काठमाण्डाै – नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाअभियोग लगाउन विभिन्न १७ कारण प्रस्तुत गर्दै ज्ञापनपत्र बुझाएकाे छ ।
प्रधानन्यायाधीश जबराको बहिर्गमनको माग राख्दै गएकाे तीन हप्तादेखि आन्दोलनरत नेपाल बारले आज साेमवार प्रधानन्यायाधीश जबरामाथि महाअभियाेग लगाएर हटाउनका लागि राजनीतिक दल, सङ्घीय संसद्का सभामुख र राष्ट्रिय सभाका अध्यक्षको ध्यानाकर्षण गराएको हाे ।
‘वर्तमान प्रधानन्यायाधीश निरन्तर कार्यपालिका शक्तिको प्रभावमा परेको, अन्य जिम्मेवारीका साथै नेपालको संविधान...