न्यायपालिका शुद्धीकरण र विसंगति अन्त्यको माग गर्दै आन्दोलनमा रहेका कानून व्यवसायीहरुले सोमबार सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ नेतृत्वको टोलीले प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव ल्याउन माग गर्दै २ बजे सभामुख सापकोटालाई ज्ञापनपत्र बुझाएको हो । वर्तमान प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकै कारण न्यायपालिकामाथिको विश्वास गुम्न थालेको र अदालतमा विसंगति मौलाएको भन्दै नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीशको राजीनामा माग गर्द