मौसम अनुकूल भएसँगै आरोही शिखरतर्फ

मौसम अनुकूल भएसँगै सगरमाथा आरोही शिखरतर्फ हिँडेका छन् । ताउ–ते आँधीका कारण मौसम प्रतिकूल हुँदा आधार शिविर र शिविर–२ मा रहेका अधिकांश आरोही आज शिखरतर्फ लागेका पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।उनका अनुसार आज बिहानदेखि सगरमाथा आरोहण जारी छ । ताउ–ते आँधीका कारण मौसम प्रतिकूल हुँदा गत वैशाख २९ गतेयता आरोहण हुन सकेको थिएन । सगरमाथा आधार शिविरमा रहेका पर्यटन विभागका सम्पर्क अधिकृत श्रेष्ठका अनुसार आज एकै दिन करीब २०० आरोही चौथो शिविरबाट शिखरतर्फ लागेका

सम्बन्धित सामग्री

हिमाल आरोहणबाट ७४ करोड राजस्व संकलन

काठमाडौँ – वसन्त ऋतुमा आरोहणका लागि मौसम अनुकूल हुने भएकाले विश्वभरबाट उल्लेख्य सङ्ख्यामा आरोही आउँछन्। सगरमाथासहित विभिन्न हिमाल आरोहणबाट सरकारी राजस्वमासमेत योगदान पुग्छ। यस यामको सगरमाथालगायतका हिमाल आरोहणका लागि नेपालसहित ८० देशका नागरिकले पर्यटन विभागबाट अनुमति लिएका छन्। सगरमाथा आरोहणका लागि मात्रै नेपालसहित ६५ देशका नागरिकले अनुमति पाएका छन्। विभागको पर्वतारोहण शाखाका अनुसार हिमाल आरोहण […]

प्रतिकूल मौसमले आधारशिविरमै अड्किए सगरमाथा आरोही

काठमाडौं : सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सयौं संख्यामा यतिबेला प्रतीक्षारत छन्। तर मौसम अनुकूल नहुँदा आरोहण हुन सकेको छैन।सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले सगरमाथाको चुचुरोसम्म बाटो खुलाएपछि आरोही चुचुरोतिर उक्लिन्छन्। तर झण्डै दुई सातादेखि सगरमाथाको आधारशिविर र आसपास क्षेत्रमा बसेका आरोहीलाई अझै आरोहण कहिले खुल्ने हो निश्चिन्त हुने अवस्था छैन।आइसफल डाक्टरले सगरमाथाको साउथ कोल (चौथो शिविर)सम्म बाटो बनाइसकेका छन्। उनीहरुले चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने) गरेपछि मात्रै स

मौसम अनुकूल भएपछि आरोहीहरु सगरमाथाको शिखरमा पुगे

काठमाण्डाै - मौसममा सुधार आएसँगै आज सगरमाथा आरोहण भएको छ । यास चक्रवातको प्रभावले मौसम प्रतिकूल बन्दा अघिल्लो सोमवारदेखि आरोहण रोकिएको थियो । आज बिहान आरोहीहरु शिखरमा पुगेका कीर्तिमानी आरोही मिङ्मा डेभिड शेर्पाले जानकारी दिनुभयो । आरोही निर्मल पुर्जासहित आफूहरुको १५ सदस्यीय टोली बिहान शिखरमा पुगेको शेर्पाले जानकारी दिनुभयो । यस्तै अरु समूहका आरोहीहरु पनि शिखरमा पुगेका उहाँले बताउनुभयो । आफूहरु सगरमाथाको सफल आरोहणपछि ल्होत्से हिमाल आरोहणको तयारीमा लागेको उहाँले बताउनुभयो । ल्होत्से हिमाल आरोहण पनि सगरमाथा...

सगरमाथामा एकैदिन  एक सय ५० आरोही पुगे

मौसम अनुकूल भएपछि आइतबार एक सय ५० आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । मौसममा खराबी आएपछि क्याम्प टुमा रोकिएका आरोहीले एकैदिन सगरमाथा आरोहण गरेको आधारशिविरबाट सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए ।  हङकङका...

मौसम अनुकूल भएसंगै आरोही शिखर तर्फ

मौसम अनुकूल भएसँगै सगरमाथा आरोही शिखर तर्फ हिँडेका छन् । ताउ-ते आँधीका कारण मौसम प्रतिकुल हुँदा आधार शिविर र शिविर २ मा रहेका अधिकांश आरोही आइतबार शिखर तर्फ लागेका हुन् । तस्बीर: लाक्पा दावा शेर्पा

मौसम अनुकूल भएसँगै आरोही शिखरतर्फ

काठमाडौँ । मौसम अनुकूल भएसँगै सगरमाथा आरोही शिखरतर्फ हिँडेका छन् । ताउ–ते आँधीका कारण मौसम प्रतिकूल हुँदा आधारशिविर र शिविर–२ मा रहेका अधिकांश आरोही आज शिखरतर्फ लागेका पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

मौसम अनुकूल भएपछि बिहानैदेखि सगरमाथा आरोहण हुँदै

काठमाण्डाै - मौसम अनुकूल भएसँगै अहिले सगरमाथा आरोहण भइरहेको छ । गएको वैशाख २४ गते शिखरसम्मको बाटो बनाएपछि यस वर्षको वसन्त ऋतुको आरोहण सुरु भएको हो। वैशाख २८ र २९ गते गरी झण्डै एक सय ७० जना आरोही सगरमाथा शिखरमा पुगेका थिए । त्यसपछि मौसम खराबीले रोकिएको आरोहण आजबाट फेरि सुरु भएको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले सगरमाथा आधार शिविरबाट जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘अहिलेसम्म ३० जनाभन्दा धेरै आरोही शिखरमा पुगेको खबर प्राप्त भएको छ, अहिले आरोहण चलिरहेको छ, दिउँसोसम्म आरोहीहरु शिखरमा पुग्नुहुन्...

सामुद्रिक आँधीको डरले हिमाल आरोहण प्रभावित

काठमाडौं। अरब सागरमा विकसित भएको सामुद्रिक आँधीको प्रभावका कारण सगरमाथासहितको हिमाल आरोहण प्रभावित भएको छ । मौसम अनुकूल नहुँदा वैशाख ३० गतेदेखि आरोहण प्रभावित भएकाले सबैलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले बताइन्। यतिबेला सयौं आरोही आधार शिविरमा अनुकूल मौसमको पर्खाइमा छन्। यस वर्ष सगरमाथा आरोहण गत वैशाख २४ गतेदेखि सुरु भएको थियो। रासस

एकै दिन ७० आरोही सगरमाथा शिखरमा, २४ तारिखमा आरोहण सक्ने लक्ष्य

सोलुखुम्बु : कोरोना संक्रमणले देशलाई आक्रान्त बनाइरहेको बेला विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण भने उत्साहजनक रुपमा भइरहेको छ।बुधबार मात्रै करिब ७० जना आरोही शिखरमा पुग्न सफल भएका पर्यटन विभागकी निर्देशक मीरा आचार्यले आधार शिविरबाट जानकारी दिइन्। मंगलबार साँझसम्म करिब १०० आरोही शिखर पुगेका थिए भने बुधबार करिब ७० जनाले शिखर चुमेका निर्देशक आचार्यको भनाइ छ। हालसम्मको तथ्यांकअनुसार करिब १८२ आरोही शिखरमा पुग्न सफल भएका छन्। यो विवरणमा केही थपघट हुन सक्ने बताइएको छ।आरोहणका लागि बिहीबारसम्म मौसम

सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो, यसरी बनाइन्छ हिमालमा बाटो

काठमाण्डाै - सगरमाथा आरोहणका लागि चौथो शिविरसम्म बाटो तयार भएको छ । दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति र त्यसभन्दा माथि आरोही आफैँले बाटो तयार पारेका हुन् । अहिले आरोहीहरु चौथो शिविरसम्म पुग्न थालेका सेभेन समिट ट्रेक प्रालिका अध्यक्ष मिङ्मार शेर्पाले जानकारी दिनुभयो । चौथो शिविरबाट मौसम अनुकूल बनाएर बाटो बनाउँदै शिखरसम्मको बाटो बनाइन्छ । बाटो बनाउनका लागि भर्‍याङ, डोरीलगायतका सामग्री प्रयोग गरिन्छ। यसरी बनाइन्छ सगरमाथामा बाटो   सगरमाथाको दोश्रो शिविरसम्मको बाटो सगरमाथा प्रदूषण नियन्त्रण समि...