नेप्सेमा नेपाल लाइफ इन्स्योन्स कम्पनीको शेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल लाइफ इन्स्योन्स कम्पनीको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १४ प्रतिअशत बोनसमा मूल्य समायोजन भएको हो ।समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता १०८५.०९ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १२३७ रुपैयाँ थियो । कम्पनीले साधारणसभा प्रयोजनको लागि आज चैत्र ७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो ।   चैत्र ६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।  कम्पनीले चैत्र २१ गते बिरगंजको होटेल भिष्वामा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक बर्ष २०७६/ ७७ को मुनाफाबाट १४.७३६८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।प्रस्तावित लाभांशमा १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ० दशमलव ७३६८ प्रतिशत नगद रहेको छ।  साधारणसभाले पारित गरेपश्चात सेयरधनीहरुमा उक्त लाभांश वितरण हुनेछ। यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव :सामान्य प्रस्ताव :१) संचालक समितिका तर्फबाट अध्यक्षज्यूबाट पेश हुने आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्ने ।२) लेखापरीक्षकको प्रतिवेदन सहित आ.व.२०७६/०७७ को वासलात, नाफा-नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने ।३) लेखापरीक्षण समिति र संचालक समितिको सिफारिस बमोजिम आर्थिक बर्ष २०७७/७८ को लागि कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति प्राप्त गरी नियुक्त लेखापरीक्षक एस.ए.आर. एण्ड एशोसिएट्सको नियुक्ति र निजको पारिश्रमिक अनुमोदन गर्ने ।४) संचालक समितिले प्रस्ताव गरे बमोजिम ०७३६८% नगद लाभांश (प्रस्तावित बोनस शेयरको कर प्रयोजनार्थ) वितरण गर्न स्वीकृत गर्ने ।५) संचालक समितिमा संस्थापक शेयरधनी समुह (क) बाट प्रतिनिधित्व गर्ने ४ (चार) जना संचालकहरूको निर्वाचन गर्ने ।बिशेष प्रस्ताव१) संचालक समितिले प्रस्ताव गरे बमोजिम बिद्यमान चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने । बोनस शेयर जारी पश्चात हुने शेयर संरचना बमोजिम जारी पूँजी तथा चुक्ता पूँजीलाई तदनुरूप बृद्धि गर्ने । बोनस शेयर वितरण गर्दा कायम हुन आउने दशमलव पछिको अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने ।२) कम्पनीको हाल कायम पूँजी संरचनामा सस्थापक र सर्वसाधारण शेयरको ६०:४० अनुपातलाई परिवर्तन गरी ५१:४९ प्रतिशत कायम गर्न संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्ने र तदनुरूप प्रवन्धपत्र र नियमावलीमा संशोधन प्रस्ताव पारित गर्ने ।३) प्रवन्धपत्र र नियमावलीमा गरिने संशोधन/थप उपर नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम प्रवन्धपत्र र नियमावलीमा आवश्यक संशोधन एवं परिमार्जन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने ।४) कम्पनी ऐन को दफा १०५ (१) (ग) बमोजिम आ.व. २०७६/७७ मा चन्दा शिर्षक अन्तर्गत भएको खर्च अनुमोदन गर्ने ।

सम्बन्धित सामग्री

अरुण भ्याली हाइड्रोपावर र रिलायबल नेपाल लाइफको शेयर मूल्य समायोजन

काठमाडौं । आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र अरुण भ्याली हाइड्रोपावरकोे शेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ र हकप्रद शेयर निष्कासन प्रयोजनको लागि यी दुई कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।  नेप्सेले रिलायबल नेपाल लाइफको  १६ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ४९७  दशमलव ८४ कायम भएको छ ।  नेप्सेले आइतवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीकोे शेयर मूल्य समायोजन गरेको हो । आइतवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५७७ दशमलव ५० मा अन्तिम कारोबार भएको थियो ।  त्यस्तै नेप्सेले अरुण भ्याली हाइड्रोपावरको शत प्रतिशत हकप्रद शेयरको समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. १९० दशमलव १० कायम भएको छ ।  नेप्सेले आइतवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीकोे शेयर मूल्य समायोजन गरेको हो । आइतवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २८० दशमलव २० मा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर भोलि अर्थात दोस्रो बजारमा यी दुबै कम्पनीको शेयर कारोबार खुल्नेछ ।

नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन

चैत ६, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आइतवार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।  नेप्सेले १४ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. १०८५ दशमलव शून्य ९ तोकेको छ । कम्पनीले आइतवार कायम अन्तिम शेयर मूल्य रू. १ हजार २३७ को आधारमा शेयरमूल्य समायोजन गरेको हो ।  कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि आइतवार क्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । कम्पनीले आव २०७७/७८ को मुनाफाबाट १४ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७३६८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।  यो प्रस्ताव पारितका लागि कम्पनीले चैत २१ गते साधारण सभा बोलाएको छ । सभा होटल भिष्वा वीरगञ्ज पर्सामा बिहान ९ बजे गर्ने जानकारी गराएको हो ।