फागुन १०, काठमाडौं । मंगलवार नेप्सेमा चार कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । प्रभु बैंक, ग्लोबल आइएमई बैंक, बुटवल पावर कम्पनी र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो ।
प्रभु बैंकको १ करोड ३६ लाख १६ हजार ४६८ दशमलव ७६ कित्ता, ग्लोबल आइएमई बैंकको २ करोड १६ लाख ३२ हजार ५०३ दशमलव शून्य ३ कित्ता, बुटवल पावर कम्पनीको २९ लाख ४९ हजार ६६३ कित्ता र फर्स्ट माइक्रोफाइनान्सको ८ लाख ७६ हजार ८१२ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
अब यो शेयर सम्बन्धित हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।