नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन

चैत ६, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आइतवार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।  नेप्सेले १४ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. १०८५ दशमलव शून्य ९ तोकेको छ । कम्पनीले आइतवार कायम अन्तिम शेयर मूल्य रू. १ हजार २३७ को आधारमा शेयरमूल्य समायोजन गरेको हो ।  कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि आइतवार क्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । कम्पनीले आव २०७७/७८ को मुनाफाबाट १४ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७३६८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।  यो प्रस्ताव पारितका लागि कम्पनीले चैत २१ गते साधारण सभा बोलाएको छ । सभा होटल भिष्वा वीरगञ्ज पर्सामा बिहान ९ बजे गर्ने जानकारी गराएको हो ।

सम्बन्धित सामग्री

नेपाल लाइफ इन्स्योरेन्स सुर्खेत शाखाद्धारा मृत्यु दावी भुक्तानी

काठमाडौं, १८ पुस । नेपाल लाइफ इन्स्योरेन्स सुर्खेत शाखाले मृत्यु दाबी रकम भुक्तानी गरेको छ । वीरेन्द्रनगर–३ सुर्खेत निवासी विमित योगेश खत्रीको निधनपछि उनकी श्रीमती शान्तिकुमारी भण्डारी खत्रीलाई विमावापतको मृत्यु दाबी रकम भुक्तानी गरिएको हो । पाँच वर्ष पहिला ५१ लाख १८ हजार विमाङ्कको जीवन विमा गराएका योगेशको केही समय पहिला अचानक निधन भएको थियो […]

नेपाल लाइफ इन्स्योरेन्स २३ औं वर्षमा प्रवेश

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी स्थापनाको २३ औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले २२ वर्षको अवधिमा कम्पनी नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीका रूपमा स्थापित हुन सफल रहेको दाबी गर्नुभयो । २०८० चैत मसान्त सम्ममा १ खर्ब ६२ अर्ब बढी लगानी रहेको कम्पनीको जीवन बीमाकोष […]

नेपाल लाइफ इन्स्योरेन्स अब एनपीएसमा आबद्ध

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो भुक्तानीसम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीमा आबद्ध गरेको छ । त्यसका लागि दुवै संस्थाहरु बीच सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल लाइफका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे । सम्झौता पश्चात नेपाल लाइफको आन्तरिक […]

नेपाल लाइफ इन्स्योरेन्स २२ औं वर्षमा प्रवेश

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको २१ वर्ष पुरा गरी २२ औं वर्षमा प्रवेश गरेको छ । बिहीबार २२ औं वार्षिकोत्सवको अवसरमा नेपाल लाइफले देशभरी विभिन्न ९ स्थानमा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा बृहत रक्तदान कार्यक्रम गरेको छ । ‘रक्तदान जीवन दान’ भन्ने अभिप्रायले पे्ररित उक्त कार्यक्रममा अभिकर्ता, कर्मचारी तथा सर्वसाधारण गरी जम्मा […]

सन नेपाल लाइफ इन्स्योरेन्स पनि एनपीआईमा आबद्ध

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) मा आबद्धका लागि सम्झौता भएको छ । सम्झौता पत्रमा सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार सन नेपाल लाइफले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको […]

सन नेपाल लाइफ इन्स्योरेन्स एनपीआईमा आबद्ध

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी भुक्तानी सम्बन्धी कारोबारहरुलाई स्वचालित रुपमा गर्न नेपाल पेमेन्ट इन्टरफेस (एनपीआई) मा आबद्ध भएको छ । नेपाल क्लियरिङ्ग हाउस र कम्पनीबीचको सम्झौता पछि सन लाईफ एनपीआईमा आबद्ध भएको हो ।सम्झौता पत्रमा लाइफका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालर क्लियरिङका तर्फाबट  प्रमुख कार्यकारी अधिकृत नीलेश मानसिंह प्रधानले हस्ताक्षर गरेका छन् । यस सम्झौता अन्र्तगत सन नेपाल लाइफले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनपीआईसँग जोड्ने छ ।उक्त प्रणाली मार्फत

नेपाल लाइफ इन्स्योरेन्स देशकै उत्कृष्ट भएको दाबी

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बिमाका क्षेत्रमा नेपाल लाइफ देशकै उत्कृष्ट जीवन बिमा कम्पनी भएको दावी गरेको छ । नेपाल लाइफले पत्रपत्रिका, आफ्ना सामाजिक सञ्जाललगायत सञ्चार माध्याममार्फत नेपालकै नम्बर एक अभियान सार्वजनिक गरी तथ्य प्रमाणहरु प्रस्तुत गर्दै सो दावी गरेको हो ।कम्पनीले प्रस्तुत गरेको विवरणअनुसार आर्थिक वर्ष २०७८/०७९ को पहिलो तीन महिनाको अन्तिमसम्म कम्पनीसँग ११८.७६ […]

नेपाल लाइफ इन्स्योरेन्स देशकै नं. १ भएको दाबी

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफूलाई नेपालकै नम्बर १ दाबी गरेको छ।

नेपाल लाइफ इन्स्योरेन्स देशकै उत्कृष्ट बिमा कम्पनी भएको दावी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बिमाका क्षेत्रमा आफूलाई देशकै उत्कृष्ट जीवन बिमा कम्पनी भएको दावी गरेको छ । कम्पनीले मंगलबार विज्ञप्ति जारी गर्दै आव २०७८/७९ को पहिलो त्रैमास अन्त्यसम्म कम्पनीसँग रु. ११८.७६ अर्बको सर्वाधिक जीवन बिमा कोष, २९ लाख ८३ हजार १६ सर्वाधिक बिमालेख जारी, रु. ४०.५० अर्बको सर्वाधिक दावी भुक्तानी, रु. […]

अग्रणी स्थान कायम राख्दै नेपाल लाइफ इन्स्योरेन्स २१ औं वर्षमा प्रवेश

बीमा कम्पनीमा आफूलाई अग्रस्थानमा राख्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी २१ औं वर्षमा प्रवेश गरेको छ।