सोलुखुम्बु : कोरोना संक्रमणले देशलाई आक्रान्त बनाइरहेको बेला विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण भने उत्साहजनक रुपमा भइरहेको छ।बुधबार मात्रै करिब ७० जना आरोही शिखरमा पुग्न सफल भएका पर्यटन विभागकी निर्देशक मीरा आचार्यले आधार शिविरबाट जानकारी दिइन्। मंगलबार साँझसम्म करिब १०० आरोही शिखर पुगेका थिए भने बुधबार करिब ७० जनाले शिखर चुमेका निर्देशक आचार्यको भनाइ छ। हालसम्मको तथ्यांकअनुसार करिब १८२ आरोही शिखरमा पुग्न सफल भएका छन्। यो विवरणमा केही थपघट हुन सक्ने बताइएको छ।आरोहणका लागि बिहीबारसम्म मौसम