महाभियोगको मोडमा बारको आन्दोलनः सभामुख-अध्यक्षलाई ज्ञापनपत्र, साथ देलान् दलले?

काठमाडौंः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध तीन सातादेखि आन्दोलन गरिरहेको नेपाल बार एशोसिएशनले महाभियोगको प्रक्रिया अघि बढाउन आग्रह गर्दै प्रतिनिधि सभाका सभामुख तथा राष्ट्रिय सभाका अध्यक्षलगायत दलका नेताहरुलाई ज्ञापनपत्र बुझाएको छ। बारको टोलीले सभामुख सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङ, संघीय समाजवादी पार्टीका अध्यक्षद्वय…