मौसम अनुकूल भएपछि बिहानैदेखि सगरमाथा आरोहण हुँदै

काठमाण्डाै - मौसम अनुकूल भएसँगै अहिले सगरमाथा आरोहण भइरहेको छ । गएको वैशाख २४ गते शिखरसम्मको बाटो बनाएपछि यस वर्षको वसन्त ऋतुको आरोहण सुरु भएको हो। वैशाख २८ र २९ गते गरी झण्डै एक सय ७० जना आरोही सगरमाथा शिखरमा पुगेका थिए । त्यसपछि मौसम खराबीले रोकिएको आरोहण आजबाट फेरि सुरु भएको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले सगरमाथा आधार शिविरबाट जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘अहिलेसम्म ३० जनाभन्दा धेरै आरोही शिखरमा पुगेको खबर प्राप्त भएको छ, अहिले आरोहण चलिरहेको छ, दिउँसोसम्म आरोहीहरु शिखरमा पुग्नुहुन्...

सम्बन्धित सामग्री

प्रतिकूल मौसमले आधारशिविरमै अड्किए सगरमाथा आरोही

काठमाडौं : सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सयौं संख्यामा यतिबेला प्रतीक्षारत छन्। तर मौसम अनुकूल नहुँदा आरोहण हुन सकेको छैन।सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले सगरमाथाको चुचुरोसम्म बाटो खुलाएपछि आरोही चुचुरोतिर उक्लिन्छन्। तर झण्डै दुई सातादेखि सगरमाथाको आधारशिविर र आसपास क्षेत्रमा बसेका आरोहीलाई अझै आरोहण कहिले खुल्ने हो निश्चिन्त हुने अवस्था छैन।आइसफल डाक्टरले सगरमाथाको साउथ कोल (चौथो शिविर)सम्म बाटो बनाइसकेका छन्। उनीहरुले चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने) गरेपछि मात्रै स

यस सिजनको सगरमाथा आरोहणमा दुई जनाको ज्यान गयो

सोलुखुम्बु - सगरमाथा आरोहणको क्रममा एक विदेशी र एक नेपाली गरी दुई जनाको ज्यान गएको छ । यस सिजनमा सगरमाथा आरोहण गर्ने क्रममा एक नेपाली सहयोगी र एक विदेशी आरोहीको ज्यान गएको पर्यटन विभागका निर्देशक सूर्यप्रसाद उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार कञ्चनजङ्घामा पनि एक भारतीय र धौलागिरिमा एक नेपाली सहयोगीको ज्यान गएको छ । ज्यान जानुको कारण खुल्न बाँकी छ । यसपालि आरोहीका लागि मौसम अनुकूल नै भएको निर्देशक उपाध्यायले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म ८० प्रतिशत आरोहण दलको अभियान सकिएको छ। केही टोली का...

मौसम अनुकूल भएपछि आरोहीहरु सगरमाथाको शिखरमा पुगे

काठमाण्डाै - मौसममा सुधार आएसँगै आज सगरमाथा आरोहण भएको छ । यास चक्रवातको प्रभावले मौसम प्रतिकूल बन्दा अघिल्लो सोमवारदेखि आरोहण रोकिएको थियो । आज बिहान आरोहीहरु शिखरमा पुगेका कीर्तिमानी आरोही मिङ्मा डेभिड शेर्पाले जानकारी दिनुभयो । आरोही निर्मल पुर्जासहित आफूहरुको १५ सदस्यीय टोली बिहान शिखरमा पुगेको शेर्पाले जानकारी दिनुभयो । यस्तै अरु समूहका आरोहीहरु पनि शिखरमा पुगेका उहाँले बताउनुभयो । आफूहरु सगरमाथाको सफल आरोहणपछि ल्होत्से हिमाल आरोहणको तयारीमा लागेको उहाँले बताउनुभयो । ल्होत्से हिमाल आरोहण पनि सगरमाथा...

सगरमाथामा एकैदिन  एक सय ५० आरोही पुगे

मौसम अनुकूल भएपछि आइतबार एक सय ५० आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । मौसममा खराबी आएपछि क्याम्प टुमा रोकिएका आरोहीले एकैदिन सगरमाथा आरोहण गरेको आधारशिविरबाट सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए ।  हङकङका...

मौसम अनुकूल भएसँगै आरोही शिखरतर्फ

मौसम अनुकूल भएसँगै सगरमाथा आरोही शिखरतर्फ हिँडेका छन् । ताउ–ते आँधीका कारण मौसम प्रतिकूल हुँदा आधार शिविर र शिविर–२ मा रहेका अधिकांश आरोही आज शिखरतर्फ लागेका पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।उनका अनुसार आज बिहानदेखि सगरमाथा आरोहण जारी छ । ताउ–ते आँधीका कारण मौसम प्रतिकूल हुँदा गत वैशाख २९ गतेयता आरोहण हुन सकेको थिएन । सगरमाथा आधार शिविरमा रहेका पर्यटन विभागका सम्पर्क अधिकृत श्रेष्ठका अनुसार आज एकै दिन करीब २०० आरोही चौथो शिविरबाट शिखरतर्फ लागेका

सामुद्रिक आँधीले हिमाल आरोहण प्रभावित, सुरक्षित रहन मौसमविद्को सुझाव

अरब सागरमा विकसित भएको सामुद्रिक आँधीको प्रभावका कारण सगरमाथा सहितको हिमाल आरोहण प्रभावित भएको छ ।मौसम अनुकूल नहुँदा बिहीवारदेखि नै सगरमाथा आरोहण प्रभावित भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिए ।‘मौसम प्रतिकूल हुँदा अहिले आरोहण भएको छैन,’ आधार शिविरबाट आचार्यले भने, ‘यतिबेला सयौं आ...

सामुद्रिक आँधीको डरले हिमाल आरोहण प्रभावित

काठमाडौं। अरब सागरमा विकसित भएको सामुद्रिक आँधीको प्रभावका कारण सगरमाथासहितको हिमाल आरोहण प्रभावित भएको छ । मौसम अनुकूल नहुँदा वैशाख ३० गतेदेखि आरोहण प्रभावित भएकाले सबैलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले बताइन्। यतिबेला सयौं आरोही आधार शिविरमा अनुकूल मौसमको पर्खाइमा छन्। यस वर्ष सगरमाथा आरोहण गत वैशाख २४ गतेदेखि सुरु भएको थियो। रासस

एकै दिन ७० आरोही सगरमाथा शिखरमा, २४ तारिखमा आरोहण सक्ने लक्ष्य

सोलुखुम्बु : कोरोना संक्रमणले देशलाई आक्रान्त बनाइरहेको बेला विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण भने उत्साहजनक रुपमा भइरहेको छ।बुधबार मात्रै करिब ७० जना आरोही शिखरमा पुग्न सफल भएका पर्यटन विभागकी निर्देशक मीरा आचार्यले आधार शिविरबाट जानकारी दिइन्। मंगलबार साँझसम्म करिब १०० आरोही शिखर पुगेका थिए भने बुधबार करिब ७० जनाले शिखर चुमेका निर्देशक आचार्यको भनाइ छ। हालसम्मको तथ्यांकअनुसार करिब १८२ आरोही शिखरमा पुग्न सफल भएका छन्। यो विवरणमा केही थपघट हुन सक्ने बताइएको छ।आरोहणका लागि बिहीबारसम्म मौसम

६५ आरोहीद्वारा सगरमाथा आरोहण

सोलुखुम्बु । वसन्त ऋतुको बिहीबारसम्म ६५ आरोहीले सगरमाथाको शिखरमा पाइला टेकेका छन् । मौसम अनुकूल भएपछि यो यामको आरोहण मंगलबारदेखि शुरु भएको हो । मंगलबार रोप फिक्सिङ गर्ने ८ गाइड टोली ...

सगरमाथा आरोहण उत्साहजनक

मौसम अनुकूल हुँदा चालू सिजनमा सगरमाथा आरोहणमा उत्साहजनक सफलता प्राप्त भएको छ । आरोहण सुरु भएको एक सातामै २ सय ७७ भन्दा बढी आरोहीले सगरमाथाको शिखर चुमिसकेका छन् । ५ सय आरोही अझै शिखर पुग्ने अभिलाषामा विभिन्न क्याम्पमा छन् ।