नेपाल लाइफ इन्स्योन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेपाल लाइफ इन्स्योन्स कम्पनीको लाभांश सुरक्षित गर्ने चैत्र ६ गते अन्तिम दिन रहेको छ ।  कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र ७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज चैत्र ६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।  कम्पनीले चैत्र २१ गते बिरगंजको होटेल भिष्वामा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक बर्ष २०७६/ ७७ को मुनाफाबाट १४.७३६८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।प्रस्तावित लाभांशमा १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ० दशमलव ७३६८ प्रतिशत नगद रहेको छ।  साधारणसभाले पारित गरेपश्चात सेयरधनीहरुमा उक्त लाभांश वितरण हुनेछ। यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव :सामान्य प्रस्ताव :१) संचालक समितिका तर्फबाट अध्यक्षज्यूबाट पेश हुने आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्ने ।२) लेखापरीक्षकको प्रतिवेदन सहित आ.व.२०७६/०७७ को वासलात, नाफा-नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने ।३) लेखापरीक्षण समिति र संचालक समितिको सिफारिस बमोजिम आर्थिक बर्ष २०७७/७८ को लागि कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति प्राप्त गरी नियुक्त लेखापरीक्षक एस.ए.आर. एण्ड एशोसिएट्सको नियुक्ति र निजको पारिश्रमिक अनुमोदन गर्ने ।४) संचालक समितिले प्रस्ताव गरे बमोजिम ०७३६८% नगद लाभांश (प्रस्तावित बोनस शेयरको कर प्रयोजनार्थ) वितरण गर्न स्वीकृत गर्ने ।५) संचालक समितिमा संस्थापक शेयरधनी समुह (क) बाट प्रतिनिधित्व गर्ने ४ (चार) जना संचालकहरूको निर्वाचन गर्ने ।बिशेष प्रस्ताव१) संचालक समितिले प्रस्ताव गरे बमोजिम बिद्यमान चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने । बोनस शेयर जारी पश्चात हुने शेयर संरचना बमोजिम जारी पूँजी तथा चुक्ता पूँजीलाई तदनुरूप बृद्धि गर्ने । बोनस शेयर वितरण गर्दा कायम हुन आउने दशमलव पछिको अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने ।२) कम्पनीको हाल कायम पूँजी संरचनामा सस्थापक र सर्वसाधारण शेयरको ६०:४० अनुपातलाई परिवर्तन गरी ५१:४९ प्रतिशत कायम गर्न संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्ने र तदनुरूप प्रवन्धपत्र र नियमावलीमा संशोधन प्रस्ताव पारित गर्ने ।३) प्रवन्धपत्र र नियमावलीमा गरिने संशोधन/थप उपर नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम प्रवन्धपत्र र नियमावलीमा आवश्यक संशोधन एवं परिमार्जन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने ।४) कम्पनी ऐन को दफा १०५ (१) (ग) बमोजिम आ.व. २०७६/७७ मा चन्दा शिर्षक अन्तर्गत भएको खर्च अनुमोदन गर्ने ।

सम्बन्धित सामग्री

२ कम्पनी र २ म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

दुई वटा कम्पनी र २ वटा सामुहिक लगानी कोष योजनाको लाभांश सुरक्षित गर्ने आज कार्तिक १७ गते अन्तिम दिन रहेको छ । लाभांश बितरण प्रयोजनको लागि कार्तिक १८ गते बुक क्लोज गरेका नेपाल लाइफ इन्स्योरेन्स र अरुण काबेली पावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । त्यस्तै नबिल इन्भेष्टमेन्ट बैंकिंगले संचालन गरेका सामुहिक लगानी कोष योजनाहरु नबिल इक्विटी फण्ड , र नबिल ब्यालेन्स फण्ड २ को लाभांश सुरक्षित गर्ने पनि आज अन्तिम दिन हो ।नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मङ्सिर ८ गते बिरगंजको होटेल भिष्वामा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छ। कम्पनीले  आर्थिक बर्ष २०७७/२०७८ सम्मको संचिति मुनाफाबाट १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित नगद लाभांश मध्ये  ०.७८९५ प्रतिशत कर प्रयोजनका लागि  रहेको छ। बार्षिक साधारणसभाले पारित गरेपश्चात उक्त लाभांश सेयरधनीमा वितरण हुनेछ। कम्पनीले साधारणसभा प्रयोजनको लागि कार्तिक १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।त्यस्तै अरुण काबेली पावरले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजी रु. १, ८५, ५२,१०,५००।- को १० प्रतिशतका दरले रु. १८, ५५,२१,०५०।- बरावरको वोनश शेयर र ०.५२६३ प्रतिशतका दरले रु. १,०५,०६,०५७/- नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले कार्तिक ३० गते बुधवारको लागि साधारण सभा डाकेको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि  कार्तिक १८ गते शुक्रवार बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । त्यस्तै नबिल इन्भेष्टमेन्ट बैंकिङले संचालन गरेका २ वटा सामुहिक लगानी कोष योजना नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्स फण्ड २ को लाभांश सुरक्षित गर्न पनि आज अन्तिम दिन हो ।   नबिल व्यालेन्स्ड फण्ड २ ले आर्थिक वर्ष २०७८/७९ को लागि योजनाको ईकाइधनीहरुलाई ७ प्रतिशत (कर सहित) का दरले हुन आउने रकम रु. ७,८४,००,०००।- (अक्षेरुपी सात करोड चौरासी लाख रुपैयाँ मात्र) प्रतिफल वितरण गर्ने निर्णय गरेको  छ। त्यस्तै  नबिल इक्वीटी फण्डले आर्थिक वर्ष २०७८/७९ को लागि योजनाको ईकाइधनीहरुलाई ५ प्रतिशत (कर सहित) का दरले हुन आउने रकम रु. ६,२५,००,०००।- (अक्षेरुपी छ करोड पच्चीस लाख रुपैयाँ मात्र) प्रतिफल वितरण गर्ने निर्णय गरेको छ । लाभांश बितरण प्रयोजनको लागि दुवै योजनाले  कार्तिक १८ गते एक दिनको लागि बुक क्लोज गर्ने निर्णय गरेका छन्। कार्तिक १७ गतेसम्म कायाम इकाईधनीले मात्र उक्त लाभांश पाउँन सक्ने छन् ।

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

चैत ६, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज (आइतवार) अन्तिम दिन आइतवारसम्म रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत ७ गते (एक दिन) बुक क्लोज गर्ने भएकाले आज अर्थात् चैत ६ गते आइतवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउने छन् ।  कम्पनीले आव २०७७/७८ को नाफाबाट शेयरधनीलाई १४ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।  उक्त  प्रस्ताव पारित गर्नका लागि कम्पनीले चैत २१ गते साधारण सभा बोलाएको हो । साधारण सभा होटल भिष्वा वीरगञ्ज पर्सामा बिहान ९ बजे हुनेछ ।  सभाले हाल कायम पूँजी संरचनामा संस्थापन र सर्वसधारण शेयरको ६०:४० अनुपातलाई परिवर्तन गरी ५१:४९ प्रतिशत कायम गर्न संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।