नेपाल लाइफ इन्स्योन्सको साधारणसभा आह्वान, यस्ता छन् ९ प्रस्ताव

नेपाल लाइफ इन्स्योन्स कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले चैत्र २१ गते बिरगंजको होटेल भिष्वामा सभा आह्वान गरेको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक बर्ष २०७६/ ७७ को मुनाफाबाट १४.७३६८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।प्रस्तावित लाभांशमा १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ० दशमलव ७३६८ प्रतिशत नगद रहेको छ।  साधारणसभाले पारित गरेपश्चात सेयरधनीहरुमा उक्त लाभांश वितरण हुनेछ। कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।  चैत्र ६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव :सामान्य प्रस्ताव :१) संचालक समितिका तर्फबाट अध्यक्षज्यूबाट पेश हुने आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्ने । २) लेखापरीक्षकको प्रतिवेदन सहित आ.व.२०७६/०७७ को वासलात, नाफा-नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने । ३) लेखापरीक्षण समिति र संचालक समितिको सिफारिस बमोजिम आर्थिक बर्ष २०७७/७८ को लागि कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति प्राप्त गरी नियुक्त लेखापरीक्षक एस.ए.आर. एण्ड एशोसिएट्सको नियुक्ति र निजको पारिश्रमिक अनुमोदन गर्ने । ४) संचालक समितिले प्रस्ताव गरे बमोजिम ०७३६८% नगद लाभांश (प्रस्तावित बोनस शेयरको कर प्रयोजनार्थ) वितरण गर्न स्वीकृत गर्ने । ५) संचालक समितिमा संस्थापक शेयरधनी समुह (क) बाट प्रतिनिधित्व गर्ने ४ (चार) जना संचालकहरूको निर्वाचन गर्ने । बिशेष प्रस्ताव १) संचालक समितिले प्रस्ताव गरे बमोजिम बिद्यमान चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने । बोनस शेयर जारी पश्चात हुने शेयर संरचना बमोजिम जारी पूँजी तथा चुक्ता पूँजीलाई तदनुरूप बृद्धि गर्ने । बोनस शेयर वितरण गर्दा कायम हुन आउने दशमलव पछिको अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने । २) कम्पनीको हाल कायम पूँजी संरचनामा सस्थापक र सर्वसाधारण शेयरको ६०:४० अनुपातलाई परिवर्तन गरी ५१:४९ प्रतिशत कायम गर्न संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्ने र तदनुरूप प्रवन्धपत्र र नियमावलीमा संशोधन प्रस्ताव पारित गर्ने । ३) प्रवन्धपत्र र नियमावलीमा गरिने संशोधन/थप उपर नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम प्रवन्धपत्र र नियमावलीमा आवश्यक संशोधन एवं परिमार्जन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने ।४) कम्पनी ऐन को दफा १०५ (१) (ग) बमोजिम आ.व. २०७६/७७ मा चन्दा शिर्षक अन्तर्गत भएको खर्च अनुमोदन गर्ने ।

सम्बन्धित सामग्री

नेपाल लाइफको २२ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्सको २२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष श्री गोविन्द लाल संघईको अध्यक्षतामा शुक्रबार वीरगंजमा बसेको हो।यस अवसरमा संचालक समितिका तर्फबाट अध्यक्षज्यूबाट प्रस्तुत भएको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ। लेखापरीक्षकको प्रतिवेदन सहित आ.व.२०७७÷७८ को वासलात, नाफा–नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरिएको छ।त्यसैगरी, साधारण

नेपाल लाइफद्वारा १५.७९ प्रतिशत लाभांश प्रस्ताव स्वीकृत

नेपाल लाइफ इन्स्योरेन्सको २२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा मंसिर ८ गते सभा सम्पन्न भएको हो ।सभामा संचालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ । लेखापरीक्षकको प्रतिवेदन सहित आव २०७७/७८ को वासलात, नाफा–नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरिएको छ । सभाले आर्थिक वर्ष २०७७/७८ को वितरण योग्य नाफा

नेपाल लाइफको २२ औं साधारण सभा सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २२ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनी सञ्चालक समितिका अध्यक्ष गोविन्द लालको अध्यक्षतामा वीरगञ्ज, पर्सामा सम्पन्न भएको हो।...

३० प्रतिशत आइपीओ जारी गर्ने प्रस्ताव सहित रिलायबल नेपाल लाइफको साधारणसभा

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको पाँचौं वार्षिक साधारण सभा हुने भएको छ। कम्पनीको संचालक समितिको बैठकले कात्तिक ६ गते साधारणसभा डाकेको छ। सभा

नेपाल लाइफ इन्स्योन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेपाल लाइफ इन्स्योन्स कम्पनीको लाभांश सुरक्षित गर्ने चैत्र ६ गते अन्तिम दिन रहेको छ ।  कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र ७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज चैत्र ६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।  कम्पनीले चैत्र २१ गते बिरगंजको होटेल भिष्वामा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक बर्ष २०७६/ ७७ को मुनाफाबाट १४.७३६८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।प्रस्तावित लाभांशमा १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ० दशमलव ७३६८ प्रतिशत नगद रहेको छ।  साधारणसभाले पारित गरेपश्चात सेयरधनीहरुमा उक्त लाभांश वितरण हुनेछ। यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव :सामान्य प्रस्ताव :१) संचालक समितिका तर्फबाट अध्यक्षज्यूबाट पेश हुने आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्ने ।२) लेखापरीक्षकको प्रतिवेदन सहित आ.व.२०७६/०७७ को वासलात, नाफा-नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने ।३) लेखापरीक्षण समिति र संचालक समितिको सिफारिस बमोजिम आर्थिक बर्ष २०७७/७८ को लागि कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति प्राप्त गरी नियुक्त लेखापरीक्षक एस.ए.आर. एण्ड एशोसिएट्सको नियुक्ति र निजको पारिश्रमिक अनुमोदन गर्ने ।४) संचालक समितिले प्रस्ताव गरे बमोजिम ०७३६८% नगद लाभांश (प्रस्तावित बोनस शेयरको कर प्रयोजनार्थ) वितरण गर्न स्वीकृत गर्ने ।५) संचालक समितिमा संस्थापक शेयरधनी समुह (क) बाट प्रतिनिधित्व गर्ने ४ (चार) जना संचालकहरूको निर्वाचन गर्ने ।बिशेष प्रस्ताव१) संचालक समितिले प्रस्ताव गरे बमोजिम बिद्यमान चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने । बोनस शेयर जारी पश्चात हुने शेयर संरचना बमोजिम जारी पूँजी तथा चुक्ता पूँजीलाई तदनुरूप बृद्धि गर्ने । बोनस शेयर वितरण गर्दा कायम हुन आउने दशमलव पछिको अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने ।२) कम्पनीको हाल कायम पूँजी संरचनामा सस्थापक र सर्वसाधारण शेयरको ६०:४० अनुपातलाई परिवर्तन गरी ५१:४९ प्रतिशत कायम गर्न संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्ने र तदनुरूप प्रवन्धपत्र र नियमावलीमा संशोधन प्रस्ताव पारित गर्ने ।३) प्रवन्धपत्र र नियमावलीमा गरिने संशोधन/थप उपर नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम प्रवन्धपत्र र नियमावलीमा आवश्यक संशोधन एवं परिमार्जन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने ।४) कम्पनी ऐन को दफा १०५ (१) (ग) बमोजिम आ.व. २०७६/७७ मा चन्दा शिर्षक अन्तर्गत भएको खर्च अनुमोदन गर्ने ।

नेपाल लाइफले संस्थापक र साधारण सेयरको संरचना परिवर्तन गर्दै, चैत २१ मा साधारणसभा

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्सले पुँजी संरचनामा संस्थापक र सर्वसाधारणको सेयर संरचनामा परिवर्तन गर्ने भएको छ। कम्पनीले २१औं साधारणसभा आगामी चैत

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको साधारणसभा असार ४ गते

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले असार ४ गते साधारणसभा बोलाएको छ । हालको विषम परिस्थतिलाई मध्यनजर गर्दै कम्पनीले भर्चुअल माध्यमबाट सभा सञ्चालन गर्ने जनाएको छ । सभाले ६० करोड बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने भएको छ । साथै सभाले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । […]

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले तेस्रो वार्षिक साधारणसभा असार ४ गते गर्ने भएको छ । सभाले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।कम्पनीले ६० करोड बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । त्यस्तै सभाले सञ्चालक नियुक्तिको अनुमोदन गर्ने र आव २०७५/०७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।हाल कम्पनीको […]

के हो ‘स्टक स्प्लीट’ ? यस्ताे छ सेयर मूल्यमा पर्ने सम्भावित असर

१५ माघ, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आगामी २८ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । उक्त सभामा कम्पनीले सेयर ‘स्प्लीट’ गर्ने प्रस्ताव राख्ने भएको छ । नेपाली सेयर बजारका लागि यो विल्कुलै नयाँ अभ्यास हुनेछ । भएको सेयरलाई खण्डीकरण गरेर संख्या बढाउनु ‘स्टक स्प्लीट’ हो । नेपाल लाइफले १ कित्ता सेयरलाई २ कित्ता बनाउने […]