न्यायपालिका शुद्धीकरण र विसंगति अन्त्यको माग गर्दै आन्दोलनमा रहेका कानून व्यवसायीहरुले सोमबार सभामुखलाई ज्ञापनपत्र बुझाउने भएका छन् । नेपाल बार एशोसिएसनका तर्फबाट सोमबार २ बजे सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापनपत्र बुझाउन लागेको हो । नेपाल बार एशोसिएसनका उपाध्यक्ष रक्षा बस्यालका अनुसार प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव ल्याउन माग गर्दै ज्ञापनपत्र बुझाउन लागिएको हो । वर्तमान प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकै कारण न्यायपालिकामाथिको विश्वास गुम्न थालेको र अदालतमा विसंगति मौलाएक