नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरूलाई चुक्ता पूँजीको ३१ प्रतिशत बोनस शेयर दिने भएको छ ।
बुधवार वीरगञ्जमा सम्पन्न बिसौं वार्षिक साधारण सभाद्वारा शेयरधनीहरुलाई चुक्ता पूँजीको ३१ प्रतिशत बोनस शेयर तथा प्रति शेयर रु.२० (कर सहित) नगद लाभांश वितरणको प्रस्ताव पारित भएको हो ।
बोनश शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक ७ अर्ब १९ करोड ९९ लाख ७० हजार ६ सय ६१ रुपैयाँ हुनेछ ।
अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा सम्पन्नसाधारण सभामा स्वागत मन्तव्य एवं वार्षिक प्रतिवेदन प्...