बैंकको मर्जर प्रक्रिया पूरा भएपछि पुस २५ गतेदेखि ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार भइरहेको छ । यी पाँचओटै कम्पनीको शेयर कारोबार एकीकृत कारोबार भएको दिनदेखि नै रोक्का छ । लगानीकर्ताको सम्पत्ति लामो समय बन्धक हुन नदिन सेबोनले लागू गरेको निर्देशिकाविपरीत कारोबार रोक्का रहेकोमा बोर्डका अध्यक्ष रमेशकुमार हमालले दु:ख व्यक्त गरेका छन् । ‘निर्देशिकामा एकीकृत कारोबारपछि बढीमा १५ कारोबार दिन शेयर कारोबार रोक्का गर्नुपर्ने व्यवस्था छ,’ उनले भने, ‘उक्त व्यवस्थाविपरीत कारोबार रोक्का भए के हुने भन्ने व्यवस्था नभएकाले समस्या देखियो ।’ यस्ता समस्या देखिन थाले आगामी दिनमा निर्देशिका परिमार्जन गरी निर्देशिकाविपरीत जाने कम्पनीलाई कारबाहीको व्यवस्था थप गरिने हमालको भनाइ छ । हाल निर्देशिकाविपरीत कारोबार रोक्का रहेका कम्पनीहरूको विषयमा नेप्सेसँग जानकारी लिई स्पष्टीकरण सोधिने सेबोन अध्यक्ष हमालले जानकारी दिए । सम्बद्ध कम्पनीका शेयर रजिस्ट्रारहरू भने कम्पनीहरूको बोनस शेयर सूचीकरण प्रक्रियाले शेयर कारोबार खुला गर्न ढिलाइ भएको बताउँछन् । प्रभु बैंकको शेयर रजिस्ट्रार प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले सेञ्चुरी र प्रभु बैंकको बोनस शेयर समायोजनका कारण शेयर कारोबार खुला गर्न ढिलाइ भएको बताए । दुवै बैंकले पुस १४ गते सम्पन्न वार्षिक साधारणसभाबाट बोनस शेयरको प्रस्ताव पारित गरेका थिए । बोनस शेयर सूचीकरण गराउनुपर्ने कारण निर्देशिकाबमोजिम काम गर्न असमर्थ भएको प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत थकालीले स्पष्ट पारे । नेपाल इन्भेष्टमेण्ट बैंक, मेगा बैंक, ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले भने यस वर्षको बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गरिसकेका छन् । नेपाल इन्भेष्टमेण्ट बैंकको रजिस्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेडका उपप्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले स्वाप रेसियोअनुसारको शेयर कायम गरी सूचीकरण प्रक्रियाका लागि एक साताअघि नै बोर्डमा पेश गरे पनि हालसम्म स्वीकृति प्राप्त नभएको जानकारी दिए । बोर्डको स्वीकृतिपछि नेपाल इन्भेष्टमेण्ट मेगा बैंंकको नामबाट शेयर कारोबार खुला हुने उनले जानकारी दिए । बोर्डले मर्जर तथा प्राप्ति निर्देशिका लागू गर्नुपूर्व मर्जर तथा प्राप्ति प्रक्रियामा रहेका ३४ कम्पनीको शेयर कारोबार रोक्का थियो । निर्देशिका लागूपूर्व रोक्का रहेका कम्पनीको आधारभूत शेयरधनीबाहेकको शेयर फुकुवा गर्न सकिने व्यवस्था निर्देशिकामा छ । सोही व्यवस्थाबमोजिम कारोबार फुकुवा गरी एकीकृत कारोबारपछि पुन: कारोबार रोक्का भएको हो । बोर्डले लागू गरेको मर्जर तथा प्राप्ति निर्देशिकामा मर्जर तथा प्राप्ति प्रक्रिया सम्झौता गरेको ६ महीनाभित्र सम्पन्न गरिसक्नुपर्ने व्यवस्था छ ।

हिमालयन बैंकको २९औं वार्षिक साधारण सभाको बुक क्लोजको मिति परिवर्तन

पुस १२, काठमाडौं । हिमालयन बैंक लिमिटेडको पुस ३० गते हुन लागेको २९औं वार्षिक साधारण सभाको बुक क्लोजको मिति परिवर्तन भएको छ । कम्पनीले पुस ११ गते प्रकाशन गरेको साधारण सभाको सूचनामा बुक क्लोजको मिति पुस ११ गतेदेखि पुस ३० गतेसम्म रहेको थियो । बैंकले पुस १२ गते पुनः एक सूचना प्रकाशित गरी उक्त मिति सच्याएर पुस १९ गते (एक दिन) बुक क्लोजको मिति तय गरेको हो । कम्पनीले केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा बिहान ११ बजेका लागि सभा बोलाएको हो । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने जानकारी दिएको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्तापूँजीबाट शेयरधनीहरुलाई २१ दशमलव ३८ प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि ४ दशमलव ६२ प्रतिशत नगद लाभांश गरी २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, स्वाप रेशियो १:१ को अनुपातमा नेपाल इन्भेष्टमेण्ट बैंकसँग मर्जर गर्न स्विीकृति प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । सभाको अन्य प्रस्तावमा मर्जर पश्चात हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक नामाकरण गरी एकीकृत कारोबार गर्ने कार्यलाई स्वीकृत प्रदान गर्ने, मर्जर कार्य गर्नका लागि नियमनकारी निकायबाट स्वीकृति लिने, कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, कम्पनीको अधिकृत पूँजी वृद्धि गर्ने रहेको छ ।

हिमालयन बैंकले आह्वान गर्‍यो २९औं वार्षिक साधारण सभा, मर्जर र लाभांशको प्रस्ताव

पुस ११, काठमाडौं । हिमालयन बैंक लिमिटेडले पुस ३० गते २९औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।  कम्पनीले केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा बिहान ११ बजेका लागि सभा बोलाएको हो । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने जानकारी दिएको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्तापूँजीबाट शेयरधनीहरुलाई २१ दशमलव ३८ प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि ४ दशमलव ६२ प्रतिशत नगद लाभांश गरी २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, स्वाप रेशियो १:१ को अनुपातमा नेपाल इन्भेष्टमेण्ट बैंकसँग मर्जर गर्न स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । सभाको अन्य प्रस्तावमा मर्जर पश्चात हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक नामाकरण गरी एकीकृत कारोबार गर्ने कार्यलाई स्वीकृत प्रदान गर्ने, मर्जर कार्य गर्नका लागि नियमनकारी निकायबाट स्वीकृति लिने, कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, कम्पनीको अधिकृत पूँजी वृद्धि गर्ने रहेको छ ।   साधारण सभा र लाभांश प्रयोजनका लागि पुस ११ गतेदेखि पुस ३० गतेसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकद्वारा नगद लाभांश वितरण, बैंक खाता अद्यावधिक गराउन आग्रह

पुस ४, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले यस वर्षको लागि पारित गरेको ३ दशमलव ३९ प्रतिशत नगद लाभांश वितरण गर्न शुरु गरेको छ ।  कम्पनीले मंसिर १७ गते सम्पन्न ३५औं वार्षिक साधारण सभा मार्फत लाभांश पारित गरेको थियो । यस वर्ष कम्पनीले कुल १६ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको हो ।  कम्पनीले हाल कायम चुक्तापूँजी रू. १६ अर्ब २५ करोड ७३ लाख २९ हजार ५०० को आधारमा १२ दशमलव ६१ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ दशमलव ३९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।  बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकरण पश्चात सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामै जम्मा हुनेछ भने कर कटाएर बाँकी नगद लाभांश भने कम्पनीले सम्बन्धित शेयरधनीहरुको बैंक खातामै जम्मा गर्न शुुरु गरेको हो ।  कम्पनीले मंसिर ६ गतेसम्म आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक गराइसकेका शेयरधनीहरुको हकमा सम्बन्धित बैंक खातामै नगद लाभांश जम्मा गरिरहेको र सो अवधिपश्चात बैंक  खाता अद्यावधिक गराउनेहरुको हकमा समेत क्रमश जम्मा गरिदैं जाने बताएको छ ।  हालसम्म पनि बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरुलाई यथाशिघ्र बैंक खाता अद्यावधिक गराउन पनि कम्पनीले भनेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकद्वारा १६ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट कुल १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको असोज १७ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. १६ अर्ब २५ करोड ७३ लाख २९ हजार ५०० को आधारमा ११ दशमलव २४ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ४ दशमलव ७६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

हिमालयन बैंकको पाँच वर्षे लाभांश इतिहास : यसवर्ष तीन वर्ष पछिकै उच्च

असोज २७, काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट हाल ९ ओटा वाणिज्य बैंकहरुले लाभांश प्रस्ताव सार्वजनिक गरेका छन् । माछापुच्छ्रे बैंक, सानिमा बैंक, सिटिजन्स बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, नेपाल बंगलादेश बैंक र ग्लोबल आइएमई बैंकले हालसम्म लाभांश सार्वजनिक गरेका हुन् ।  हालसम्म सार्वजनिक ९ ओटा वाणिज्य बैंकहरुको प्रस्तावित लाभांशलाई हेर्दा हिमालयन बैंकले सर्वाधिक २६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले यस वर्ष २१ दशमलव ३८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत गरी ४ दशमलव ६२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । यस वर्ष बैंकले विगत तीन वर्षपछिकै उच्च लाभांश वितरण गर्न लागेको हो ।  गत वर्ष १४ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ५ प्रतिशत गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको बैंकले अघिल्लो वर्ष १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत १२ प्रतिशत नगद लाभांश गरी कुल २२ प्रतिशत लाभांश वितरण गरेको थियो । विगत पाँच वर्षको लाभांश इतिहासलाई हेर्दा बैंकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट सबैभन्दा कम कुल १५ दशमलव ७८ प्रतिशत लाभांश वितरण गरेको थियो ।  उक्त वर्षको मुनाफाबाट बैंकले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १० दशमलव ७८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट भने बैंकले यस वर्षको भन्दा पनि बढी कुल २६ दशमलव ३२ प्रतिशत लाभांश वितरण गरेको थियो ।  त्यस वर्षको मुनाफाबाट बैंकले २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गरेको हो । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपस्किृत वित्तीय विवरण अनुसार बैंकको चुक्तापूँजी रू. १० अर्ब ६८ करोड ४४ लाख रहेको छ । उक्त अवधिसम्म बैंकको वितरणयोग्य नाफा रू. २ अर्ब १६ करोड ९८ लाख ८४ हजार रहेको छ ।                                                                  स्रोतः बैंकद्वारा जारी सूचना

नेपाल इन्भेष्टमेण्ट बैंकसहित ४ ओटा कम्पनीको शेयर सूचीकृत

वैशाख ५, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा आइतवार चार ओटा अलग - अलग कम्पनीको शेयर सूचीकृत भएको छ । नेपाल इन्भेष्टमेण्ट बैंक र गरिमा विकास बैंकको बोनस शेयर र नागरिक लगानी कोष र साना किसान लघुवित्त वित्तीय संस्थाको हकप्रद शेयर सूचीकृत भएको हो । नेपाल इन्भेष्टमेण्ट बैंकको १ करोड ८८ लाख ८३ हजार ७५० कित्ता बोनस शेयर र गरिमा विकास बैंकको ४३ लाख ७२ हजार २३० दशमलव ७३ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।  त्यसैगरी नागरिक लगानी कोषको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । साथै साना किसान लघुवित्तको २५ लाख ५७३ दशमलव ५६ कित्ता बोनस शेयर र पहिलाको १२ हजार ४४२ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । ती चार ओटै कम्पनीको शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । नेपाल इन्भेष्टमेण्ट बैंकले गत माघ  ८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १३ प्रतिशत बोनस शेयर, गरिमा विकास बैंकको माघ ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १३ दशमलव ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएका हुन् ।