चार कम्पनीको बोनस शेयर सूचीकृत, कुन-कुन कम्पनीको भयो ?

काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेञ्ज  (नेप्से) मा चार कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । प्रिमियर इन्स्योरेन्स,नेपाल इन्स्योरेन्स,मेरो माइक्रोफाइनान्स लघुवित्त र सोल्टी होटलको बोनस शेयर सूचीकृत भएको हो ।  प्रिमियर इन्स्योरेन्स कम्पनीको १७ लाख ४९ हजार ४५१ कित्ता बोनस शेयर,नेपाल इन्स्योरेन्सको ११ लाख ५७ हजार ६९६ कित्ता, मेरो माइक्रोफाइनान्सको १२ लाख कित्ता र सोल्टी होटलको ४२ लाख १३ हजार ५३३ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यी चार ओटै कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।  प्रिमियर इन्स्योरेन्सले पुस २९ गते समपन्न वार्षिक साधारण सभाबाट पारित १४ दशमलव २५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यस्तै दोस्रोमा नेपाल इन्स्योरेन्सले पुस २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ८ प्रतिशत बोनस शेयर, मेरो माइक्रोफाइनान्सले माघ ६ गते समपन्न १० प्रतिशत बोनस शेयर र सोल्टी होटलले पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।   

सम्बन्धित सामग्री

३० कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश दिएकामध्ये ३० कम्पनीको बोनस सेयर मात्रै नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । लाभांश घोषणा गरेका १०० भन्दा बढी कम्पनीमध्ये हालसम्म (आइतवारसम्म) एक तिहाइभन्दा कमको मात्रै बोनस सेयर मात्रै नेप्सेमा सूचीकृत भएको हो । अधिकांश कम्पनीले साधारण सभाबाट लाभांश पारित गरे पनि अहिले सूचीकरणको प्रक्रियामै छन् ।  ती कम्पनीको कुल १४ करोड १७ लाख २४ हजार ८०४ दशमलव ४७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यी कम्पनीमध्ये सबैभन्दा बढी एनआईसी एशिया बैंकको ३ करोड ३५ लाखभन्दा बढी कित्ता शेयर सूचीकृत भएको छ ।  कम्पनीको बोनस शेयर र कित्ता स्रोत : नेपाल स्टक एक्सचेन्ज (नेप्से) ।

तारागाउँ रिजेन्सी होटल्सको बोनस शेयर वितरण

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले ४ प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले पुस २४ गते सम्पन्न २७औं वार्षिक साधारण सभाबाट पारित भएको उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत पछि सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको हो । चैत १४ गते बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएको कम्पनीले पुस ११ गतेसम्म कायम शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरिदिएको हो । पुस ११ गतेसम्म धितो राखी कर्जा लिएका शेयरधनीहरूको हकमा उक्त बोनस शेयर कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरूको नाममानै रोक्का जनाई हितग्राही खातामा जम्मा गरिएको कम्पनीको भनाई छ । यदि कर्जा राफसाफ भई सकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न समेत कम्पनीले आग्रह गरेको छ । यस वर्ष कम्पनीले कुल १५ प्रतिशत लाभांश वितरण गरेको हो । कर समेत ११ प्रतिशत नगद लाभांश भने कम्पनीले माघ ५ गतेदेखिनै वितरण गरेको हो ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस

लुम्बिनी जनरल इन्स्योरेन्सले बोनस शेयर वितरण गर्ने

लुम्बिनी जनरल इन्स्योरेन्सले बोनस शेयर वितरण गर्ने भएको छ । बुधबार सम्पन्न कम्पनीको १७औं वार्षिक साधारण सभाले ९.५ प्रतिशतले खुद हुन आउने बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । कम्पनीको हालको अधिकृत पुँजी १ अर्ब २५ करोडबाट बृद्धि गरी ३ अर्ब कायम गर्ने तथा मर्जर सम्बन्धी काम गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि साधारणसभाबाट पारित भएको छ । त्यसैगरी, संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा विश्व राज रेग्मी, मनोहर दास मुल, अरुण राज श्रेष्ठ र  उमेश

स्वरोजगार लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा स्वरोजगार लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ । मंगलवार कम्पनीको १० लाख २८ हजार १ सय ९८. २४ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।  कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।  सूचीकृत शेयर बुधवारबाट कारोबार गर्न मिल्ने खबर राजधानी दैनिकमा छ ।

राधी विद्युत कम्पनीको ३६ प्रतिशत बोनस शेयर फ्रिज हुने

काठमाडौं, २१ भदौ । राधी विद्युत कम्पनी लिमिटेडको बोनस शेयर कर नतिरेसम्म फ्रिज हुने भएको छ । ३६ दशमलव ५ प्रतिशत बोनस शेयर कर नतिरेसम्म फ्रिज हुने भएको कम्पनीले सोमवार सुचना जारी गर्दै जानकारी दिएको हो । आफ्नो हक वापतको बोनस शेयर फ्रिज हुन नदिन सम्बन्धित शेयरधनीहरुले कर तिर्नुपर्ने भएको छ । कम्पनीले असार २९ […]

नेप्सेमा आईएमई जनरल इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

काठमाडौं, ११ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आईएमई जनरल इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेको अनुसार इन्स्योरेन्सको ७ प्रतिशत बोनस शेयरवापत ७ लाख ५७ हजार पाँच सय कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीको बैशाख १२ गते सम्पन्न २३औं वार्षिक साधारण सभाले उक्त बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको थियो । […]

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचिकृत गरेको छ ।  नेप्सेले आइतबार कम्पनीको ३ लाख २० हजार ४८७ कित्ता

सिर्जना फाइनान्सको बोनस शेयर नेप्सेमा सुचिकृत

काठमाडौं, ४ असार । सिर्जना फाइनान्सको बोनस नेप्सेले सुचिकृत गरेको छ । नेप्सेको अनुसार कम्पनीको ११ लाख ५१ हजार ९५०.१७ कित्ता बोनस शेयर बिहीबार सुचिकृत गरेको हो । कम्पनीको १३. ५९ प्रतिशत शेयर सुचिकृत भएसँगै शेयरधनीको हितग्राही खातामा आएपछि शेयर खरिद बिक्रि गर्नसक्ने छन् ।