नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा सोमवार, १४.७४% लाभांश प्रस्ताव

चैत २०, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकोले २१औं वार्षिक साधारण सभा सोमवार (चैत २१ गते) हुँदैछ । कम्पनीले भिष्वा होटल वीरगञ्जमा बिहान ९ बजे सभा गर्न लागेको हो ।  सभाले अघिल्लो आर्थिक वर्ष ०७६/७७ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै गत आर्थिक वर्ष ०७७/७८ का लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिकको विषय टुङ्ग्याउनेछ ।  लाभांश वितरणको इतिहासमा १२६ दशमलव ३१ प्रतिशतसम्म वितरण गरेको कम्पनीले यस वर्ष कुल १४ दशमलव ७४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ७ अर्ब १९ करोड ९९ लाख ७० हजार छ । यी प्रस्तावहरुसँगै संस्थापक शेयरधनीहरुबाट चार जना सञ्चालकहरु निर्वाचनको कार्यक्रम समेत सभाका लागि तय भएको छ । कम्पनीले हाल कायम संस्थापकतर्फको ६० प्रतिशत र सर्वसाधारणतर्फको ४० प्रतिशत शेयर स्वामित्व परिवर्तन गरी संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशत कायम गर्ने प्रस्तावपनि सभाबाट स्वीकृत गराउनेछ ।  साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ७ गते (एक दिन) बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा चैत ६ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन पाउनेछन् ।