माघ २३, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आव २०७६/७७ को मुनाफाबाट कायम हुन आउने चुक्त पुँजी रू. ७ अर्ब १९ करोडको कुल १४ दशलमव ७३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७३६८ प्रतिशत नगद लाभांश गरेर कुल १४ दशमलव ७३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव बीमा समितिबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।
कम्पनीको माघ २१ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।