मौसम अनुकूल भएपछि आरोहीहरु सगरमाथाको शिखरमा पुगे

काठमाण्डाै - मौसममा सुधार आएसँगै आज सगरमाथा आरोहण भएको छ । यास चक्रवातको प्रभावले मौसम प्रतिकूल बन्दा अघिल्लो सोमवारदेखि आरोहण रोकिएको थियो । आज बिहान आरोहीहरु शिखरमा पुगेका कीर्तिमानी आरोही मिङ्मा डेभिड शेर्पाले जानकारी दिनुभयो । आरोही निर्मल पुर्जासहित आफूहरुको १५ सदस्यीय टोली बिहान शिखरमा पुगेको शेर्पाले जानकारी दिनुभयो । यस्तै अरु समूहका आरोहीहरु पनि शिखरमा पुगेका उहाँले बताउनुभयो । आफूहरु सगरमाथाको सफल आरोहणपछि ल्होत्से हिमाल आरोहणको तयारीमा लागेको उहाँले बताउनुभयो । ल्होत्से हिमाल आरोहण पनि सगरमाथा...

सम्बन्धित सामग्री

मौसम अनुकूल रहेकाले हवाई उडान नियमित सञ्चालन

काठमाडौँ । मौसम अनुकूल रहेकाले मुलुकको आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान नियमितरुपमा सञ्चालन भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । प्रतिकूल मौसमले शुक्रबार काठमाडौँ विमिानस्थलसहित देशका अधिकांश विमानस्थलको उडान प्रभावित भएको थियो भने अन्तर्राष्ट्रियतर्फ केही उडान ‘डाइभर्ट’ गरिएको थियो । आन्तरिक उडानका जहाज पनि डाइभर्ट भएका थिए । मध्याह्नदेखि दुवैतर्फको उडान सामान्य बनेको थियो […]

मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिइने निर्णय यथावत् : क्यान

काठमाडौँ । विमान दुर्घटनाको जोखिम न्यूनीकरणका लागि मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिइने निर्णय यथावत् रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरणले जेठ १६ गते हवाई दुर्घटनाको जोखिम न्यूनीकरणका लागि विमान उड्ने र पुग्ने स्थानबिचको उडान मार्ग (इनरुट) को मौसम अनुकूल नभएमा उडान अनुमति नदिने निर्णय गरेको थियो। तारा एयरको विमान मौसम […]

मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिइने निर्णय यथावत् : क्यान

विमान दुर्घटनाको जोखिम न्यूनीकरणका लागि मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिइने निर्णय यथावत् रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।प्राधिकरणले जेठ १६ गते हवाई दुर्घटनाको जोखिम न्यूनीकरणका लागि विमान उड्ने र पुग्ने स्थानबीचको उडान मार्ग (इनरुट) को मौसम अनुकूल नभएमा उडान अनुमति नदिने निर्णय गरेको थियो। तारा एयरको विमान मौसम खराबीले दुर्घटनामा परेको प्रारम्भिक निष्कर्ष निकाल्दै प्राधिकरणले उडानमा कडाइ गरेको थियो।केही सञ्चार माध्यममा इनरुटको मौसम सफा नभएसम्म उडान अनुमति नदिने न

मौसम विभागले सहजीकरण गर्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आन्तरिक उडानको ‘इनरुट’ मौसमी पूर्वानुमान (फोरकास्ट) गर्न सहजीकरण गर्ने जनाएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको ‘इनरुट फोरकास्ट’ गर्न आग्रह गरेको निर्णयलाई स्विकारी आवश्यक समन्वय र सहजीकरण गर्ने विभागले जनाएको छ । प्राधिकरणले जहाज उडान हुने र अवतरण हुने विमानस्थलको मौसम अनुकूल नभएसम्म आन्तरिक उडानका […]

मौसम सफा नभई उडान अनुमति नदिने प्राधिकरणको निर्णय

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने भएको छ। तारा एयरको विमान दुर्घटना भएसँगै हवाई दुर्घटनाको जोखिम न्यूनीकरणका लागि प्राधिकरणले इन रुट अर्थात् विमान उड्ने र पुग्ने स्थान उडान मार्गको मौसम अनुकूल नभएसम्म उडान अनुमति नदिने निर्णय गरेको हो। मौसम खराबीले तारा…

मौसम सफा नभई उडान अनुमति नदिने प्राधिकरणको निर्णय

तारा एअरको विमान दुर्घटना भएसँगै हवाई दुर्घटनाको जोखिम न्यूनीकरणका लागि प्राधिकरणले इन रुट अर्थात् विमान उड्ने र पुग्ने स्थान उडान मार्गको मौसम अनुकूल नभएसम्म उडान अनुमति नदिने निर्णय गरेको हो।...

मौसम अनुकूल भएसंगै आरोही शिखर तर्फ

मौसम अनुकूल भएसँगै सगरमाथा आरोही शिखर तर्फ हिँडेका छन् । ताउ-ते आँधीका कारण मौसम प्रतिकुल हुँदा आधार शिविर र शिविर २ मा रहेका अधिकांश आरोही आइतबार शिखर तर्फ लागेका हुन् । तस्बीर: लाक्पा दावा शेर्पा

मौसम अनुकूल भएसँगै आरोही शिखरतर्फ

काठमाडौँ । मौसम अनुकूल भएसँगै सगरमाथा आरोही शिखरतर्फ हिँडेका छन् । ताउ–ते आँधीका कारण मौसम प्रतिकूल हुँदा आधारशिविर र शिविर–२ मा रहेका अधिकांश आरोही आज शिखरतर्फ लागेका पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

मौसम अनुकूल भएसँगै आरोही शिखरतर्फ

मौसम अनुकूल भएसँगै सगरमाथा आरोही शिखरतर्फ हिँडेका छन् । ताउ–ते आँधीका कारण मौसम प्रतिकूल हुँदा आधार शिविर र शिविर–२ मा रहेका अधिकांश आरोही आज शिखरतर्फ लागेका पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।उनका अनुसार आज बिहानदेखि सगरमाथा आरोहण जारी छ । ताउ–ते आँधीका कारण मौसम प्रतिकूल हुँदा गत वैशाख २९ गतेयता आरोहण हुन सकेको थिएन । सगरमाथा आधार शिविरमा रहेका पर्यटन विभागका सम्पर्क अधिकृत श्रेष्ठका अनुसार आज एकै दिन करीब २०० आरोही चौथो शिविरबाट शिखरतर्फ लागेका

मौसम अनुकूल भएपछि बिहानैदेखि सगरमाथा आरोहण हुँदै

काठमाण्डाै - मौसम अनुकूल भएसँगै अहिले सगरमाथा आरोहण भइरहेको छ । गएको वैशाख २४ गते शिखरसम्मको बाटो बनाएपछि यस वर्षको वसन्त ऋतुको आरोहण सुरु भएको हो। वैशाख २८ र २९ गते गरी झण्डै एक सय ७० जना आरोही सगरमाथा शिखरमा पुगेका थिए । त्यसपछि मौसम खराबीले रोकिएको आरोहण आजबाट फेरि सुरु भएको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले सगरमाथा आधार शिविरबाट जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘अहिलेसम्म ३० जनाभन्दा धेरै आरोही शिखरमा पुगेको खबर प्राप्त भएको छ, अहिले आरोहण चलिरहेको छ, दिउँसोसम्म आरोहीहरु शिखरमा पुग्नुहुन्...