नेपाल लाइफको १४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित

नेपाल लाइफ इन्स्योरेन्सको १४ प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएको छ । कम्पनीको वीरगञ्जमा सम्पन्न २१औँ वार्षिक साधारणसभाले सो प्रस्ताव पारित गरेको हो ।

सम्बन्धित सामग्री

नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा सोमवार, १४.७४% लाभांश प्रस्ताव

चैत २०, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकोले २१औं वार्षिक साधारण सभा सोमवार (चैत २१ गते) हुँदैछ । कम्पनीले भिष्वा होटल वीरगञ्जमा बिहान ९ बजे सभा गर्न लागेको हो ।  सभाले अघिल्लो आर्थिक वर्ष ०७६/७७ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै गत आर्थिक वर्ष ०७७/७८ का लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिकको विषय टुङ्ग्याउनेछ ।  लाभांश वितरणको इतिहासमा १२६ दशमलव ३१ प्रतिशतसम्म वितरण गरेको कम्पनीले यस वर्ष कुल १४ दशमलव ७४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ७ अर्ब १९ करोड ९९ लाख ७० हजार छ । यी प्रस्तावहरुसँगै संस्थापक शेयरधनीहरुबाट चार जना सञ्चालकहरु निर्वाचनको कार्यक्रम समेत सभाका लागि तय भएको छ । कम्पनीले हाल कायम संस्थापकतर्फको ६० प्रतिशत र सर्वसाधारणतर्फको ४० प्रतिशत शेयर स्वामित्व परिवर्तन गरी संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशत कायम गर्ने प्रस्तावपनि सभाबाट स्वीकृत गराउनेछ ।  साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ७ गते (एक दिन) बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा चैत ६ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन पाउनेछन् ।

नेप्सेमा नेपाल लाइफ इन्स्योन्स कम्पनीको शेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल लाइफ इन्स्योन्स कम्पनीको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १४ प्रतिअशत बोनसमा मूल्य समायोजन भएको हो ।समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता १०८५.०९ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १२३७ रुपैयाँ थियो । कम्पनीले साधारणसभा प्रयोजनको लागि आज चैत्र ७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो ।   चैत्र ६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।  कम्पनीले चैत्र २१ गते बिरगंजको होटेल भिष्वामा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक बर्ष २०७६/ ७७ को मुनाफाबाट १४.७३६८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।प्रस्तावित लाभांशमा १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ० दशमलव ७३६८ प्रतिशत नगद रहेको छ।  साधारणसभाले पारित गरेपश्चात सेयरधनीहरुमा उक्त लाभांश वितरण हुनेछ। यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव :सामान्य प्रस्ताव :१) संचालक समितिका तर्फबाट अध्यक्षज्यूबाट पेश हुने आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्ने ।२) लेखापरीक्षकको प्रतिवेदन सहित आ.व.२०७६/०७७ को वासलात, नाफा-नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने ।३) लेखापरीक्षण समिति र संचालक समितिको सिफारिस बमोजिम आर्थिक बर्ष २०७७/७८ को लागि कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति प्राप्त गरी नियुक्त लेखापरीक्षक एस.ए.आर. एण्ड एशोसिएट्सको नियुक्ति र निजको पारिश्रमिक अनुमोदन गर्ने ।४) संचालक समितिले प्रस्ताव गरे बमोजिम ०७३६८% नगद लाभांश (प्रस्तावित बोनस शेयरको कर प्रयोजनार्थ) वितरण गर्न स्वीकृत गर्ने ।५) संचालक समितिमा संस्थापक शेयरधनी समुह (क) बाट प्रतिनिधित्व गर्ने ४ (चार) जना संचालकहरूको निर्वाचन गर्ने ।बिशेष प्रस्ताव१) संचालक समितिले प्रस्ताव गरे बमोजिम बिद्यमान चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने । बोनस शेयर जारी पश्चात हुने शेयर संरचना बमोजिम जारी पूँजी तथा चुक्ता पूँजीलाई तदनुरूप बृद्धि गर्ने । बोनस शेयर वितरण गर्दा कायम हुन आउने दशमलव पछिको अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने ।२) कम्पनीको हाल कायम पूँजी संरचनामा सस्थापक र सर्वसाधारण शेयरको ६०:४० अनुपातलाई परिवर्तन गरी ५१:४९ प्रतिशत कायम गर्न संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्ने र तदनुरूप प्रवन्धपत्र र नियमावलीमा संशोधन प्रस्ताव पारित गर्ने ।३) प्रवन्धपत्र र नियमावलीमा गरिने संशोधन/थप उपर नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम प्रवन्धपत्र र नियमावलीमा आवश्यक संशोधन एवं परिमार्जन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने ।४) कम्पनी ऐन को दफा १०५ (१) (ग) बमोजिम आ.व. २०७६/७७ मा चन्दा शिर्षक अन्तर्गत भएको खर्च अनुमोदन गर्ने ।

नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन

चैत ६, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आइतवार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।  नेप्सेले १४ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. १०८५ दशमलव शून्य ९ तोकेको छ । कम्पनीले आइतवार कायम अन्तिम शेयर मूल्य रू. १ हजार २३७ को आधारमा शेयरमूल्य समायोजन गरेको हो ।  कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि आइतवार क्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । कम्पनीले आव २०७७/७८ को मुनाफाबाट १४ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७३६८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।  यो प्रस्ताव पारितका लागि कम्पनीले चैत २१ गते साधारण सभा बोलाएको छ । सभा होटल भिष्वा वीरगञ्ज पर्सामा बिहान ९ बजे गर्ने जानकारी गराएको हो ।

नेपाल लाइफ इन्स्योन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेपाल लाइफ इन्स्योन्स कम्पनीको लाभांश सुरक्षित गर्ने चैत्र ६ गते अन्तिम दिन रहेको छ ।  कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र ७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज चैत्र ६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।  कम्पनीले चैत्र २१ गते बिरगंजको होटेल भिष्वामा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक बर्ष २०७६/ ७७ को मुनाफाबाट १४.७३६८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।प्रस्तावित लाभांशमा १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ० दशमलव ७३६८ प्रतिशत नगद रहेको छ।  साधारणसभाले पारित गरेपश्चात सेयरधनीहरुमा उक्त लाभांश वितरण हुनेछ। यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव :सामान्य प्रस्ताव :१) संचालक समितिका तर्फबाट अध्यक्षज्यूबाट पेश हुने आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्ने ।२) लेखापरीक्षकको प्रतिवेदन सहित आ.व.२०७६/०७७ को वासलात, नाफा-नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने ।३) लेखापरीक्षण समिति र संचालक समितिको सिफारिस बमोजिम आर्थिक बर्ष २०७७/७८ को लागि कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति प्राप्त गरी नियुक्त लेखापरीक्षक एस.ए.आर. एण्ड एशोसिएट्सको नियुक्ति र निजको पारिश्रमिक अनुमोदन गर्ने ।४) संचालक समितिले प्रस्ताव गरे बमोजिम ०७३६८% नगद लाभांश (प्रस्तावित बोनस शेयरको कर प्रयोजनार्थ) वितरण गर्न स्वीकृत गर्ने ।५) संचालक समितिमा संस्थापक शेयरधनी समुह (क) बाट प्रतिनिधित्व गर्ने ४ (चार) जना संचालकहरूको निर्वाचन गर्ने ।बिशेष प्रस्ताव१) संचालक समितिले प्रस्ताव गरे बमोजिम बिद्यमान चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने । बोनस शेयर जारी पश्चात हुने शेयर संरचना बमोजिम जारी पूँजी तथा चुक्ता पूँजीलाई तदनुरूप बृद्धि गर्ने । बोनस शेयर वितरण गर्दा कायम हुन आउने दशमलव पछिको अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने ।२) कम्पनीको हाल कायम पूँजी संरचनामा सस्थापक र सर्वसाधारण शेयरको ६०:४० अनुपातलाई परिवर्तन गरी ५१:४९ प्रतिशत कायम गर्न संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्ने र तदनुरूप प्रवन्धपत्र र नियमावलीमा संशोधन प्रस्ताव पारित गर्ने ।३) प्रवन्धपत्र र नियमावलीमा गरिने संशोधन/थप उपर नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम प्रवन्धपत्र र नियमावलीमा आवश्यक संशोधन एवं परिमार्जन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने ।४) कम्पनी ऐन को दफा १०५ (१) (ग) बमोजिम आ.व. २०७६/७७ मा चन्दा शिर्षक अन्तर्गत भएको खर्च अनुमोदन गर्ने ।

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

चैत ६, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज (आइतवार) अन्तिम दिन आइतवारसम्म रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत ७ गते (एक दिन) बुक क्लोज गर्ने भएकाले आज अर्थात् चैत ६ गते आइतवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउने छन् ।  कम्पनीले आव २०७७/७८ को नाफाबाट शेयरधनीलाई १४ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।  उक्त  प्रस्ताव पारित गर्नका लागि कम्पनीले चैत २१ गते साधारण सभा बोलाएको हो । साधारण सभा होटल भिष्वा वीरगञ्ज पर्सामा बिहान ९ बजे हुनेछ ।  सभाले हाल कायम पूँजी संरचनामा संस्थापन र सर्वसधारण शेयरको ६०:४० अनुपातलाई परिवर्तन गरी ५१:४९ प्रतिशत कायम गर्न संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतवारसम्म

चैत ४, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतवारसम्म रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत ७ गते एक दिन बुक क्लोज गर्ने भएकाले चैत ६ गते आइतवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउने जानकारी गराएको हो । कम्पनीले आव २०७७/७८ को नाफाबाट शेयरधनीलाई १४ प्रतिशत बोनस शेयर र शून्य दशलमव ७४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त  प्रस्ताव पारितका लागि कम्पनीले चैत २१ गते साधारण सभा बोलाएको हो । कम्पनीका अनुसार होटल भिष्वा बीरगंज पर्सामा बिहान ९ बजे साधारण सभा हुनेछ । सभाले हाल कायम पूँजी संरचनामा संस्थापन र सर्वसधारण शेयरको ६०ः४० अनुपातलाई परिवर्तन गरि ५१ः४९ प्रतिशत कायम गर्न संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्ने प्रस्ताव  पनि पारित गर्नेछ ।

नेपाल लाइफ इन्स्योन्सको साधारणसभा आह्वान, यस्ता छन् ९ प्रस्ताव

नेपाल लाइफ इन्स्योन्स कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले चैत्र २१ गते बिरगंजको होटेल भिष्वामा सभा आह्वान गरेको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक बर्ष २०७६/ ७७ को मुनाफाबाट १४.७३६८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।प्रस्तावित लाभांशमा १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ० दशमलव ७३६८ प्रतिशत नगद रहेको छ।  साधारणसभाले पारित गरेपश्चात सेयरधनीहरुमा उक्त लाभांश वितरण हुनेछ। कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।  चैत्र ६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव :सामान्य प्रस्ताव :१) संचालक समितिका तर्फबाट अध्यक्षज्यूबाट पेश हुने आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्ने । २) लेखापरीक्षकको प्रतिवेदन सहित आ.व.२०७६/०७७ को वासलात, नाफा-नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने । ३) लेखापरीक्षण समिति र संचालक समितिको सिफारिस बमोजिम आर्थिक बर्ष २०७७/७८ को लागि कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति प्राप्त गरी नियुक्त लेखापरीक्षक एस.ए.आर. एण्ड एशोसिएट्सको नियुक्ति र निजको पारिश्रमिक अनुमोदन गर्ने । ४) संचालक समितिले प्रस्ताव गरे बमोजिम ०७३६८% नगद लाभांश (प्रस्तावित बोनस शेयरको कर प्रयोजनार्थ) वितरण गर्न स्वीकृत गर्ने । ५) संचालक समितिमा संस्थापक शेयरधनी समुह (क) बाट प्रतिनिधित्व गर्ने ४ (चार) जना संचालकहरूको निर्वाचन गर्ने । बिशेष प्रस्ताव १) संचालक समितिले प्रस्ताव गरे बमोजिम बिद्यमान चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने । बोनस शेयर जारी पश्चात हुने शेयर संरचना बमोजिम जारी पूँजी तथा चुक्ता पूँजीलाई तदनुरूप बृद्धि गर्ने । बोनस शेयर वितरण गर्दा कायम हुन आउने दशमलव पछिको अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने । २) कम्पनीको हाल कायम पूँजी संरचनामा सस्थापक र सर्वसाधारण शेयरको ६०:४० अनुपातलाई परिवर्तन गरी ५१:४९ प्रतिशत कायम गर्न संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्ने र तदनुरूप प्रवन्धपत्र र नियमावलीमा संशोधन प्रस्ताव पारित गर्ने । ३) प्रवन्धपत्र र नियमावलीमा गरिने संशोधन/थप उपर नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम प्रवन्धपत्र र नियमावलीमा आवश्यक संशोधन एवं परिमार्जन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने ।४) कम्पनी ऐन को दफा १०५ (१) (ग) बमोजिम आ.व. २०७६/७७ मा चन्दा शिर्षक अन्तर्गत भएको खर्च अनुमोदन गर्ने ।

नेपाल लाइफ इन्स्योरेन्सद्वारा शेयरधनीलाई १४.७३% लाभांश प्रस्ताव

माघ २३, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आव २०७६/७७ को मुनाफाबाट कायम हुन आउने चुक्त पुँजी रू. ७ अर्ब १९ करोडको कुल १४ दशलमव ७३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीले १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७३६८ प्रतिशत नगद लाभांश गरेर कुल १४ दशमलव ७३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  यो प्रस्ताव बीमा समितिबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।  कम्पनीको माघ २१ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

डिप्रोक्स लघुवित्त र नेपाल लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

असार २७, काठमाडौं । आइतवार नेपाल लाईफ र डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।  नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३१ प्रतिशत बोनस शेयर बापतको १ करोड ७० लाख ३८ हजार ९८ दशमलव ५१ कित्ता र डिप्रोक्स लघुवित्तले १५ प्रतिशत बोनस शेयर बापतको १५ लाख ८ हजार १५० दशमलव ३६१८ कित्ता शेयर सूचीकृत गराएको हो ।  सोमवारदेखि कारोबार योग्य हुने यो शेयर सम्बन्धीत शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् । नेपाल लाईफले यस वर्ष ३१ प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि २० प्रतिशत नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गत माघ २८ गतेको वार्षिक साधारण सभामार्फत पारित गरेको थियो । वार्षिक साधारण सभाबाट पारित गरेको पाँच महीनामा नेपाल लाईफको बोनस शेयर सूचीकृत भएको हो ।  त्यस्तै, डिप्रोक्स लघुवित्तले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव चैत २० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको थियो । दुवै कम्पनीले बोनस शेयर कर प्रयोजनका लागि समेत नगद लाभांश दिने प्रस्ताव पातिर गरेकाले शेयरधनीहरुले बोनस शेयर बापतको कर बुझाउनु पर्ने छैन ।

नेपाल लाइफको २०औं वार्षिक साधारण सभा सम्पन्न, शेयरधनीलाई ३१ प्रतिशत बोनस शेयर

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरूलाई चुक्ता पूँजीको ३१ प्रतिशत बोनस शेयर दिने भएको छ ।  बुधवार वीरगञ्जमा सम्पन्न बिसौं वार्षिक साधारण सभाद्वारा शेयरधनीहरुलाई चुक्ता पूँजीको ३१ प्रतिशत बोनस शेयर तथा प्रति शेयर रु.२० (कर सहित) नगद लाभांश वितरणको प्रस्ताव पारित भएको हो । बोनश शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक ७ अर्ब १९ करोड ९९ लाख ७० हजार ६ सय ६१ रुपैयाँ हुनेछ ।  अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा सम्पन्नसाधारण सभामा स्वागत मन्तव्य एवं वार्षिक प्रतिवेदन प्...