चैत ६, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज (आइतवार) अन्तिम दिन आइतवारसम्म रहेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत ७ गते (एक दिन) बुक क्लोज गर्ने भएकाले आज अर्थात् चैत ६ गते आइतवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउने छन् ।
कम्पनीले आव २०७७/७८ को नाफाबाट शेयरधनीलाई १४ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले चैत २१ गते साधारण सभा बोलाएको हो । साधारण सभा होटल भिष्वा वीरगञ्ज पर्सामा बिहान ९ बजे हुनेछ ।
सभाले हाल कायम पूँजी संरचनामा संस्थापन र सर्वसधारण शेयरको ६०:४० अनुपातलाई परिवर्तन गरी ५१:४९ प्रतिशत कायम गर्न संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।