सभामुख सापकोटलाई नेपाल बारको टोलीले भेट्दै

काठमाडौँ । नेपाल बार एसोसिएसनले सोमबार दिउँसो २ बजे सभामुख अग्निप्रसाद सापकोटासँग भेटघाट गर्ने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएको बारले आजै संसद्मा रहेका विभिन्न राजनीतिक दलहरुलाई ज्ञापनपत्र एवं ध्यानाकर्षण पत्र बुझाउँदैछ। बारले विभिन्न राजनीतिक दलहरुलाई ज्ञापनपत्र एवं ध्यानाकर्षण पत्र बुझाउनुअघि सभामुख सापकोटालाई भेट्न लागेको हो।

सम्बन्धित सामग्री

जबराविरुद्धको महाअभियोग प्रस्ताव अघि बढाउन सभामुखलाई नेपाल बारको आग्रह

काठमाडौं । नेपाल बार एसोसियसनले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर प्रधानन्यायाधीशविरुद्धको महाअभियोगको प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ । बारले सोमबार सभामुखको कार्यकक्षमा पुगेर निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध गत फागुन १ गते दर्ता भएको महाअभियोग प्रस्तावमा छानबिन समिति मात्र गठन गरी कुनै प्रक्रिया अगाडि नबढाएको भन्दै चासो देखाएको हो । बारले महाअभियोग प्रस्ताव...

प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग अगाडि बढाउन सभामुखसमक्ष बारको माग

नेपाल बार एसोसिएनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग प्रस्ताव अगाडि बढाउन सभामुख अग्निप्रसाद सापकोटासमक्ष माग गरेको छ । नेपाल बारको टोलीले सोमबार सभामुख सापकोटालाई भेटेर न्यायपालिका प्रमुखविरुद्धको महाभियोग अलपत्र नपार्न आग्रह गरेको हो ।