काठमाडौं । बसन्तकालीन हिमाल आरोहणको मौसम सुरु भएको छ । केही कलाकार पनि हिमाल आरोहणको तयारीमा छन् । जसमध्ये चर्चित डिजे तेन्जिङ शेर्पा सगरमाथा आरोहणका लागि आगामी साता त्यसतर्फ जाँदैछन् । अभिनेत्री दीया पुनले चार हिमाल आरोहणको तयारी थालेकी छन् । हालै ‘गोर्खा वारिअर’ निर्माण गरेका निर्माता सुमन राईले पनि आरोहण गर्ने बताएका छन् । […]
काठमाण्डाै - मौसममा सुधार आएसँगै आज सगरमाथा आरोहण भएको छ । यास चक्रवातको प्रभावले मौसम प्रतिकूल बन्दा अघिल्लो सोमवारदेखि आरोहण रोकिएको थियो । आज बिहान आरोहीहरु शिखरमा पुगेका कीर्तिमानी आरोही मिङ्मा डेभिड शेर्पाले जानकारी दिनुभयो ।
आरोही निर्मल पुर्जासहित आफूहरुको १५ सदस्यीय टोली बिहान शिखरमा पुगेको शेर्पाले जानकारी दिनुभयो । यस्तै अरु समूहका आरोहीहरु पनि शिखरमा पुगेका उहाँले बताउनुभयो । आफूहरु सगरमाथाको सफल आरोहणपछि ल्होत्से हिमाल आरोहणको तयारीमा लागेको उहाँले बताउनुभयो ।
ल्होत्से हिमाल आरोहण पनि सगरमाथा...
मौसम अनुकूल भएपछि आइतबार एक सय ५० आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । मौसममा खराबी आएपछि क्याम्प टुमा रोकिएका आरोहीले एकैदिन सगरमाथा आरोहण गरेको आधारशिविरबाट सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए ।
हङकङका...
मौसमका कारण बन्द भएको सगरमाथा आरोहण १० दिनपछि खुलेको छ । मौसम सफा हुनासाथ आइतबार बिहानै १ सय ७० आरोहीले सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । आइतबारलाई खुलेको मौसम अब...
चालू सिजनमा ३२० जनाभन्दा बढीले सगरमाथा आरोहण गरेका छन् । आइतबारमात्रै १७० जनाभन्दा बढीले सगरमाथा आरोहण गरेका छन् भने यसअघि करिब १५० आरोहीले आरोहण गरेको पर्यटन विभागले जनाएको छ ।करिब १ हप्ता मौसमी खराबीका कारण रोकिएको आरोहण शनिबारबाट मौसम सुधार आएसँगै आरोही चुचुरोतर्फ लाग्ने क्रम बढेको अधिकारीहरुले जनाएका छन् । पर्यटन विभागकी निर्देशक मिरा आचार्यले […]
मौसम अनुकूल भएसँगै सगरमाथा आरोही शिखरतर्फ हिँडेका छन् । ताउ–ते आँधीका कारण मौसम प्रतिकूल हुँदा आधार शिविर र शिविर–२ मा रहेका अधिकांश आरोही आज शिखरतर्फ लागेका पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।उनका अनुसार आज बिहानदेखि सगरमाथा आरोहण जारी छ । ताउ–ते आँधीका कारण मौसम प्रतिकूल हुँदा गत वैशाख २९ गतेयता आरोहण हुन सकेको थिएन । सगरमाथा आधार शिविरमा रहेका पर्यटन विभागका सम्पर्क अधिकृत श्रेष्ठका अनुसार आज एकै दिन करीब २०० आरोही चौथो शिविरबाट शिखरतर्फ लागेका
काठमाण्डाै - मौसम अनुकूल भएसँगै अहिले सगरमाथा आरोहण भइरहेको छ । गएको वैशाख २४ गते शिखरसम्मको बाटो बनाएपछि यस वर्षको वसन्त ऋतुको आरोहण सुरु भएको हो।
वैशाख २८ र २९ गते गरी झण्डै एक सय ७० जना आरोही सगरमाथा शिखरमा पुगेका थिए । त्यसपछि मौसम खराबीले रोकिएको आरोहण आजबाट फेरि सुरु भएको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले सगरमाथा आधार शिविरबाट जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो ‘अहिलेसम्म ३० जनाभन्दा धेरै आरोही शिखरमा पुगेको खबर प्राप्त भएको छ, अहिले आरोहण चलिरहेको छ, दिउँसोसम्म आरोहीहरु शिखरमा पुग्नुहुन्...
काठमाडौं। अरब सागरमा विकसित भएको सामुद्रिक आँधीको प्रभावका कारण सगरमाथासहितको हिमाल आरोहण प्रभावित भएको छ । मौसम अनुकूल नहुँदा वैशाख ३० गतेदेखि आरोहण प्रभावित भएकाले सबैलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले बताइन्। यतिबेला सयौं आरोही आधार शिविरमा अनुकूल मौसमको पर्खाइमा छन्। यस वर्ष सगरमाथा आरोहण गत वैशाख २४ गतेदेखि सुरु भएको थियो। रासस
सोलुखुम्बु : कोरोना संक्रमणले देशलाई आक्रान्त बनाइरहेको बेला विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण भने उत्साहजनक रुपमा भइरहेको छ।बुधबार मात्रै करिब ७० जना आरोही शिखरमा पुग्न सफल भएका पर्यटन विभागकी निर्देशक मीरा आचार्यले आधार शिविरबाट जानकारी दिइन्। मंगलबार साँझसम्म करिब १०० आरोही शिखर पुगेका थिए भने बुधबार करिब ७० जनाले शिखर चुमेका निर्देशक आचार्यको भनाइ छ। हालसम्मको तथ्यांकअनुसार करिब १८२ आरोही शिखरमा पुग्न सफल भएका छन्। यो विवरणमा केही थपघट हुन सक्ने बताइएको छ।आरोहणका लागि बिहीबारसम्म मौसम
सोलुखुम्बु । मंगलबार बहराइनका राजपरिवारसहित एकै दिन करिब ८० जनाले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् ।
पर्यटन विभागका निर्देशक मीरा आचार्यका अनुसार मंगलबार बिहान ६ः४० बजे बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोली सगरमाथाको शिखरमा पुग्न सफल भएको हो ।
‘खलिफासहित टोलीका १६ मध्ये १२ सहित अन्य करिब ८० जना सगरमाथाको शिखर पुगेका छन्’, आधारशिविरमा रहेकी विभागका निर्देशक आचार्यले टेलिफोन सम्पर्कमा भनिन्, ‘आरोहण टोलीसँग राम्रो टेलिफोन सम्पर्क हुन सकिरहेको छैन त्यसैले यो संख्यामा थपघट हुन सक्छ ।’
स्वदेशी तथा विदेशी आरोहीले मंगलबार बिहान ५ बजेदेखि सगरमाथाको शिखरमा पाइला टेक्न सफल भएको उनको भनाइ छ । ‘१३ मेसम्मको मौसम आरोहणका लागि अनुकूल देखिन्छ’, अधिकृत आचार्यले भनिन्, ‘त्यसबेलासम्म करिब २०० आरोहीले सगरमाथा आरोहण गर्ने अनुमान छ ।’ वसन्त यामको सगरमाथा आरोहण वैशाख २४ गते देखि सुरु भएको थियो । कीर्तिमानी आरोही कामीरिता शेर्पाको नेतृत्वमा गएको १२ जना शेर्पा टोलीले शिखर जाने बाटो बनाउँदै चुचुरोमा पुगेपछि आरोहण सुरु भएको विभागले जनाएको छ । रासस